Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

एउटा टरेको र सरेको युद्ध


२०७६ असार ११ गते , बुधवार प्रकाशित

           
अहिले अमेरिकाले ईरानमाथि सैनिक हमलाको निर्णय लिएर पनि एकाएक त्यसलाई फिर्ता लिएपछि तत्कालका लागि एउटा भयावह युद्धको खतरा टरेको र यो पछि सरेको बिश्लेषण गरिदैछ । अन्यथा स्थितिले कुन मोड लिने थियो र क्षतिको भयाबहता के कस्तो हुने थियो यसको कल्पना गर्नु पनि भयावह नै हुन्छ र हुन्थ्यो ।         
         
बास्तवमा ईरानले अमेरिकी ड्रोन बिमान गोली हानेर खसालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानमाथि हमलाको जुन योजना बनाएका थिए उनले तत्काल अप्रत्याशितरुपमा त्यो निर्णय  फिर्ता लिए र मात्र युद्ध अहिलेलाई टरेको हो । त्यो निर्णय उनले किन फिर्ता लिए त्यसको सुक्ष्म र चौतर्फी बिश्लेषण हुँदै गर्ला । अहिले भने ट्रम्पले ईरानमाथि सैनिक हमलाको साटो अरु थप प्रतिबन्ध लगाउने कुरा अघि सारेका छन् । यसै बीच ईरानका कयौं सैन्य ठेगाना या प्रतिष्ठानहरुमा अमेरिकाले साइभर हमला शुरु गरेको बताइएको छ । यद्यपि यस कुराको ईरानले भने अस्वीकार गरेको छ ।  
यद्यपि अमेरिकाको यो साइबर हमलाको कुरालाई पूरै बिश्वमा अहिले खलबली मच्चिन थालेको छ ।  बिश्वका सबै ठूला शक्तिहरुले यसप्रति आफ्नो असन्तुष्टी र बेचैनी जनाएका छन् । अहिले ईरानमाथिको हमलाका लागि एकातर्प अमेरिकामाथि साउदी अरब र इजरायलको दबाब छ । किनकि तिनीहरु खाडी क्षेत्रमा ईरानको बढ्दो दबदबालाई आफ्नो लागि खतरा मान्दछन् । अर्कोतिर डोनाल्ड ट्रम्पका लागि युद्ध या तनाबको माहोल फाइदाजनक हुन सक्तछ । किनकि अर्को बर्ष अमेरिकामा आम निर्बाचन हुँदैछ । यसमा डोनाल्ड ट्रम्पले कथित राष्ट्रबादको मुद्दामाथि पुनः ह्वाइट हाउसमा आफ्नो आसन जमाउन चाहन्छन् । यही कारणले हो कि उनी पूर्ब राष्ट्रपति बाराक ओबामालाई ईरानसँग परमाणु सम्झौताका लागि जिम्मेबार मान्दछन् र त्यो अमेरिकाका लागि अत्यन्तै खतरनाक भन्दै आएका छन् ।  

तर बास्तबिक यथार्थको दोश्रो पक्ष पनि कम छैन । त्यो के भने ईरानसँग यसरी उल्झिनु अमेरिकाका लागि पनि कम नोक्सानदायी छैन । ईरानको सैनिक सर–सामाग्रीहरुमा यति दम निश्चित छ कि अमेरिकाको सकेसम्म घरोबन्दी हुँदा हुदै पनि खाडी क्षेत्रबाट कच्चा तेलको आवत जावतलाई लामो समयसम्म ब्यबधान खडा गर्न र त्यसो गरेर उसले बिश्व अर्थब्यवस्थामा उथलपुथल मच्चाउन सक्तछ ।   
अनि साच्चै नै युद्ध छेडियो भने बृटेन, साऊदी अरब, संयुक्त अरब इमिरेट्स र इजरायललाई छोडेर शायदै अरु कुनै देशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साथ देलान् । हुन पनि बास्तवमा ईरानसँग भएको परमाणु सम्झौतलाई लिएर डोनाल्ड ट्रम्पको कुरासँग धेरैजसो देशहरु सहमत पटक्कै छैनन् । चीन,रुस, फ्रान्स, जर्मनी र यूरोपेली संघको के मान्यता रहेको देखिन्छ भने ईरानले त्यो परमाणु सम्झौताको उल्लंघन गरेको छैन । फेरि त्यसमा पनि रुस र चीन कयौ मुद्दाहरुमा अमेरिसँग तनाबमा रहेका छन् । यी दुबै बिश्व शक्ति राष्ट्रहरुले भारतलाई समेत साथ लिएर खाशगरी ब्यापारको बिषयमा अमेरिकाको एकतर्फी कदमहरुको बिरोध गर्न चाहन्छन् । अब यी सबै देशका राष्ट्राध्यक्ष या सरकार प्रमुखहरु जापानमा हुन लागेका जी— २० को शिखर सम्मेलनको बेला एक आपसमा भेटघाट पनि गर्न गइरहेका छन् । त्यहाँबाट एउटा नयाँ कूटनीतिक समीकरण बन्न पनि सक्तछ ।  
अहिलेको अमेरिका र ईरानका बीचको जारी तनाबको असर तेलको मूल्यमा पर्नु पनि स्वभाविक हो र थियो नै । यद्यपि त्यसमा खाशै तेजी भने अहिले आएको देखिदैन । होइन भने यसको अन्तर्राष्ट्रिय हवाई उडानहरुमा प्रभाव देखिन थालिसको छ । कतिपय एयर लाईन्सहरुले ईरानको एयर स्पेसमा नजाने निर्णय लिएका पनि छन् । त्यसले गर्दा घुमरे अन्य एयर स्पेसबाट मध्यपूर्ब एशिाय, यरोप र अमेरिकी देशहरुमा जान भाडा बढ्ने र महँगो पर्ने कुरा स्वतः आउँदछ न् । बास्तबमा पूरै बिश्व मिलेर ईरान–अमेरिकी तनाब तथा अहिले टरेको र सरेको युद्धको अन्त्य हुने बातावरण बनाउन प्रयत्न र दबाब जारी राख्नु पर्दछ । अन्यथा दुष्परिणाम मात्रै हात लाग्नेछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif