Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

कार्यदलले प्रम ओलीलाई प्रतिवेदन बुझायो


२०७६ असार १७ गते , मंगलवार प्रकाशित

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानव संसाधन प्रक्षेपण कार्यदलले हिजो साझ बालुवाटारमा प्रतिवेदन बुझाएको छ ।  मानव संसाधन निर्देशक समितिका अध्यक्ष एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेलले प्रधानमन्त्री ओलीलाई यो  प्रतिवेदन बुझाएका हुन् ।  सरकारले गत असोज २८ गते डा. रुद्र सुवालको अध्यक्षतामा यो जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना कार्यदल गठन गरेको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दैं प्रधानमन्त्री ओलीले प्रतिवेदनले भविष्यमा देशमा आवश्यक पर्ने  जनशक्ति र रोजगारीको सम्भवना बीचको तालमेल खोज्न सजिलो हुने बताए । “यस अघि यति मिहीन ढंगले यस प्रकारको अध्ययन भएको थिएन ” प्रधानमन्त्री ओलीले भने “यस अध्ययनले हामीलाई गन्तव्यमा पुग्न सहज हुने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री ओलीले एकातिर शिक्षित व्यक्ति बेरोजगार हुने अर्कोतर चाहिएको जनशक्ति उपलब्ध नहुने अवस्थाको अब अन्त्य हुने बिश्वास पनि ब्यक्त गरे । “अहिलेको अवस्थामा हाम्रो आवश्यकता र जनशक्ति बीच भेट हुदैन ” प्रधानमन्त्री ओलीले प्रष्ट पारे – “यस प्रतिवेदन मार्फत सरकारले जनशक्ति र देशको आवश्यकताका बारेमा विभिन्न कोणबाट बिश्लेषण गर्नेछ । ”

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif