Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

एससीओको बिस्केक शीखर सम्मेलन


२०७६ असार ५ गते , विहीवार प्रकाशित

  किर्घिजिस्तानको राजधानी बिस्केकमा २०१९ जून १३ – १४ मा सम्पन्न शघाई सहयोग संगठन(एससीओ)को शीखर सम्मेलन कुनै एउटा समस्यामा मात्र केन्द्रित थिएन । यद्यपि यसले आतंकबादको सामना गर्ने कुरामा निकै जोड दिएको देखिन्छ । यो शंघाई सहयोग संगठन अर्थात् एससीओ आठवटा यस्ता देशहरुको यस्तो मञ्च हो जुन आफ्नो स्वरुपमा क्षेत्रीय जस्तो अबश्य लाग्दछ तर बिद्यमान बिश्व समीकरणहरुमा यसको सन्तुलनकारी भूमिका निकै अहं बन्न थालेको छ । यद्यपि यस संगठनको धूरी चीन र रुस नै रहेका छन् तथापि चार मध्य एशियाका देशहरु – किर्घिजिस्तान, कजाकस्तान, ताजकिस्तान र उज्बेकिस्ता–को पहिचान यससँग जोडिएको छ । यसमा २०१७ देखि भारत र पाकिस्तान समेत पूर्ण सदस्यकोरुपमा सम्मिलित भएका छन् । पर्यबेक्षककोरुपमा नेपाल लगायत बिश्वका बिभिन्न देशहरु पनि रहेका छन् । अहिलेको यस शिखर सम्मेलनको अझ अर्को बिशेषता के रह्यो भने यसमा बिशेष अतिथिकोरुपमा अफगानिस्तान र इरान पनि आमन्त्रित तथा सामेल भएका थिए  । त्यसले पनि यो सम्मेलनको महत्व बढाएको छ । यी दुइ देशहरुमाथि आज सारा बिश्वले गम्भीर नजर दिइरहेको छ ।


  हुन पनि बिश्व ब्यापार युद्धको बर्तमान पृष्ठभूमिमा सम्पन्नभएको यो एससीओ बिस्केक शीखर सम्मेलनमा बिश्व ब्यापार तथा अन्तर्राष्ट्रिय सहयोगको भाबनालाई प्राप्त भइरहेको चूनौतिको छाया हेरियो । बिस्केक घोषणात्रपमा यसलाई प्रष्टरुपमा देख्न सकिन्छ । परस्पर सहयोग तथा ब्यापारलाई बढावा दिने उपायहरुमाथि त सम्मेलनमा बिशेष जोड रह्यो नै त्यसका  अतिरिक्त यसले कतिपय यस्ता  कुराको पनि प्रष्ट रेखाङ्कित गरको छ जुन कुराहरु अमेरिकाको ट्रम्प प्रशासनको एकतर्फी निर्णय गर्ने प्रबृत्तिका कारण उत्पन्न भएका छन् ।

घोषणापत्रमा स्पष्टरुपमा भनिएको छ कि केही बिशेष देशहरुद्वारा संरक्षणबादी कदम उठाउनाले गर्दा बहुपक्षीय ब्यापार ब्यवस्थाको जमिन अर्थात आधार कमजोर हुँदै गइरहेको छ । यो शंघाई सहयोग संगठनको यो शीखर सम्मेलनले सीरियाको स्थिति सुधार्नका लागि सीरियाको सम्प्रभूता, स्वतन्त्रता र अखण्डतालाई सुनिश्चित तुल्याउदै शान्तिपूर्ण सम्बादद्वारा समस्याको समाधान खोजिनु एक मात्र बिकल्प र बाटो रहेको औंल्याएको छ । सम्मेलनले बाहिरी अन्तरिक्षलाई हात हतियार मुक्त राख्ने महत्वलाई पनि बिर्सेको छैन । यूरोप र एशिया अर्थात यूरेशियाको यो उदाउँदो मञ्चले अन्तर्राष्ट्रिय सहयोगको भावनालाई अझ जोड दिदै भनेको छ कि संयुक्त राष्ट्र संघको भूमिकालाई कम गरेर हेरिनु हुँदैन । बिश्व शान्ति र बिश्वको साझा बिकासमा सरोकारवाला  सबैको सहयोग अपेक्षा गर्नु अनुचित पनि होइन ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif