Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

दुइ ध्रुबमा देखिएको जी — २०


२०७६ असार १६ गते , सोमवार प्रकाशित

  बिश्वका आर्थिक शक्तिकारुपमा संगठित जी—७ बाट बिस्तारित भई २० देशहरुको जी—२० एउटा अन्तर्राष्ट्रिय आर्थिक मञ्च जस्तो भएर चलेको भए पनि अहिले यो मूलतः दुइ ध्रुबमा धुबीकृत भएको देखिन्छ । त्यसको एउटा धूरी अमेरिका र जापानको देखिएको छ र त्यसको नजिक यूरोपेली संघ रहेको देखिदै आएको छ । अर्कोतिर चीन र रुसको धूरी रहेको छ र त्यसको बिरुद्ध अमेरिका र यूरोपेली संघ रहेको देखिदै आएको हो । प्रष्टै छ, अमेरिका र जापान हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई घेर्न उद्यत देखिन्छन् भने चीन र रुस मध्य पूर्वमा अमेरिकाको बर्चश्वका बिरुद्ध लाग्दै आएका देखिन्छन् ।   सोभियत संघको पत्तन पछि जब बिश्व एक ध्रुबीय भयो त्यतिबेला अमेरिकी नेतृत्वको पूँजीवादी बिश्वले भबिष्यमा यसको के परिणाम होला भन्ने कुरालाई ताकमा राखेर एकाधिकारबादी ब्यबस्था थोपर्न पुनः शुरु ग¥यो । त्यसका दुष्प्रभावहरु देखिन पनि थाले तर त्यसमा कुनै सुधार या परिवर्तन ल्याउने काम गरिएन । तर जब २००८ मा पूँजीबादको पर्खाल अमेरिकाबाट भत्किन शुरु भयो त्यसपछि आफुलाई देबता सम्झने पूँजीवादले आफुलाई पनि फेर्न शुरु ग¥यो । त्यसपछि पूँजीवादी बिश्व संरक्षणबादको दिशामा जान थाल्यो । यही संरक्षणबादकै परिणाम थियो कि बर्लिन पर्खाल बनेको झण्डै तीन दशक पछि डोनाल्ड ट्रम्प आज एउटा अर्को पर्खाल पुन बनाउन चाहिरहेका छन् । यसको असर सम्पन्न भएको जी – २० फोरमा पनि देखिएको छ । जुन झण्डाका मुनि जी – २० का देश स्वयंलाई बिश्वको नेताकोरुपमा आफुलाई मानेर हिडिरहेका थिए आज जी – २० को ब्रिस्वेन सम्मेलनदेखि लिएर अहिले सम्पन्न भएको ओसाका सम्मेलनलाई हेर्ने हो भने यो जी – २० को एकता छरपस्ट हुन  थालेको प्रतीत हुन्छ । अनि यसमा संलग्न देशहरु जानेर या नजानेर आज बिश्वलाई संरक्षणबाद, राष्ट्रबाद आदिको नयाँ टक्करतर्फ धकेल्दै गएको देखिदैछन् । यस्तो स्थितिमा एउटा महत्वपूर्ण प्रश्न के खडा हुन्छ भने भारतले आफ्नो असमञ्जसता तोड्छ कि यता न उता भएर बीचमै लट्किन्छ । शिखर सम्मेलनको शुरुमै जापानका प्रधानमन्त्री शिञ्जो आबे सदस्य देशहरुसँग सम्झौताको लागि तयारीको प्रदर्शन गर्न आह्वान गरेका थिए । त्यसमा उनको इशारा ब्याप्त मतभेदलाई चर्काउने भन्दा सहमति खोज्नमा केन्द्रित रहेको देखिन्छ । 


  तर अमेरिकी राष्ट्रपति ट्रम्पले ओसाका पुग्नुभन्दा पहिला नै कतिपय सदस्य देशहरुको आलोचना गरेका छन् । जापानको सैन्य कमजोरीको कारणले, जर्मनीलाई कम सैन्य बजेटको कारणले चीनलाई ब्यापारिक बाधाहरुको कारणले र भारतलाई उच्च टेरिफको कारणले ट्रम्पले गुनासो गरेका र आरोप समेत लगाएका थिए । त्यसैल यो जी – २० को ओशाका बैठक शुरु हुनुभन्दा पहिला नै के स्पष्ट भएको थियो भने यो सम्मेलनमा त्यस्तो एकता देखा पर्ने छैन जस्तो एकता यसको स्थापनाको बेलामा देखिएको थियो । एउटा अर्को कुरा पनि यसमा रहेको छ । त्यो के भने यूरोपेली संघका साथसाथै बृटेनकी प्रधानमन्त्री थेरेसा मेले रुसमाथि सोझै तारो हानिन् । जुन एउटा नयाँ टकराउको संकेत पनि हो । यो मञ्चमा मूलतः दुइ ध्रुब नै देखिन गयो । यसमा एउटा धु्रब अमेरिका र जापानको जसको नजिकै  यूरोेपेली संघ रहेको थियो । अर्कोतिर चीन र रुस देखिए जसका बिरुद्ध धेरै थोरै अमेरिका र जापान मिलेर हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई घेर्ने रणनीतिलाई अघि बढाउदै गरेको स्थिति छ भने चीन र रुस मध्य पूर्बमा अमेरिकी बर्चश्वका बिरुद्ध रणनीतिमा छन् । तर भारत भने कूटनीतिक सन्तुलनको नाममा कहिले अमेरिका नजिक त चीन–रुस धूरीका बीच हल्लिने गर्दै आएको छ । एक किसिमले भन्ने हो भने यो प्रबृत्ति भारतको बिदेश नीतिको चल्दै आएको स्थायी संकट नै हो । एकातिर उसले अमेरिकासँग दूरी बनाउन पनि सक्तैन भने अर्कोतिर रुस र चीनसँग टक्कर लिन पनि सक्तैन । त्यसैले भारतले ओसाकामा के प्रदर्शन गर्न खोजेको देखियो भने भारत अमेरिकाको पक्षमा त छ तर चीन र रुसको बिरोधी खेमाको भागमा भने छैन । यस स्थितिलाई स्पष्ट पार्न एकातिर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले  जापानी प्रधानमनी शिञ्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भारत–अमेरिका–जापान रणनीतिक–त्रिभूजलाई बलियो पार्ने कुरामा जोड दिए भने अर्कोतिर रुस–भारत–चीन (आरआसीसरिक)को शीर्ष बैठकको साथै ब्रिक्सका राष्ट्राध्याक्षहरुसँगको अलग बैठकमा पनि भाग लिए । भारतले अमेरिका, जापान र अष्ट्रेलियाको साथ मिलेर रणनीतिक चतुर्भुजकाको निर्माण पनि गरेको छ । तर यसको एउटा लुकेको उदेश्य चीनलाई हिन्द–प्रशान्त क्षेत्रमा घेर्ने नै हो । त्यसै कारणले गर्दा भारत यसमा त्यत्तिका धेरै सक्रिय देखिएको छैन । तर गत बर्ष पनि शिञ्जो आबे र डोनाल्ड ट्रम्पसँग भारतीय प्रधानमन्त्री मोदीले यो ‘त्रिभुज’लाई सबल सामरिक सम्वन्धलाई शक्ति प्रदान गर्ने प्रयत्न गरेकै थिए । भारतको यो कुरा लुकेको भने छैन कि हिन्द–प्रशान्त क्षेत्रमा चीनको गतिबिध सीमित रहोस् भन्ने भारत चाहन्छ । अन्यथा चीन भारतको लागि सिधै चूनौति बन्न सक्छ भन्ने कुराले भारत भयाक्रान्त देखिन्छ । त्यसैले उसले कथित सन्तुलनको कूटनीति अभ्यास गर्न खोजिरहेको जस्तो भान पर्दछ । ब्रिक्समा रहनु अमेरिका र जापानको बिपरीत हो भने हिन्द–प्रशान्त क्षेत्रमा उनीहरुको नजिक पुग्नु उसको बाध्यता ।


   यसै कारणले गर्दा जी – २० का देशहरु श्रोत साधनको हिसाबले सम्पन्न भए पनि परस्पर प्रतिस्पद्र्धा, प्रभुत्व, सन्देह र अबिश्वासका कारणले संरक्षणबादी नीतिमा संलग्न हुन थालेका छन् । त्यसैले यो सगठनले जुन आकार प्रकार लिन र आर्थिक स्थिरताले गति लिन सक्तथ्यो त्यो अब लिन नसक्ने स्थितिमा पुगेको छ र यसले बिश्वलाई राम्रो दिशामा लैजान सक्ने सम्भावन क्षीण हुदै गएको बिश्व राजनीतिका समीक्षक तथा बिश्लेषकहरु औल्याइरहेकाछन् । यसरी जी–२० बाट आशातित फल प्राप्त हुने कुरा अब टाढाको कुरा हुँदै गएको प्रतीत हुन्छ । यो सम्मेलबाट यसले आफ्नो नीतिमा परिवर्तन ल्याएन । अब यसरी नै सही दिशा पक्रेन भने बिश्का ‘बीस बडा’हरुको फोरम एउटा गफाडी क्लब बाहेक  अरु केही हुन नसक्ने स्थितिमा पुग्ने कुरा बिश्वका जल्दा बल्दा समस्या, आतंकबाद, जलवायु परिबर्तन, श्रोत साधनको जथाभबी दोहन तथा त्यसका दुष्परिणाम, बेरोजगारी, सामिाजक असुरक्षा लगायतका साझा समस्याहरु समाधान नहुने निश्चित प्रायः छ भन्ने बिश्लेषण गरिदैछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif