Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

ललितपुर महानगरपालिकाको आयोजनामा सहकारी व्यवस्थापन तालिम


२०७६ असार ११ गते , बुधवार प्रकाशित

ललितपुर महानगरपालिका सहकारी शाखाको आयोजना तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को संयोजनामा तीन दिने सहकारी व्यवस्थापन तालिम सम्पन्न भएको छ । 

तालिममा ललितपुर महानगरपालिका भित्र सञ्चालित संस्थाहरुलाई लक्षित गरि सञ्चालन गरिएको तालिममा १६० सहकारी संस्थाहरुको उपस्थिति रहेको थियो । तालिम को उद्घाटन कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका उप प्रमुख गिता सत्यालले हाल सहकारी क्षेत्रमा सहकारी सञ्चालन तथा व्यवस्थापान ज्ञानको कमी भएको हुँदा यस प्रकारको तालिम आयोजना गर्नुपर्ने बताउदै तालिममा सहभागिलाई शुभकामना दिएकी थिइन् । 

तालिम समापनको अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईले धेरै सहकारी संस्थामा लेखापरिक्षण तथा करको बारे अन्यौलता रहेको हुँदा आर्थिक वर्षको अन्त पनि हुन गईरहेकोले ललितपुर महानगरपालिका संग समन्वय गरेर तालिम आयोजना गरिएकों बताए । 

तीन दिन सञ्चालन भएको तालिमलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका किरण कुमार खत्री र सहकारी प्रशिक्षक प्रद्युम्न घिमिरेले सहजिकरण गरेका थिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif