Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

किन टरेको हो इरानमाथि अकेरिकी आक्रमणको योजना ?


२०७६ असार ७ गते , शनिवार प्रकाशित

  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण योजना मूर्तरूप दिनुभन्दा १० मिनेटअघि टरेको  दाबी गरेका छन्  । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेना इरानविरूद्धको आक्रमणका लागि तयारी अवस्थामा पुगे पनि आफूले हमलालाई मूर्तरूप दिनुभन्दा १० मिनेटअघि मात्रै मनशाय बदलेको कुरा सार्बजनिक गरेका  छन्। गएको बिहीबार खसालिएको एउटा अमेरिीक ड्रोन बिमानको जबाफमा इरानमाथि तीनवटा बेग्ला बेग्लै स्थानबाट आक्रमण गर्ने अमेरिकी योजना बनाइएको बताइएको थियो । तर त्यसो गर्दा १५० जना मानिस मारिने थाहा भए पछि आफुले यस्तो हमला रोक्ने निर्णय लिएको  डोनाल्ड ट्रम्पको भनाई सार्बजनिक भएको छ ।   इरानले उक्त अमेरिकी ड्रोन बिमान आफ्नो आकाशमा आएकाले खसालिएको बताएको छ भने  अमेरिकाले ड्रोन अन्तर्रा्ष्ट्रिय आकाशमै उडिरहेको बेला खसालिएको आरोप लगाएको भनेर त्यसको प्रतिबाद गरेको छ । 
  पहिलादेखि नै अमेरिका र इरानबीच तनाव चल्दै आइरहेको सन्दर्भमा  यो पछिल्लो  घटना भएको देखिन्छ । इरानले अमेरिकी ड्रोन बिमान खसालिदिएको यो  घटनाक्रमबारे सबैभन्दा पहिले प्रसिद्ध अमेरिकी अखबार  न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको थियो । त्यस अखबारले राष्ट्रपति कार्यालय ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूलाई उद्धृत गर्दै इरानका केही ठाउँलाई निशाना बनाउने योजना बारे थप उल्लेख गरेको थियो ।  अखबार न्यूयोर्क टाइम्सका अनुसार गएको  बिहीवार साँझ सात बजेसम्म पनि अमेरिकी सेना र कूटनीतिज्ञहरू इरानका राडार र क्षेप्यास्त्र ब्याट्रीहरू भएका स्थानमा आक्रमण गरिने अपेक्षामा रहेका थिए । 
    तरा शुक्रवार अर्को प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले  आफू कुनै पनि किसिमको हतारमा नरहेको बताएका छन् । यस अघि उनले इरानले भयंकर गल्ती गरेको र तत्काल कारबाही गरिने बताएका थिए । तर पछि अमेरिका हतारमा नरहेको स्पष्ट पार्दै उनले भने — “हाम्रो सेना अझ बलियो, नयाँ र विश्वको सबैभन्दा उत्कृष्ट फौजको रूपमा अगाडी बढ्न तयारी अवस्थामा छ ।’’
  सबभन्दा पहिला अमेरिकी अखबार न्यूयोर्क टाइम्सले यस योजनाबारे बिहीवार राति समाचार प्रकाशित गरेपछि अन्य अमेरिकी पत्रिकाहरूले पनि आफैँले तथ्य सङ्कलन गरेर त्यही समाचार  प्रकाशित गरे । 
  न्यूयोर्क टाइम्सले प्रष्ट  लेखेको छ, — “हवाइजहाजहरू उडिरहेका थिए, जहाजहरू आवश्यक स्थानमा थिए तर पछाडि हट्ने आदेश आएकाले कुनै क्षेप्यास्त्र प्रहार भएन ।’’इरानले खसालेको ड्रोनको तस्बिर अमेरिकी सेनाले सार्वजनिक गरेको छ । त्यस अमेरिकी प्रति हमलबा इरानी नागरिकहरूलाई क्षति नपुगोस् भनेर शुक्रवार बिहानै हमला गर्ने योजना गरिएको बताइएको छ ।    तर यो हमला फेरि हुने वा नहुने कुरा स्पष्ट छैन। ह्वाइट हाउस र रक्षा मन्त्रालय रहेको पेन्टागनले प्रकाशित समाचारमाथि कुनै प्रतिक्रिया दिएका छैनन् । 

बास्तवमा ड्रोनलाई के भयो ? भन्ने प्रश्न खडा भएको छ ।
  स्ट्रेइट अफ होर्मुजमाथिको अन्तर्राष्ट्रिय आकाशमा रहेको अमेरिकी सेनाको एउटा ड्रोनलाई इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कोर (आइआरजिसी) ले बिहीवार सबेरै खसालेको भनिएको छ । मानवरहीत उक्त ड्रोन विमान आफ्नो हवाई क्षेत्रमा आएकाले खसालिएको इरानको दाबी छ । अनि उसले खसालेका ड्रोनका टुक्राहरु आफ्नो समुद्री क्षेत्रबाट बटुलेको पनि बताइसकेको छ ।    इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिवले बुधवार तेहरानले आफ्नो आकाशमा बिना अनुमति उडान हुन नदिइने पनि बताएका छन् ।   उता अमेरिकी रक्षा मन्त्रालयले भने गएको सोमवार  इरानी सुरक्षाबलले ’उत्तेजक व्यवहार’ देखाएको भन्दै थप एक हजार अमेरिकी सेना त्यसतर्फ खटाउने बताएको कुरा पनि प्रकाशमा आएको थियो । 

  अमेरिकाले बिहीवारै अमेरिकी वायुसेवाहरूलाई इरानी आकाशको नजिकै जहाज नउडाउन आकश्मिक निर्देशन पनि दिइसको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले शुरुमा इरानले भयङ्कर गल्ती गरेको तर त्यो अञ्जानमा भएको हुनसक्ने टिप्पणी गरेका थिए । ड्रोन खसाल्ने काम ’सायद केन्द्रीय आदेश बिना कोही मूर्खले गरेको हुन सक्ने’ उनको भनाइ थियो ।
  तर उनले त्यो ड्रोन खसाल्ने इरानको काम ‘ठूलो गल्ती’ भएको दोहोराएका छन्। ट्रम्पले उक्त ड्रोन अन्तर्राष्ट्रिय जल क्षेत्रमा रहेको पनि दोहोराएका छन्।   ट्रम्पले अझ जोड दिदै र दाबी गर्दै भनेका छन् — “यो केवल शब्द मात्र होइन यसबारे पूरै वैज्ञानिक दस्तावेज हामीसँग छ ।’’ यसै बीच अमेरिकाले आफ्नो देशमा दर्ता भएका सबै विमानहरूलाई खाडी र आसपासका समुद्रमाथिका इरान नियन्त्रित हवाई आकाश प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
  अमेरिकी सङ्घीय उड्डयन प्रशासनले त्यस क्षेत्रमा विमानहरू पहिचानको जोखिम हुन सक्ने भन्दै सचेत गराएको बताएको छ  । बिहीवार इरानले खसालेको ड्रोनको आकार समेत यात्रुवाहक विमान जत्रै थियो।   अमेरिका र इरानको यो चर्कदो तनाबले गर्दा संयुक्त अरब इमिरेट्स, बृटिस एयरवेज, केएलएम र क्वान्ट्स लगायत अन्य देशका विमान सेवाले समेत त्यस क्षेत्रको हवाईमार्गको विकल्प खोज्ने बताएका छन्।
  वाशिङ्गटन र तेहरानबीच बढेको तनावको असर अन्तर्राष्ट्रिय बजारमा समेत पर्न थालेको देख्न सकिन्छ । यसको  सबैभन्दा पहिलो असर सुन र पेट्रोलिय पदार्थको ब्यापरमा परेको छ र सबैभन्दा बढी सुन र पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।  अहिले सुनको मूल्य बितेको ६ वर्षयता सबैभन्दा उकालो लागेको छ।त्यसको एउटा मुख्य कारण बढ्दो देखिएको सैन्य द्वन्द्वका बीच लगानीकर्ताहरूले सम्भावित आर्थिक जोखिमबाट सुरक्षित रहन खोज्नु पनि ठानिएको छ ।   कच्चा तेलमा पनि यसै महिना घटेको मूल्य अहिले केही बढेको बताइएको छ । खाडी एउटा मुख्य तेल निर्यात गर्ने क्षेत्र हो, जुन विकसित तनावबाट गम्भीर रूपमा प्रभावित हुने अनुमान गरिदैछ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif