Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय भेलाका राष्ट्रियता सम्बन्धि प्रस्ताबहरु


२०७६ असार १२ गते , विहीवार प्रकाशित

नेपाल कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेलाले पारित गरेका सैद्धान्तिक राजनीतिक प्रस्तावहरु यस  अघि नै दिइसकिएकोछ । यहा राष्ट्रियता सम्बन्धि भेलाद्वारा पारित प्रस्ताब प्रस्तुत गरिएको छ । जनतन्त्र र जनजीबिका सम्वन्धि प्रस्ताब क्रमशः दिइदै जानेछ ।

राष्ट्रियता सम्बन्धि भेलाद्वारा पारित प्रस्ताब 

  १.बिगतदेखि नै नेपालको राष्ट्रिय स्वाधीनता र राष्ट्रियतालाई कमजोर तुल्याउने किसिमका बाह्य हस्तक्षेपका गम्भीरतम गतिबिधिहरु हुदै आएको र  त्यस्ता गतिबिधिहरुका बिरुद्ध नेपाल कम्युनिष्ट पार्टीले शुरुदेखि नै शसक्त आवाज उठाउदै र बिरोध गर्दै आएको हो । बर्तमानमा तथाकथित कम्युनिष्ट नामको सरकारले बिगतका यस्ता राष्ट्रद्रोही गतिबिधिहरुलाई अझ तीब्ररुपमा अघि बढाउदै लगेको छ । पश्चिमा नेतृत्व र निर्देशित इण्डो–प्यासिफिक क्याम्पमा सहमति गरेर चीनलाई घेर्ने नीतिको मतियार बन्न पुग्नु, सार्कलाई कमजोर पार्ने भारतीय प्रस्ताब बिम्स्टेकमा आबद्ध रहनु, राष्ट्रियहित बिपरीत अत्यन्तै गलत नागरिकता बिधेयक ल्याउनु र नेपालीलाई अल्पमत पार्ने स्थितितर्फ देशलाई निर्बाध धकेल्नु, देशलाई ईसाईकरण गरेर  असल नेपाली जन सँस्कृति र परम्परामाथि आक्रमण  गर्दै शोषित पीडित नेपाली जनतालाई बिभाजित तुल्याउने सन्देहास्पद गतिबिधि गर्नु गाराउनु र यसरी परराष्ट्र मामिलामा आत्मसमर्पणबादी गलत र अस्वीकार्य बाटो अख्तियार गर्नु पञ्चशील र असंलग्नताको भावनाका बिपरीत रहेको औंल्याउदै भेला यस्ता गतिबिधिको जोडदार बिरोध गर्दछ  यस्ता गतिबिधिका बिरुद्ध संयुक्त आन्दोनलमा उत्रिन र राष्ट्रिय स्वाधानीता र राष्ट्रियताको रक्षाका लागि एकजुट हुन् नेपाली जनतालाई जोडदार आग्रह गर्दछ ।
  २. नेपालको राष्ट्रिय हित बिपरीत र नेपाली जनतालाई बर्तमानदेखि दूरगामी भबिष्यसम्म नकारात्मक असर पार्ने भारतसँग भएका १९५० लगायतका महाकाली, अपर कार्णाली, अरुण तेश्रो समेतका सबै जल परियोजना सम्बन्धि असमान सन्धि सम्झौताहरु खारेज गर र समानताको आधारमा नेपालको राष्ट्रिय हित हुने गरी नयाँ सन्धि सम्झौता गर भन्ने जोडदार माग गर्दछ ।

  ३. सीमा अतिक्रमणको अन्त्य, कालापानी र सुस्ता लगायतका अतिक्रमित भूमि फिर्ता गाराउन पुनः जोडदार माग गर्दै संघर्षशील रहने भेलाले निर्णय लिएको छ ।  

४.संसदमा प्रस्तुत तराई, पहाड र हिमालका युगौदेखि नेपालमा बसोबास गर्दै आएका रैथाने नेपालीहरुलाई अल्पमतमा पार्ने  अत्यन्तै बिबादास्पद नागरिकता बिधेयक फिर्ता गर, अबैधरुपमा नागरिकता प्रदान गरिएका प्रकरणहरुको छानबिन गर्न उच्च स्तरीय अधिकारसम्पन्न छानबिन तथा कार्यान्वयन आयोग गठन गर र गैर नेपालीलाई दिएका सम्पूर्ण नागरिकता रद्द गर । सोझा,गरीब, निमुखा र कमजोर अबस्थाका तराई, पहाड र हिमालबासी बहुसंख्यक आम नेपाली जनतालाई बिना झण्झट सरल र  नियमित तरीकाले नागरिकता प्रदान गर । आमा वा बाबुको नागरिकताको आधारमा नेपाली मात्र सन्तानलाई बंशज नागरिकता प्रदान गर । सम्मानका लागि दिइएका र गैर राजनीतिक प्रकृतिका नागकिता बाहेक सम्पूर्ण दोहोरो नागरिकता रद्द गर । 



  ५. चीनसँग नेपालको राष्ट्रिय हितमा भए गरिएका पारबहन सन्धि लगायतका सबै सन्धि सम्झौताहरुको सक्रियता र तदारुखताकासाथ कार्यान्वयन गर, आलेटाले गरेर तिनलाई निष्कृय तुल्याउने सबै गलत गतिबिधिहरु बन्द गर ।  

६. धर्म परिबर्तन र ईसाईकरणका सम्पूर्ण गतिबिधिमाथि नियन्त्रण गर । धार्मिक बिश्वासको आधारमा सबैलाई बिनाभेदभाव सम्मान गर । राज्यको कुनै धर्म हुँदैन भन्ने यसको आधारभूत मर्म अनुरुप धर्मनिरपेक्षताको पालना गर ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif