Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

चीनका राष्ट्रपति शी उत्तर कोरिया भ्रमणको क्रममा प्योङ्गयाङमा


२०७६ असार ५ गते , विहीवार प्रकाशित

  चीनका राष्ट्रपति तथा चिनीया कम्युनिष्ट पार्टीका महासचिव दुइ दिने उत्तर कोरियाली राजकीय भ्रमणको क्रममा आज बिहान प्योङयाङ्ग पुगेका छन् । बितेको १४ बर्ष यता यो चीनका राष्ट्रपतिको पहिलो भ्रमण हो । प्योङ्गयाङ बिमान स्थलमा चिनीयाँ राष्ट्रपति उत्रिदा त्यहाँ दशौं हजार कोरियालीले शीलाई हार्दिक स्वागत गरेका थिए । 
  यो भ्रमणलाई प्रतीकात्मक र अर्थपूर्ण भ्रमण मानिएको छ । बिगतमा निःशस्त्रीकरण सम्बन्धमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बाता हुनु अघि पनि उत्तर कोरियाले चीनसँग कुराकानी गरेको थियो भने दुइ देश बीच भियतनाम बार्ता असफल भइसकेपछि पनि चीन र उत्तरकोरियाका बीच उच्च स्तरीय बार्ताहरु भएका थिए । 
  चीन र कोरियाका बीच सम्वन्ध स्थापनाको ७०औं बार्षिकोत्सबको अबसरमा भएको चिनीयाँ राष्ट्रपतिको यो भ्रमणले दुइ देशका बीचको सम्वन्धलाई अझ गाढा र सुदृढ हुने बिश्वास लिइएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif