Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

ललितपुर बचत संघको आयोजनामा धान रोपाईं


२०७६ असार १५ गते , आईतवार प्रकाशित

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले १६औं धान दिवसको अवसरमा ललितपुरको खोकनामा धान रोपाईं गरेको छ । संघको महिला उपसमितिको आयोजनामा भएको धान रोपाईं कार्यक्रममा अधिकांश सहकारी संस्थाका महिला दिदीबहिनीको उल्लेख्य सहभागिता थियो । संघ रजत वर्ष प्रवेश गरेको अवसरमा घोषित कार्यक्रम अनुसार १६औं धान दिवसको अवसरमा खोकनामा धान रोपाईं गरिएको संघका अध्यक्ष रामहरि बजगाईंले बताए ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती र विशिष्ट अतिथिमा ललितपुर महानगरपालिकाका आर्थिक संयोजक एवं वडा नं. २१ का अध्यक्ष रविन्द्र महर्जन रहेका थिए ।

प्रमुख अतिथि उप्रेतीले बचत संघ ललितपुरले रोपाईं कार्यक्रम आयोजना गरेर कृषिलाई बढावा दिनुपर्छ भन्ने सन्देश दिन खोजेको बताए । मुलुक कृषि प्रधान रहकाले कृषिलाई पछि पारेर अरु काम गरेर मात्र देश विकास नहुने भन्दै उनले सहकारीहरुले कृषिलाई पनि प्राथमिकतामा राखेर अघि बढ्न सुझाए । बचत संघले आयोजना गरेको कार्यक्रम सराहनीय भएको भन्दै उप्रेतीले अबका दिनमा सबै प्रकृतिका सहकारीले उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी गर्न सुझाए ।




ललितपुरमा अझैपनि ७० प्रतिशत जमिन कृषियोग्य रहेको र कृषि क्षेत्रलाई नै बढावा दिनुपर्छ भन्ने सकारात्मक सन्देश फैलाउने उद्देश्यकासाथ उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष बजगाईंले बताए ।

बचत ऋणमा मात्रै सीमित नभई उत्पादनशील क्षेत्रमा लागी आयात प्रतिष्थापन गर्ने तर्फ सहकारीहरु लाग्नुपर्ने सन्देश दिन यो कार्यक्रम उपयोगी हुने विश्वास उनको छ । खेत खन्ने र धान रोप्ने नेपालीको परम्परा भएपनि नयाँ पुस्ता यस विषय अनभिज्ञ रहेकाले उनीहरुलाई समेत यसको आवश्यकता र महत्वका बुझाउन पनि धान रोपाईं कार्यक्रम उपलब्धीमूलक भएको उनको भनाई छ ।

अहिले सरकार, राष्ट्रिय सहकारी महासंघ सबैको आवाज सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा टेवा पु¥याउनु पर्ने भन्ने छ । त्यसैलाई सार्थक तुल्याउन आफूहरु अग्रसर भएको अध्यक्ष बजगाईंले बताए ।

संयुक्त राष्ट्रसंघले अघि सारेको दीगो विकास लक्ष्य प्राप्तिलाई सघाउन पु¥याउन र सदस्य संस्थामार्फत उत्पादन बढाउने अभियानलाई जागरण गर्न कार्यक्रम गरिएको उनको धारणा छ ।

कार्यक्रम बचत ऋणको मात्र नभई जिल्लाकै समग्र सहकारी अभियानको कार्यक्रम भएको र यसले सिंगो अभियानमा जागरण ल्याउने उनले बताए ।

कार्यक्रममा संघका सञ्चालक समिति, विभिन्न उपसमिति र सदस्य संस्थाका प्रतिनिधिको सहभागित रहेको थियो । 


 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif