Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

वडा न. ८ र ९ संयुक्तरुपमा खुला दिसामुक्त क्षेत्र घोषणा


२०७६ असार १२ गते , विहीवार प्रकाशित

शहबाज खान     कपिलवस्तुको कृष्णनगर नगर पालिका वडा न ८ र ९ लाई संयुक्त रुपमा एउटै सभामा खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ। कृष्णनगर नगरपालिकाका १२ वटा वडामध्ये ८ र ९ नम्बर वड़ालाई संयुक्त रुपमा नम्बर खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको हो ।     संयुक्त अध्यक्ष नूर मोहम्मद मुसलमान र राम मिलन चौधरीको अध्यक्षता तथा नगर प्रमुख रजतप्रताप शाहको प्रमुख अतिथ्यता उपप्रमुख सबनम खातून विशिष्ट आतिथ्यतामा खुला दिसा मुक्त घोषणा गरियो ।
    आगामी दिनमा सरसफाई र खुला दिसा मुक्त अभियानलाई सहयोग गर्दै अरु वडालाई पनि निकै तीब्रताका साथ खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने र सार्बजनिक सौचालय निर्माण गर्ने प्रमुख अतिथि तथा नगर प्रमुख रजत प्रताप शाहको प्रतिबद्धता रहेको छ।
    उक्त घोषणा कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठी, सुआहारा जिल्ला संयोजक लबहरि बुढाथोकी,राम चन्दर चौधरी, कमला सापकोटा, मन्टु कोरी, विभिन्न वडाका अध्यक्षज्यूहरु तथा संचारकर्मीको उपस्तिथि रहेको थियो। कार्यक्रमलाई संचारकर्मी सनीउल्ला धोबीले संचालनमा सुरु भएको थियो भने कुरा सुआहारा का फिल्ड सुपरभाइजर पृथीपाल तेलीले जानकारी गराए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif