Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

असार पन्ध्र, धान दिवस र किसानको अवस्था


२०७६ असार १५ गते , आईतवार प्रकाशित

असार पन्ध्र । चार बर्ष अघि आएको बिनाशकारी भूकम्पले मुलुकाका  झण्डै ९ हजार मानिसको जीवन लीला समाप्त पारेको, २२ हजार भन्दा बढी मानिसहरु घाइते, अंगभंग  तुल्याएको र भूकम्पले गर्दा पहिरो खस्ने र बाढी आउने क्रम चलिरहेको तथा करोडौं मानिस यो प्राकृतिक बिपत्तिको मारमा परेको र अहिलेसम्म पनि त्यसबाट अझै तंग्रिन खाशगरी भूकम्पको चपेटामा परेका नेपाली किसानहरुले सकेका छ्रैनन् । यस्तै स्थितिमा आज हामी असार पन्ध्र मनाउदै छौं । किसानहरुले धान रोपाईको खुशियालीमा दही चिउरा खाने दिन –  यस दिनलाई रोपाई जात्राको रुपमा पनि मनाउने गरिन्छ । आजभोली यो रोपाइ जात्रालाई राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउन थालिएको छ । यो राम्रै कुरा हो ।

तर सबै कुरा नेपाली किसान र कृषिको स्थितिमा गएर अडिन्छ । मौसमका अनुकूलतालता या प्रतिकूलतामा गएर किसनहरुको उत्पादनमा तलमाथि पर्छ । तर सकारात्मक मौसम भए पनि ’बजारले मूल्य निर्धारण गर्ने’ बजारमुखी अर्थतन्त्रका कारण किसानले भने लाभ लिन सक्ने स्थिति राज्यले बनाइदिएको छैन । फौबञ्जारले नै फाइदा उठाउने भएकोले गाउँका किसानले कम मूल्य पाउने  र शहरी उपभोक्ताले बढी मूल्य तिरेर खाद्यान्न तरकारी लगायत सबै बस्तुहरु उपभोग गरिनु पर्ने स्थिति छ । यसरी किसान र उपभोक्ता दुबै ठगिने स्थिति बिद्यमान छ । 

यस प्रकार किसानले उत्पादन लागत अनुसार मूल्य  पाउन नसकेर मार्कामा परेको गुनासो देशै भरीका र खाशगरी तर्राईका किसानहरुको  गुनासो धानबाली सप्रिएको बेला निकै बढेको कुरा पनि प्रकाशमा आउने गरेको छ ।  किसानले लाभकारी र उचित मूल्य पाउने प्रवन्ध गर्न राज्यले ’न्यूनतम र्समर्थन मूल्य’ निर्धारण गरिदिनु पर्ने हो । तर राज्यले किसानलाई बजारमै छाडिदिएको छ  फलतः उत्पादक किसानले कम मूल्य पाउने, बिचौलियाले फाइदा उठाउने र किसान तथा चामल क्रेताहरु भने जहिले पनि मार्कामा पर्ने स्थिति कायम रहेको छ । यस कुरामा कृषि सहकारीले पनि किसानको मर्का कम गर्न सरकारलाई आवश्यक दबाव दिन सकेको छैन । न बिभिन्न किसान संगठनहरुले नै किसानको पक्षमा उनीहरुको लागत उठ्ने गरी मूल्य निर्धारण गर्न कुनै प्रभावकारी दवाव दिन सकेका छन् ।

अहिले त किसानहरु मलखाद नपाएर बालीनाली नसप्रिने कुराले चिन्तित छन् ।  किसानले भने बीऊ मल, कषि औजार, सिँचाई सबैको बढ्दो लागतलाई सकिनसकी ब्यहोर्नु परिरहेको छ । अर्को्तिर कृषि उत्पादन बढ्दा पनि किनी खाुनपर्ने  सहरी उपभोक्ताहरुले चर्को मूल्य तिर्नु परिरहेको छ । धान बढी उत्पादन हुँदा पनि चामल चिउरा कुनै बस्तुको पनि मूल्य घटेको छैन । उत्पादक किसान र उपभोक्ता भने सँधै मारमा परिरहने स्थिति बिद्यमान छ । अर्कोतिर भारतीय बजारसँग कडा प्रतिस्पपर्द्धा गर्नु पर्ने र सरकारले त्यसबारेमा पनि कुनै वास्ता नगरकोले किसानले चित्त बुझाउन सक्ने कुनै ठाउँ छैन । यसरी कुषि ब्यवसाय र खाशगरी अन्न उत्पादन अनाकर्षक भइरहेको छ । वास्तवमा उत्पादन बढ्दा पनि घटदा पनि दुबै स्थितिमा उत्पादक किसान भने सँधै मार्कामा परिरहने स्थितिलाई तोड्ने सरकारले ठोस नीति नल्याएसम्म यही क्रम दोहोरिरहने बाहेक अरु केही नहुने प्रष्टै देखिएको छ ।

वास्तवमा जबसम्म हामीसँग प्रष्ट राष्ट्रिय कृषि नीति हुदैन, कृषि उत्पादनलाई बढावा दिने सकारात्मक कदमहरु चालेर किसानको भबिष्य सुनिश्चित हुने उत्साहप्रद बातावरण सिर्जना गरिदैन जीवनको प्रमुख आधार कृषि र किसान बर्ग यसरी नै उपेक्षित र अनाकर्ष रहीरहने कुरा निश्चित छ । यस स्थितिमा कृषिमन्त्रालय, कृषिबिभाग, कृषि अनुसन्धान सम्बन्धि बिभभिन्न माहाशाखाहरु तथा केन्द्रहरु केवल यान्त्रिक किसिमले औपचारिकता पूरा गर्नका लागि मात्र ठहरिन पुग्दछन् । कृषि क्षेत्रमा एकातिर आवश्यक जनशक्तिको कमी र अभाव देखिन्छ भने अर्को्तिर भएको जनशक्तिले पनि काम पाएको छैन । जसले पाएको छ त्यसका लागि आवश्यक बातावरको पनि अभावन देखिन्छ । त्यसमा पनि खडा भएका संस्थाहरुका बीच आवश्यक समन्वयको अभाव निरन्तर खट्किने गरेको छ । यी सबै कुराको  प्रत्यक्ष असर भने कृषि उत्पादन र किसानको जीवनमाथि पर्न जान्छ । अनि अन्य बैकल्पिक उपायहरु पनि नभए पछि किसानका छोराछोरी ऋण-पान गरेर, जग्गाजमिन बेचेर कामको खोजीमा बिदेशिन बाध्य हुनुपर्ने स्थिति कायम रहिरहन्छ । 

नयाँ नेपाल निर्माण गर्ने सन्दर्भमा कृषि क्ष्त्रका खाशगरी जमिन र जमिनको स्वामित्व, त्यसको उत्पादकत्व बृद्धि र किसानले पाउनु पर्ने लाभकारी मूल्य जस्ता समस्या हल नगरीकन र  यी समस्याहरुलाई आत्मसात गरेर तिनको सही समाधानको सही उपाय अबलम्बन नगरिकन जतिसुकै नयाँ नेपालको हो हल्ला गरिए पनि अनि रोपाई जात्रा र धान दिवसको औपचारिकता पूरा गरे पनि त्यसको कुनै सार्थकता नहुने कुरा निश्चित छ । त्यसैले जिम्मेवार निकायका जिम्मेवार मानिसहरुले समय छँदै यी किसान र कृषि बिकासका लागि ध्यान दिनुपर्ने गम्भीर  कुरामा ध्यान केन्द्रित नगर्ने हो भने एक दिन असार पन्थ्र या धान दिवस या रोपाई जात्रा मनाउने या दही चिउरा खाने कुरा केवल एउटा परम्परा धान्ने कुरा मात्र भएर रहन्छ । असार १५ भनेको बाली लगाउने काममा सम्पूर्ण ध्यान केन्द्रित गरिनु पर्दछ भन्ने सन्देश दिने कुरा हो । तर हामीले यसलाई एउटा परम्परा धान्ने किसिमले हिलो छयापाछयाप गर्ने र दही चिउरा खाने हिसाबले रमाइलोकोरुपमा मात्र लिदै आएका छौं । यो सर्बथा अपर्याप्त र अधूरो कुरा मात्र हो । त्यसैले असार १५ को मर्म र यथार्थ बुझेर यसलाई मनाउने हो भने किसानको जीवनलाई सर्बाङ्गणरिुपमा के कसरी अगाडि बढाउने भन्ने आधारमा यसलाई मनाउन र मनन चिन्तन गरियो भने यसको सार्थकता हुने देखिन्छ ।  यस यथार्थप्रति सम्बद्ध सबैको समय मै ध्यान जाओस् !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif