Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय भेलाका सैद्धान्तिक तथा राजनैतिक प्रस्ताबहरु :


२०७६ असार ९ गते , सोमवार प्रकाशित

हालै सिरहा लहानमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको राष्ट्रिय भेलाले सैद्धान्तिक, राजनीतिक तथा राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका बिभिन्न प्रस्तावहरु पारित गरेको छ र नेपाली जनताको एकता र राष्ट्रिय एकता आजको सर्बोपरी आबश्यकता हो भन्ने कुरा औल्याएको छ । यसका निमित्त पार्टीले सबै प्रकारका आबश्यक पहल गर्ने निष्कर्श पनि निकालेको छ । पारित प्रस्ताबरु क्रमश प्रकाशित गर्दे जाने क्रममा भेलाले पारित गरेका सैद्धान्तिक राजनीतकि प्रस्तावहरु यस प्रकार छन् :

  १. नेपाल कम्युनष्टि पार्टीको यो महत्वपूर्ण राष्ट्रिय भेला कमरेड पुष्पलालले अघि सारेको मार्क्सबाद लेनिनबाद माओ बिचाराधारको मार्गदर्शनमा नयाँ जनबादी क्रान्तिको आधारभूत चरण पार गरी राष्ट्रिय पूँजीवादको बिकास गर्दै बैज्ञानिक समाजबादमा संक्रमण गर्ने र सभ्य, सुसस्कृत र उच्च सामाजिक चरण – साम्यबादमा पुग्ने मूलबाटोमा अखण्डरुपमा निष्ठा राख्छ र त्यसप्रति समर्पित हुने पुनः दृढ संकल्प ब्यक्त गर्दछ ।
   २.यस सन्दर्भमा नेपालको परिप्रेक्षमा कमरेड पुष्पलालले बिकसित गर्नु भएको बर्गीय र राजनीतिक संयुक्त जन आन्दोलन, बामपन्थी एकता र संयुक्त मोर्चाको नीति नेपाली समाजमा  पटक पटक, सार्थक सान्दर्भिक र प्रामाणिक ठहर भएकोले यो भेला यो नीतिमा शतत अडिग रहदै यस नीतिको रक्षा र बिकास गर्न पहल र प्रयत्न गरिरहनु पर्ने  निष्कर्शमा पुगेको छ ।

 

३.'नेता होइन, नीति प्रधान हुन्छ' भन्ने कमरेड पुष्पलालको अनुभवसिद्ध निष्कर्शलाई गम्भीररुपमा मनन र आत्मसात गर्दै देश र जनताका समस्या समाधान गर्न सही बिचारको वरिपरी गोलबन्द हुन सम्पूर्ण क्रान्तिकारी कम्युनिष्ट, बामपन्थी तथा देशप्रेमी नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा यो भेला जोडदार आह्वान गर्दछ र यसै आधारमा कमरेड पुष्पलाल स्कूलिङ्गका क्रान्तिकारी कम्युनिष्टहरुलाई एकाबद्ध हुन बिशेष जोड दिदै सम्पूर्ण राष्ट्रभक्त, जनतान्त्रिक, बामपन्थी तथा क्रान्तिकारी कम्युनिष्ट शक्तिहरु राष्ट्रिय जनतान्त्रिक मोर्चा गठनतर्फ अघि बढौं भन्ने प्रस्ताब अघि सार्दछ र नेपाली जनताको राष्ट्रिय एकता आजको ज्वलन्त राष्ट्रिय आबश्यकता हो भन्ने कुरा भेला बिशेषरुपमा औंल्याउँदछ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif