Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

आजको योगाभ्यास र यसको अर्थ


२०७६ असार ६ गते , शुक्रवार प्रकाशित

—भारद्वाज—


     हरेक बर्ष २१ जूनका दिन ‘योग दिवस’ मनाउन थालिएको छ ।  यस सन्दर्भमा योग बारे केही बुझ्नु बुझाउनु सान्दर्भिक नै हुन्छ । योग शब्दको  उत्पत्तिको मूलमा सस्कृत भाषाको शब्द – ‘युज’ प्रयोग भएको पाइन्छ । यसको अर्थ हो – ‘जोड्नु’ या संगठित गर्नु । यस दृष्टिले योग त्यस्तो क्रिया हो जसले ब्यक्तिलाई समग्रतामा जोड्दछ जसले गर्दा कुनै पनि ब्यक्तिको ब्यक्तित्व सन्तुलितरुपमा संगठित हुन्छ, हुन सक्छ । योग दर्शन तथा यसको अभ्यासको सन्दर्भमा पतञ्जलीले आफ्नो चर्चित कृति ‘योगसूत्र’मा धेरै बिस्तृत रुपमा लेखेकै छन् ।  यदि पतञ्जलीलाई ब्यक्त गर्ने हो भने यसो भन्नु  उचित होला कि ‘योग’ — मन, चित्त, बिचार एवं मस्तिष्कको प्रशोधन तथा परिमार्जनको साधन हो । 


  बास्तवमा योग केही आसनहरु या केही सामान्य शारिरीक क्रियासँग मात्र सम्बद्ध र सीमित छैन । यो धेरै ब्यापक छ र शरीर भित्रका मन र मस्तिष्क जस्ता आन्तरिक कारकहरुसँग सोझै सम्वन्ध भएको यो एक बिशिष्ठ साधना हो । पुरानो शास्त्र  गीताले कर्म योग, भक्ति योग र ज्ञान योगका रुपमा योगलाई तीन भागमा बिभाजित गर्दछ र यस प्रकार यसको ब्यापकतालाई पनि बोध गराउँदछ । यदि हामीले आम जन समुदायलाई योगसँग परिचित गराउन चाहन्छौ भने प्रष्ट के भन्न सकिन्छ भने योग भनेको आसन, प्राणायाम, ध्यान र श्वास–प्रश्वासलाई नियन्त्रण गर्ने बिधि हो, जसको मद्दतबाट शरीर, मन तथा मस्तिष्कलाई सन्तुलित तुल्याउन सकिन्छ । योगले ब्यक्तिका सबै आयामहरुलाई प्रभाबित तुल्याउँदछ । यसले ब्यक्तिको शारिरीक, मानसिक, नैतिक, भाबानात्मक, सामाजिक तथा आध्यात्मिक पक्षहरुलाई एकीकृत र समग्ररुपमा बिकास गर्न मद्दत पु¥याउँदछ ।  

       आदि योगीकारुपमा कृष्णलाई सबैले औंल्याउने गरेका छन् । मानिसहरुलाई के पनि ज्ञात छ भने योगलाई प्रचलनमा ल्याउन पतञ्जलीको अहं भूमिका रहेको छ । पुरानो गरुकुल प्राणालीका बेलामा योगाश्रम जीवन र शिक्षाको अभिन्न अंगकोरुपमा रहेको थियो । काल क्रममा जीवन शैलीमा आएको परिवर्तनका कारणले योग जीवनको अभिन्न अंश त रहेन तर यसको उपयोगिता हरेक युगमा स्वयं सिद्ध जस्तै भएर रहेको देखिदै आएको छ र यसको महत्व रहेको छ ।   आधुनिक कालमा योगलाई गति एवं दिशा दिने अनेक प्रयासहरु भएका छन् । बिभिन्न योगाधीशहरुले यसका लागि अनेक प्रयत्नहरु गरेका छन् । योगलाई मानब जीवनको एउटा अंशा बनाएर घर–घरमा र जन–जनमा पु¥याउने सामाजिक आन्दोलन जस्तो काम भने अहिले खाशगरी भारतमा र बिश्वमा नै बाबा रामदेबले गरिरहेको देखिन्छ । यद्यपि उनले गर्ने गरेको औषधीको ब्यापार र गुणस्तरहीनताले भने उनले योगको बजारिकरण गर्न गरेको योगदामा समेत सन्देह पैदा भएको छ ।   योग बिषयलाई बिश्व स्तररमा हेर्दा विश्व स्वास्य संगठनको तर्फबाट अबसाद अर्थात ‘डिप्रेसन’का बारेमा प्रकाशित भएको प्रतिबेदनले पनि के दर्शाएको छ भने आजको बिश्व कत्तिको धेरै अस्वस्थ अबस्थामा पुगिरहेको छ । अबसादको दृष्टिले हेर्दा बिश्वमा सबैभन्दा बढी यूवाहरुको संख्या भएको देश भारतको स्थिति सबैभन्दा खराब रहेको छ । भौतिक बिकासको फलस्वरुप आज मानब शारिरकि, मानसिक तथा सांबेगिक अनेक समस्याहरुबाट ग्रस्त र आक्रान्त छ । यसका अतिरिक्त भ्रष्टाचार, गला–कट्टा बेइमानी, नचाहिँदो फत्तुर आदि जस्ता सामाजिक खराबीहरुबाट समाज ठूलो हैरानीमा परेको छ ।

आधुनिक जीवन प्रणालीलाई अपनाएर जत्ति पनि समस्याहरु मानिसले उत्पन्न गरेको छ र गरिरहेको छ ती समस्याहरु मध्ये अधिकांशको समाधान योग शिक्षा र योग पद्धति अबलम्बन गरेमा सम्भव छ भन्ने योगबिज्ञहरुको दाबी छ । शरीर सम्वन्धि दुःख–कष्ट होस या मानिसक अशान्ति होस् या भयावह अबसादको अबस्था आजका आधुनिक चिकित्सक र बैद्यहरुले पनि योगलाई आज औषधीकोरुपमा अपनाउन सल्लाह दिन थालेका छन् । त्यसैले योगालाई आज बिद्यालयदेखि बिश्वबिद्यालयसम्मको शैक्षिक कार्यक्रममा राखिनु पर्दछ र त्यसालई शिक्षाको अभिन्न अंश बनाइनु पर्दछ भन्ने माग पनि बढिरहेको छ । योगको सैद्धान्तिक जानकारी योगको क्षेत्रमा प्राज्ञिक कार्य गर्दैरहेका बिज्ञहरुको आवश्यकता हो । तर यसको प्रयोग र उपयोग प्रत्येक सर्ब साधारण मानिसहरुले पनि सहजरुपमा अबलम्बन गर्न या ग्रहण गर्न सकुन्, तिनको तन मन पनि स्वस्थ होस् र एकाग्र चित्तले पूरा मनोयोगले तिनले अध्ययन गर्न र बुझ्न सकुन् भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ ।
 
  योग शिक्षाको दृष्टिले दुइ स्तरमा काम गरिनु आवश्यक देखिन्छ । पहिलो हो – योगको क्षेत्रमा ज्ञान प्राप्त गरेर शिक्षण तथा खोज अनुसन्धान कार्य गर्नका लागि मानब संसाधन तयार पार्नु अनि दोश्रो हो – योगलाई प्राथमिक शिक्षा देखि उच्च शिक्षासम्म जीवनको दिनचर्याको अभिन्न अंश बनाउनु अनि योग्य शिक्षकहरुको नियुक्ति गरिनु र तिनलाई प्रभाबकारी किसिमले प्रशिक्षित गर्नु । अबसाद, भ्रष्टाचार तथा कतिपय अमानबीय प्रबृत्तिले आक्रान्त बिश्व र ठूलो यूवा जनसंख्या भएका देशहरुको मानब सम्पदाको उचित बिकास निमित्त योग पनि आजको एउटा उत्तम औषधी हो भनेमा अतिशयोक्ति नहोला । किन कि योगले मानिसको शारिरीक, मानसिक, भावात्मक, नैतिक, समाजिक सबै पक्षलाई सन्तुलित तुल्याउन र समग्रमा मानिसलाई पोषण गर्नका लागि र मानब सम्पदाको बिकासभन्दा ठूलो बिकास अरु केही हुदैन नै  । त्यसका लागि योग शिक्षाभन्दा सस्तो अरु कुनै शिक्षा हुदैन र मानब बिकासको अरु कुनै उपयोगी युक्ति  पनि अहिलेसम्म देखापरेको छैन  ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif