Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

बलम्बु च्याउ सहकारीको कारोबार आफ्नै भवनबाट


२०७६ असार ८ गते , आईतवार प्रकाशित

बलम्बु च्याउ सहकारी संस्था आफ्नो नवनिर्मित सहकारी भवनबाट कारोबार शुभारम्भ गरेको छ । 

एक औपचारिक कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक सदस्य तथा सीतापाइला बहुउद्देश्यीय सहकारी संस्था लि का अध्यक्ष केदार मानन्धरले पानसमा दिप प्रज्वलन गरि कारोबारको शुभारम्भ गरेका थिए । 

स्थापनाकालको ११औं वर्ष सम्म आइपुग्दा यस संस्थाको शेयर पुजी २ करोड ६५ लाख,निक्षेप ३०करोड तथा ऋण लगानी २५ करोड ५९ लाख गरिसकेको छ । यस अवसरमा तीन दिन सम्म रु ५ हजार भन्दा बढि शेयर खरिद तथा रु १० हजार भन्दा बढि आवधिक बचत गर्ने सदस्यहरुलाइ विभिन्न उपहार प्रदान गरिएको थियो । 

साथै तीन दिन सम्म संस्थामा आई कारोबार गर्ने सदस्यहरु मध्येबाट लक्कि ड्र गरि तीन जना लाइ उपहारको व्यवस्था गरिएको संस्थाले जनाएको छ । 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif