Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

उफ हाम्रो स्वाभिमान !


२०७६ असार ७ गते , शनिवार प्रकाशित

सिर्जना


कुनै बेला इराकमा 
कुनै बेला अफगानिस्तानमा 
दुःख रोइरहेछ हाम्रो 
पीडा पोखिईरहेछ हाम्रो
चित्त बुझाउने ठाउ छैन 

तै पनि वाह !
हामी स्वाभीमानको गीत गाइरहेछौं
बिमानबाट मृतक र घाइते ओसारी रहेछौं
बाकसमा बसेर चुपचाप 
फिर्ती यात्रा गर्ने शबहरुको के कुरा
यो मौन पीडाको कथा निरन्तर
जीवन्त नियति बनिरहेको छ हाम्रो  !

हो प्राकृतिक भूगोलका 
दुःखहरु सहनु हाम्रो बाध्यता होला
तर मानब निर्मित 
यी जघन्य अपराधहरु 
शोषण, अन्याय र बिभेदहरु
कहिलेसम्म यसरी सहन्छ 
खोइ यो मानबताले ?

  हेरौत आँखा खोलेर 
अशिक्षा, बेरोजगारी र अभाव
हाम्रो मौलिक अधिकार बनिरहेछ
संविधानमा जे सुकै लेखियोस्
जाति-पाती र छुवाछुतको भेदभाव
हाम्रो मौलिक मानब अधिकार बनिरहेछ
यहाँ ढाकछोप गर्न खोजेर के गर्नु  !

खाडी, मलेशिया र कोरिया 
अनि अन्त कता कता 
हाम्रो चीसो वास्तविकता 
निर्मम बनेर पोखिइरहेछ 
बहादुर त बहादुर हौ हामी
साहासी त साहसी हौ हामी 
रेमिट्यान्सको हिसाव किताब 
मज्जाले गरिरहेका छौ 
रगत, पसिना र आँशुको मोल !
  वाह कत्ति स्वामीमानी छौ हामी 
नाङ्गो यथार्थ देखाउने गर्छौं !
बुद्ध, हिमाल र हाम्रो हराभरा
सुरम्य प्रकृतिको सहारा लिएर 
सबै छोपछाप पारिदिने 
निरर्थक कोशिश गर्छौं हामी

हाम्रो फाटेको मन 
टालटुल गरेको तन 
यसरी सबै सबै बेसहारा 
सडक बालबालिका 
बनेका छौ हामी 
एक्काइर्शौ शताब्दीका बीर नेपाली 
उफ हाम्रो स्वाभिमान !      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif