Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सर्पको टोकाइबाट बच्न अपनाउनुस् यी उपाय


२०७६ असार १६ गते , सोमवार प्रकाशित

  •  शहबाज खान/कपिलवस्तु

गर्मी र बर्षायाम सँगै तराई र भित्री मधेशका भागहरूमा सर्पहरू देखिन थाल्छन र त्यस सँगै करेत,गोमन लगायतका बिषाल र कम बिषालु सर्पको टोकाईबाट पीडित बिरामीहरूको पनि अस्पतालमा भिड लाग्ने गर्दछ । नेपालका तराईकाभेगहरूबाट पहाडको ४८०० मिटर उचाई सम्ममा करिव ७७ प्रजातीका सर्पहरू पाईन्छन । जस मध्ये २१ थरीका बिषालु सर्पहरू हुन्छन । नेपालमा हरेक बर्ष करीब २० हजार सर्दशका घटनाहरू हुने र त्यसमा करीब २०० जनाले ज्यान गुमाउने गरेको अनुमान गरीएको छ ।  कुनै कुनै परिस्थितीमा सर्पले टोकेर पनि विष नछाडेको हुनसक्छ जसलाई Dry Strike भनिन्छ । 


लक्षण तथा चिन्हरू :

१.टोकेको स्थानमा एउटा वा दुईवटा छिद्र (Punctured Marks) हुन सक्छ । 

२.सुन्निनु तथा रातोपना । 

३.टोकेको ठाँउमा बेस्सरी दुख्ने । 

४.रिंगटा लाग्ने तथा वान्ता हुने,

५.स्वास फेर्न कठिनाई ,

६.दृष्टिशक्तिमा ह्रास ,

७.र्‍याल तथा पसिना अत्याधिक आउने,

८.शरिर पँहेलो चिसो महसुस हुने (Shock) 
 
सर्पले डसेमा गर्नुपर्ने प्राथमिक उपचार 

१. चिन्तित तथा पिडित व्यक्तिलाई सान्तवना दिनुपर्छ,हतोत्साहित बनाउनु हुँदैन,

२. बिरामीको घडी,औठी,बाला लगायतका गरगहनाहरू र कस्सिएको लुगा लगाएको भए फुकालिदिने र खुकुलो खालको लुगा लगाईदिने,

३. करेट,गोमन,मुगा जस्ता सर्पको टोकाईकमा प्रेसर इमोबिलाईजेशन पद्धति (टोकेको ठाउँ वरपर करीब ५५ mmHg  को चाप दिने र टोकेको ठाँउ वरपर नचलाउने) को अनुशरण गर्नु पर्दछ । 

४. बिरामीलाई चाँडो भन्दा चाँडो नजिकको प्रतिबिष सुविधा (Snake Anti - Venom) भएको स्वास्थ्य संस्थामा पुर्‍याउनु पर्छ ।सोको लागी आफु बसोबास गर्ने,यात्रा वा अध्यन गर्ने क्षेत्रमा सबैभन्दा नजिक र सर्पको डसाइको राम्रो उपचार गरिने स्वास्थ्य संस्थाको पुरा ठेगाना,फोन नम्बर आदिको जानकारी हुनुपर्छ । सम्भव भएसम्म अस्पताल वा स्वास्थ्य संस्थामा बिरामी आउदै गरेको पुर्व जानकारी गराउनु बुद्धिमानी हुन्छ । यसो गर्दा उपचार तुरुन्तै गराउन सजिलो हुन्छ । 

सर्पले डसिहालेमा के गर्ने


१. आवश्यकता अनुसार कृत्रीम श्वासप्रश्वास दिनुपर्दछ । 

२. सर्प कस्तो थियो भन्ने पनि याद गर्नु पर्दछ । यसले चिकित्सकलाई उपचारमा सहयोग पुग्नेछ, सकेसम्म कुन स्थानमा टोकेको थियो भनेर पनि भन्नु पर्दछ । 

३. टोकेको समय पनि ख्याल गर्नु पर्दछ,यसले कति समयअघि टोको थियो भनेर उपचार गर्न सहयोग मिल्छ । 

४. कुनै गहना छ भने सुन्निनुभन्दा पहिल्यै निकाल्नु पर्दछ । 

५. आवश्यक पर्छ भने दुखेको कम गर्न टाइलेनोल (पारासिटामोल) लिनु पर्दछ । 

६. सर्पदंश उपचार केन्द्रको नम्बर सधै साथमा राख्नु पर्दछ । 

७. खुट्टा अथवा पैतलामा टोकेकोमा जुत्ताहरू हटाउनुपर्दछ । 


सर्पले डसिहालिमा के नगर्ने
:

१. सर्पलाई समात्ने वा मार्ने प्रयास गर्नु हुँदैन । सर्पले फेरी टोक्न सक्छ । 

२. टोकेको स्थानमा चुस्ने प्रयास गर्नुहुँदैन । सर्पको बिष मुखबाट गयो भने चुस्ने व्यक्तिका लागी अर्को खतरा हुनेछ । 

३. टोकेको क्षेत्रमा बेस्सरी बाध्नु हुँदैन । 

४. टोकाईको पिडा बर्सन रक्सी सेवन गर्नु हुँदैन बरू यसले विष चाडो फेलन सहयोग गर्छ । 

५. टोकेको ठाउँमा चिसो,आइस,तातो वा कुनै पनि खालको मल्हम नलगाउनुहोला ।

६. एस्पिरिन,ब्रुफेन वा अन्य खालको पेनकिलर लुनु हुँदैन । यस्ता पेनकिलरले रगत पातलो बनाउछ । 

७. टोकेको स्थानमा काटेर रगत झार्ने प्रयास गर्नु हुँदैन ,यसले शरीरको तन्तु नष्ट गर्छ । 

८. घाउलाई काट्ने वा टोक्ने कार्य गर्नु हुँदैण । 

९. विषलाई चुस्ने तथा जथाभावी औषधिहरूको प्रयोग गर्नु हुँदैन । 

१०.टाईट व्याण्डेज,बरफ तथा पानीको प्रयोग गर्नु हुँदैन ।   


सर्पदंश रोकथामका उपयाहरू :
 
 
१.घर वरिपरी सफा राख्ने,झारपात,ईट्टा,ढूङ्गा,काठ जस्ता बस्तुहरू हटाउने वा व्यवस्थित तरिकाले राख्ने । 

२.मुसाका प्वाल वा अन्य कुनै प्वाल भित्र हात नहाल्ने,जमीनमा भएको कुनै ढुङगा काठ वा माटोको चपरी उचाल्दा एको पटक राम्रोसँग हल्लाईसकेपछी मात्र उचाल्ने । 

३. सर्प झट्ट भेटियो भने विस्तारै पछि हट्ने र सर्पलाई आफ्नो बाटो लाग्नदिने विषालु सर्प सँग जहिले पनि टाढा रहने,कुनै पनि हालतमा उसलाई नचलाउने,आफुलाई साहसी देखाउन कहिल्यै पनि नजिस्कने वा हातमा नलिने । 

४. उकालो,ओरालो हिड्दा यदि हात टेक्नु पर्यो वा कुनै वस्तु समात्नुपर्यो भने राम्रोसँग हेरेर मात्र सो कार्य गर्ने । उच्च पहाडी भेगतिर सर्पहरू रुख तथा पर्खालमा पनि पाईने भएकाले त्यस्ता ठाउमा सावधानी अपनाउने । 

५. घरका भित्ता वा अन्य स्थानमा भएको प्वाल तथा खाल्डा खुल्डी टाल्ने पुर्ने, काठ सफा रखुला राख्ने । 

६. घरको झ्याल ढोकामा जालीको प्रयोग गर्ने ।

७. सुत्दा सधै झुलको प्रयोग गर्ने । कच्ची घरको भुई तलामा नसुत्ने । खाटमा झुलको प्रयोग गरेर सुत्ने । 

८. कुनै गुफा,ढुङगा वा काठ थुपारेको ठाऊमा तथा सिमसार भएको ठाउको नजिक नसुत्ने । टेन्ट लगाएर क्याम्पिङ गर्दा खुला ठाउमा गर्ने । 

९. पोखरी वा नदीमा पौडी खेल्दा सर्पहरू पनि हुन सक्ने भएकोले सावधानी अपनाउने । 

१०.आफ्नो बच्चा खेल्ने ठाउँ खुला र सफा राख्ने, नियमित रेखदेख गर्ने । 

११. सकभर जंगल झाडी कुना काप्चामा नजाने ,जानै पर्ने भएमा सतर्कता अपनाएर जाने ।

१२. मुसा खानको लागी सर्पहरू आउने एकाले मुसा नियन्त्रणका लागी बिरालो पाल्ने ।

१३. गर्मी याममा पानी परेपछी साझ र रातीको समयमा बढी सतर्क हुने । 

१४. घर वरीपरी(बिशेष गरी घर भित्र प्रवेश गर्ने द्धारमा ) फिनेल वा मट्टितेल छर्कने । 

१५. बिहान गृहिणीले आगो बाल्दा चुल्हो लिप्दा राम्रोसँग हेरेर मात्रै काम गर्ने । 

१६. जुत्ता चप्पल लगाउँदा होसियारी अपनाउने । 

१७. कपडा सुकाउदा वा उठाउदा सावधानी अपनाउने । 

१८. बिशेष गरी किसानहरूले आफ्ना दैनिक कामहरू गर्दा सतर्क भएर गर्ने बाहिर काम गर्दा सकेसम्म लामो बुट तथा पाईन्टको प्रयोग गर्ने । 

१९. झाडी र फोहोर चलाउदा बाक्लो छालाको पञ्जा लगाउने । 

२०. सर्प हुनसक्ने शंकास्पद ठाऊँमा आवाज निकाल्नुहोस,आवाज तथा चेतावनीले सर्प भाग्छ । 

२१. खडेरी,आधी हुरी,आगलागी र भुकम्प जस्ता विपदको बेला सर्प बाहिर निस्कन सक्ने हुँदा बिशेष सतर्क रहने । 

२२. सर्पदंशको जोखिम न्युनिकरणका लागी प्रत्येक घरमा एउटा क्रेम ब्याण्डेज राख्ने तथा सर्पदंशको उपचार हुने नजिकको स्वास्थ्य संस्थाको सम्पर्क नं. पनि राख्ने ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif