Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

केरुङ्ग—काठमाण्डौ रेल मार्ग छलफलकै चरणको कुरा


२०७६ असार ६ गते , शुक्रवार प्रकाशित

    प्रस्तावित काठमाण्डौ—केरुङ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनका (डीपीआर) विषयमा नेपाल र चीन दुई देशका अधिकारीहरूबीच हिजो बेइजिङ्गमा छलफल भएको समाचार प्रकाशमा आएको छ ।   तर पछिल्ला महिनामा रेल परियोजना र डीपीआरको लगानीबारे सार्वजनिक रूपमै विमर्श भइरहेका बेला चीनको राजधानी बेइजिङमा सम्पन्न भएको बैठकमा भने परियोजनाका आर्थिक पाटाबारे खासै कुराकानी नभएको अधिकारीहरूले बार्ता बारे उल्लेख गरेका छन् । 


  यो बार्तामा अन्तरदेशीय रेलमार्ग मात्र नभएर प्रस्तावित काठमाण्डौ–पोखरा र काठमाण्डौ–लुम्बिनी रेलमार्गका विषयमा समेत छलफल भए पनि प्राविधिक विषयनै टुङ्गिन नसकेको र बैठकको एजेण्डामा समेत आर्थिक विषयवस्तु नपरेकाले उक्त विषय छलफलका क्रममा नउठेको नेपालको बेइजिङस्थित नियोगका उप(प्रमुख सुशीलकुमार लम्सालले बताएका छन् ।   नेपाल र चीन दुई देशबीच रेलसम्बन्धी विषयमा भएका प्रगतिका बरेमा छलफल र समीक्षा गर्ने हेतुले बैठक आयोजना गरिएको उनले बताएका छन् ।        लम्सालले भनेका छन् – अन्तर्देशीय रेलमार्गको विषयमा थप पाँचवटा चरण पार गर्नुपर्ने देखिएको छ जसमा विशेष किसिमका बिभिन्न अध्ययन गरिनुपर्ने देखिन्छ।   त्यसरी नै काठमाण्डौ–पोखरा रेलमार्गका हकमा चिनियाँ कम्पनी सीइसी र काठमाण्डौ–लुम्बिनी रेलमार्गको हकमा एफएसटीआइ नामक कम्पनीले प्रारम्भिक अध्ययन शुरू गरेको र दुवै कम्पनीले प्रारम्भिक रूप रेखाबारे चर्चा गरेको लम्सालले बताएका छन् ।   यो रेलमार्ग कताबाट जाने लगायतका विषयमा तुलनात्मक अध्ययन पनि बैठकमा समेटिएको बताइएको छ । यी दुइ रेल मार्ग परियोजना प्रधामन्त्री केपी ओली चीन भ्रमणमा गएको बेला २०१६ मै सहमति भएका हुन् ।    जटील भौगोलिक र बातावरणीय अबस्था रहेको भए पनि चिनीयाँ प्राविधिकहरूले दुवै परियोजनाको प्रारम्भिक अध्ययन सम्पन्न गरी  रेलमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा भने ल्याउन सकिने बताएका छन् । बेइजिङ्गमा सम्पन्न यो पछिल्लो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा चिनीयाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुशङले गरेका थिए।     नेपालको बेइजिङस्थित निकायले जारी गरेको विज्ञप्तिमा नेपाल‒चीन रेल्वे सहयोग सम्बन्धी पाँचौँ द्विपक्षीय बैठक काठमाण्डौमा आयोजना हुने सहमति गरिएको बताइएको छ।   बैठकको मिति दुई पक्षबीचको आपसी परामर्शमा तय गरिने उल्लेख गरिएको छ । नेपाल‒चीन रेल्वे सहयोगसम्बन्धी हालसम्म चारवटा बैठक सम्पन्न भएका छन्।   दुई देशबीच सन् २०१७ मा पहिलो पटक बैठक सम्पन्न भएको थियो भने सन् २०१८ मा दुई पटक यस बारेमा  छलफल भएको थियो ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif