Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

एसईईको नतिजा प्रकाशित


२०७६ असार १२ गते , विहीवार प्रकाशित

एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । 

परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

परीक्षाफलमा चित्त नबुझी पुनर्योग गर्न प्रति विषय ५ सय रुपैयाँ तिरेर नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 

त्यस्तै दुई विषयसम्म 'सी' वा 'सी' भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif