Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

बागलुङको स्थानीय सरकार नीति, कार्यक्रम : एक समिक्षा


२०७६ असार १० गते , मंगलवार प्रकाशित

                                     
सीताराम थापा                                          
१.पृष्ठभुमि  
संघीय लोकतान्त्रिक गणतन्त्रत्मक संविधानले परिकल्पना गरेको स्थानीय सरकार निर्माण भएर पनि दुई वर्ष व्यतित भई सकेको छ।अहिले बागलुङको १० वटै स्थानीय सरकारले आफ्नो समीक्षा सहित  तेस्रो वार्षिक नीति तथा कार्यक्रम बाहिर ल्याउने क्रम जारी छ।    स्थानीय सरकारलाई प्रदान गरेका अधिकारको रक्षा र कार्यान्वयन गर्न सबै स्थानीय तह सिद्धान्ततः प्रतिबद्व छन् । नेपालले  अन्तर्राष्ट्रिय स्तरमा व्यक्त प्रतिबद्धता र  दिगो विकास लक्ष्य पन्ध्रौ योजनाको आधार पत्र र राष्ट्रिय लक्ष्यलाई  आत्मसात गर्न पर्ने हुन्छ ।तर ब्याबहारतः स्थानीय तहले जुन गतिमा काम गर्नु पर्ने हो, त्यसो हुन सकेको छैन। 

२.  मुख्य उपलब्धि नै पुर्वधार निर्माण

बागलुङमा भएका ३ नगरपालिका र ७ गाउपालिकाले बिगत दुई बर्षमा मूलत भौतिक पूर्बाधार सडक मर्मत र निर्माणको साथमा कालोपत्रे गर्ने, पुल, भवन निर्माण, बाटो निर्माणको  काम नै स्थानीय सरकारको मूख्य काम  देखिन्छ, । मानौ, भौतिक पूर्बाधार ईकाई कार्यालय स्थापना गरेको जस्तो जनतामा पर्न गएको छ।  यसैले १ सदरमुकाम बाट १० सदरमुकाम बनेर  सबै तहको सरकार र वार्डमा समेत गाडि चलेको हेर्न रहर र यो नहुंदाको कहर दुबै बिधमान  त थियो। अर्काे तर्फ संघियता लागू हुनु पूर्ब पनि सरकारी र बैदेशिक सहयोगमा सडक र बाटो कोर्ने अधूरा र छरपष्ट कामहरु भैरहेका थिय । उक्त प्रभाबले सबै स्थानीय तहमा बजेट आउनु  तर केन्द्रीय नीति नआई आफै खर्च गर्न पाउनुले पनि स्थानीय तहले आफु खुसी भौतिक निर्माण गरेको देखिन्छ।   बागलुङको दक्षीण भेग जैमिनि नगर सदरमुकामसम्म अहिले पनि पक्की सडक छैन। नगर घोषणा भएपछि सबै वार्डमा सडक नै प्राथामिकतामा परेको छ। दुर्गम  बुर्तिवाङ नगरमा सडक पुगेपनि यसको वार्ड र वरिपरीको तमानखोला, निसिखोला लगायत दूर दराजका गाउँपालिका सडक र भौतिक पूर्वाधारको काममै तल्लिन भए। पर्यटकीय र सांस्कृति, उत्पादनको खानी तर दुर्गम ताराखोला गाउपालिका र  गल्कोट नगरपालिकामा कोरिएको कच्ची सडकले पनि   भौतिक पूर्बाधार रहर र कहर बन्यो।  यसको अलवा बिकसित र पुरानो  बागलुङ नगर समेत भौतिक पूर्बाधारबाट अपुरै रहेछ । यसैले सडक, खानेपानी, बिधुत, बिधालय, बाटो, पुल नै तीन तहको सरकार बनाउनुको रणनिति देखियो। 

३.  बागलुङ नगरपालिका एक समीक्षा   

जिल्लाको पुरानो, ठूलो र सदरमुकाम अवस्थित बागलुङ बजार कायम राख्न भौतिक पूर्बाधारको काम भएको भनिन्छ । बाङ्गेचौर–कुश्मा नगरको पाङ जोड्ने एसियाकै सबैभन्दा लामो झोलुङ्गे पुल र मालिका–बेनी खेतार झोलुङ्गेपुल निर्माण प्रारम्भ भएको छ। उपल्लो चौर र नागलिवाङ झोलुङ्गे पुल स्वीकृति सकरात्मक कदमको रुपमा लिन सकिन्छ तर काम हेर्न भने जनता आतुर छन। नाङ्गा तार हटाउनु,  बागलुङ बजार क्षेत्रमा हाइ स्पिडको इन्टरनेट अप्टिकल फाइवर तार विच्छाउँने कार्य सुरु भएकोले गुणस्तरीय र सस्तो सेवा लिन जनता आशातित छन। पर्यटकीय क्षेत्र बिस्तारको नीति र संभाब्यता अध्ययन भए पनि यसले द्रूत र मुर्त गति लिन सकेको छैन। यसको लागि केन्द्रीय ठूला योजना आवश्यक छ।  बलेवा एयरपोर्ट कालोपत्रे गर्न संघबाट ४ करोड रुपियाँ बजेट स्वीकृत भएको छ। यधपि महंगो र एक्कल ठाउको चुनौति रुपान्तरणको बिकल्प खोजी एयरपोर्ट संचालनको अध्ययन आवश्यक छ। किनभने अहिले पनि एयरपोर्ट संचालनमा ल्यायर बन्द भएको छ। 

  नगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउन ग्रामीण क्षेत्रमा ‘एक घर एक धारा’को अवधारणालाई सार्थक बनाउन थालनी भएता पनि बागलुङको मुटु बजारबासीहरु नै बर्षाैदेखि खानेपानीको  समस्या भोगिरहेका छन।  दुई दशक अगाडि बजारको सडक निर्माणका क्रममा घरवास गुमाएका बाङ्गेचौर माझी समुदायलाई एकीकृत बस्ती व्यवस्थापन गरिनु सकरात्मक हो। भूकम्पबाट क्षति भएका सयौ संख्यामा अधिकांसको घर निर्माणाधीन छ । तर पूर्णता पाउने गरी द्रूत गतिमा काम हुन सकेको छैन ।  कृषि प्राविधिक क्याम्पस सञ्चालन गर्ने प्रकृयामा रहेकोछ। कृषि उत्पादनलाई बिचौलियाको नाफाखोरीबाट रोक्न र उपभोक्तालाई सस्तो ताजा उत्पादन  दिनबजारमा हाट बजार बनाउनु आवश्यक छ।  यसलाई अन्तर गाउँ, नगर र जिल्ला सँंग समेत बिस्तार र बृहतर बनाउन पहल गर्नु पर्छ। अल्पकालीन महिला सेवा केन्द्र सञ्चालन गरी केन्द्र र मानव सेवा आश्रमको अभिभावकत्व लिस्र सेवा दिएता पनि यस्ता सेवा जिल्ला स्तरमा १० वटै स्थानीय सरकार सँग समन्वय गरी एकरुपता कायम गर्नु पर्ने थियो । यसमा नगर चुकेको छ।  लक्षित समूहलाई  सीमित अनुशिक्षण संस्थागत नेतृत्व तालिम र दिवसहरु नगर आफैले नगरी स्थानीय संघ संस्था परिचालन गर्नु सुशासनमुखी हुनेछ। बाङ्गेचौरमा रङ्गशाला निर्माणलाई प्रदेश र संघीय सरकारबाट योजना स्वीकृत भयकोले कार्यान्वयन हेर्न बांकि छ। माबि विद्यालयहरुमा विद्युतीय हाजिरीको व्यवस्था र शिक्षक नियुक्ति गरी शिक्षा गुणस्तर कायम र सामुदायिक विद्यायलाई व्यवसायिक धारमा प्रवद्र्धन गर्न पशु तथा कृषि भेटेनरी शिक्षा सञ्चालनमा ल्याइएको भनिएता पनि सबै ठाउँ लागू भएको छैन। धौलागरी अञ्चल अस्पताललाई अञ्चलकै उपचारको केन्द्र बिन्दु बनाउने सपना पूरा गर्न चिकित्सा शिक्षा अध्ययन गर्न अगाडि बढाएर देखाउन सकेमा मात्र अध्ययन, अध्यापन र उपचारको एकीकृत सेवा जनताले पाउन थालेमा नगरको उचाई बड्ने छ।   
                                               
 ४. बागलुङ आगामी कार्यदिशा   
     
बागलुङमा बिगत र बर्तमानमा बनेका नीतिलाई  ६ भागमा बिश्लेषण गरेर हेर्न सकिन्छ। एक, बिगतमा स्वीकृत भएको कार्यक्रमलाई तीब्र र गतिमान बनाउने, दुई, यस बर्ष शुरु भएको कार्यलाई क्रियान्वयन गर्ने तथा सम्पन्न गर्ने, तीन केही नया योजनाहरु र कार्यक्रमलाई कार्यान्वयन गर्ने, चार बिगतमा संकल्प गरेको अधूरो सपनालाई बिपनामा परिणत गर्ने......आगामी बर्षको लागि केही नया योजनाका लागि समेत पहल गरी स्वीकृत गर्ने, पाच, संघ र प्रदेसको सहयोगमा राष्ट्रिय योजनाहरु लागू र पुरा गर्ने देखिन्छ। फेरि पनि बिगतको पुनराबृति नै योजनामा समाबेश छन् ।                                                            
 ५. केही सुझाबहरुस्                                         

 एक, सबै स्थानिय तहले अध्ययन म्यापिङ गरी  आवश्यकता विश्लेषण रणनिति बनाउने।     दुई, अध्ययन र प्रमाणमा  आधारीत बार्षिक कार्यनीनति योजना बनाउने यसको लागि तत्कालिन मानबीय सामाजिक आर्थिक कार्यलाई उति नै महच्व दिने। तीन, स्थानीय संघ संस्था, बिषयगत बिज्ञ संस्था परिचालन गरी लक्षित र बिषयगत काम गर्ने, तर स्थानीयको हदमा बिषयगत बिज्ञता, अनुभव दक्षता नभएको उपभोक्ता एवं क्लबलाई काम चलाउ काम रोकावट गर्ने, चार , नगरपालिका आफैंले योजना कार्यान्वयन र अनुगमन अडिट गर्दा भ्रष्टचार हुने हुंदा सुशासनमुखी बनाउने, पांच, कार्यक्रम निर्माणदेखि समीक्षा मूल्यांकनसम्म जनताको सहभागिता र पहुंच सुनिश्चित गर्ने, छ, कार्यक्रम कार्यान्वयन गर्ने संस्था वा श्रोत ब्यक्ति दक्षताको मापन गर्ने गरेर परिचालन गर्ने, अहिले जस्तो स्थानीय ब्यक्ति उभ्यायर काम मात्र सक्ने नगर्ने,  सात, गैसस परिचालन, गैसस मार्फत बिदेशी दाता आकर्षण गर्ने, आठ, जमिन बाझो हुन नदिन र बैदेशिक परिवारलाई गाउँ बस्ने वातावरण बनाउने, नौ, कृषि मैत्री र लक्षित समूह मैत्री कार्यक्रम गर्न प्राथामिकता दिने, दस, नमूना र बैकल्पिक कार्यहरु गर्न खोज्नेलाई प्रोत्साहन गर्ने। एघार, असारे बिकास भन्दा चौमासिक योजना पादर्शी तरीकाले गरी भ्रष्टाचार रोकेर सुशासनमुखी बनाउने। यसरी बागलुङ जिल्ला सबैको सुझाब ग्रहण गर्दै  सुशासनमुखी कर्म गरेर धौलागिरीको मुटु बनाउने दायित्व र जवाफदेहीता स्थानीय सरकारले पूरा गरोस् ।  
 थापा सामाजिक अभियान्ता  र लेखक हुन।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif