Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

अब पसिनाबाट पनि ब्याट्री चार्ज हुने अनुसन्धान


२०७६ असार ५ गते , विहीवार प्रकाशित

  बैज्ञानिकहरुले अब जैबिकरुपमा पनि ब्याट्री चार्ज गर्न सकिने र यसको लागि पसिनाको उपयोग हुन सक्ने अनुसन्धान गरेका छन् । पसिनाबाट निस्कने बिद्यूतलाई ट््याटुको प्रयोग गरी जैबिक रुपमा ब्याट्री चार्ज गर्न सकिने भएको छ । अब खलखल आउने पसिनाले मानिसको स्वास्थ्य राम्रो र शरीरलाई आराम हुने मात्र नभै मोबाईल फोन चार्ज गर्न सकिने पनि अनुसन्धानले देखाएको बैज्ञानिकहरुले बताएका छन् । पसिनाको सहायाताले ऊर्जा उत्पादन गर्न सकिने यो खोज अमेरिकी केमिकल सोसाइटीले केही बर्ष पहिला सार्वजनिक गरेको हो । ब्यापक कसरत पछि आउने पसिनाबाट यसरी ऊर्जा उत्पन्न गर्न सकिने अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । यो प्रबिधि बिकसित भएपछि अब चाँडै मुटुको धडकन नाप्न सकिने साना उपकरण, घडीहरु र अन्ततः मोबाइल फोन पनि चार्ज गर्न सकिने कुरा अमेरिकाको क्यालिफोर्नियाका बैज्ञानिकहरुले प्रकाशमा ल्याएका हुन् ।

    रसायन बिज्ञान सम्वन्धि एउटा जर्नलमा आफ्नो यो खोज प्रकाशन गरेकी सान डियागो स्थित क्यालिफोर्निया बिश्वबिद्यालयकी बैज्ञानिक प्राध्यापक वेनझाओ जीयाले भनेकी छन् ः‘पसिना प्रयोग गरी बिद्यूत निकाल्न सकिने यो नबीन अबधारणा ल्याउने हामी नै पहिलो हौ । यो पसिनाबाट निस्कने बिद्यूत शक्ति चार माइक्रोबाइटको मात्र छ । तर यसलाई के कसरी बढाउन र प्रयोगलाई सम्भव बनाउन के कसरी सकिन्छ भन्ने प्रयासमा अनुसन्धानकर्ताहरु लागि परेका छन् । शरीरमा खाशगरी ब्यायाम गर्दा पसिना आएपछिका शरीरको तन्दुरिस्ती के कस्तो हुन्छ भन्ने बिश्लेषण गर्न लगाइने मोनिटरको निर्माणमा जुटेका बैज्ञानिकहरु यो जैबिक ब्याट्री बनाउन जुटेका थिएनन् । सामन्यतः रगतको नमूनामा निर्भर रहेर गरिने बिश्लेषणलाई सहज बनाउन त्यो अनुसन्धान टोलीले पसिना जाच्ने सेन्सरकोरुपमा कागज जस्तै अस्थाई ट््याटुको निर्माण गरेको थियो । त्यसको प्रयोगबाट मुटुको गति मात्र नभै रासायनिक तथ्यसँग जोडेर शारिरीक अभ्यासको बारेमा पनि कुरा थाहा पाउन सकिन्थ्यो । त्यसपछि उनको टोलीले उक्त सेसन्सरलाई पसिनाबाट रिचार्ज गर्न सकिने ब्याट्रीको रुपमा बिकास ग¥यो । पसिनाबाट झण्डै चार माइक्रोवाटको बिजुली निकाल्न सफलता हात पार्न रासायनिक प्रतिकृया उत्पन्न गराउने एउटा इञ्जाईमलाई प्रयोग गर्दै उनीहरुले पसिनाबाट इलेक्ट्रोन निकाले । त्यसबाट कमजोर बिद्यूत करेण्ट उत्पादन भएको थियो ।   जब ब्यायाम गर्न प्रयोग गरिने साइकल चलाउने स्वयंसेवकहरुले उक्त ट््याटु लगाए उनीहरुको प्रति स्क्वायर सेण्टिमिटर छालाबाट ७० माइक्रोवाट बिजुली उत्पादन भएको थियो । यसमा आश्चर्यको कुरा के थियो भने कम तन्दुरुस्त मानिसहरु चाडै गल्ने बढी पसिना निस्कने भएकोले यस्तो भएको होला भन्ने डा. जियाले उल्लेख गरेकी छन् । उनका अनुसार अहिले पसिनाबाट उत्पादन हुनेभन्दा दोब्बर अर्थात दश माइक्रोवाट बिद्यूत एउटा डिजिटल घडी चार्ज गर्नका निमित्त चाहिन्छ । आगामी चरणमा ती ट््याटुहरुलाई साना बिद्यूतीय उपकरणसँग जोड्ने र क्यापासिटर जस्ता उपकरणहरु प्रयोग गरेर बिद्यूत सञ्चित गर्नुपर्ने काम बाँकी नै छ । यद्यपि अरु बिद्यूत श्रोतहरु हुँदाहुदै पसिनाको उपयोग किन गर्ने भन्ने प्रश्न पनि उठ्ला नै । तर यो प्रयोगमा ल्याउन सकिने भयो भने यो सहज उपलब्ध हुने र चार्ज गर्न सकिने तथा मानिस आफै उर्जाको श्रोत हो भन्ने कुराको द्योतक पनि रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif