Tuesday, 19 November, 2019    |    २०७६ मंसीर ३ गते , मंगलवार

के बिज्ञानले भूतको खोजी गरिरहेको छ ?


२०७६ असार ३ गते , मंगलवार प्रकाशित


जंगलबाट पार हुने एउटा सुनसान गोरेटोमा एक्लै तपाई हिडिरहनु भएको छ । जहाँ टाढा टाढासम्म कतै कुनै अर्को मानिस भन्ने चीजको अत्तोपत्तो छैन । यस्तै सुनसान बाटोमा एउटा रुखको फेदबाट फुत्त निस्केर तपाई जत्रै युबक अचानक तपाईको पछि लाग्दछ । केही क्षण त तपाई त्यसतिर ध्यान दिनुहुन्न तर जब उसले तपाईसित तपाई कहाँ जादै हुनुहुन्छ भनेर सोध्छ भने त तपाईको नजर उसमाथि शीरदेखि पैतालासम्म जान्छ नै । अनि त्यसकासाथै तपाईको हिडेको जमिन धसिएको जस्तो हुन्छ । किनकि त्यो ब्यक्तिका खुट्टा पछाडितिर फर्केका मात्र छैनन् ती दुइ इञ्च माथि उठेका पनि छन् । एकाएक त्यो मानिस तपाईतिर तीब्र गतिमा आउन थाल्छ । तपाई हात फैलाएर त्यसलाई रोक्न चाहनु हुन्छ । तर यो के भएको ? तपाईको हात उसको शरीरको वारपार निस्कन्छन् । त्यो पूरै ब्यक्ति तपाईको शरीरसँग टक्कराएर पूर अर्कोतिर निस्कन्छ । यसो गर्दा तपाईलाई हावाको झोंक्का पनि महसुश हुन्छ । अनि तपाईले पछाडि फर्केर हेर्दा पछाडि केही पनि देखिदैन । यो पूरा दृष्य तपाईलाई बेहोश तुल्याउन र सातो खानका निम्ति काफी छ । अनि कतै तपाई कमजोर मुटुको पर्नु भयो भने त .....!
यो कुनै चलचित्रका मनगढन्ते कथाको प्रारुप होइन बिज्ञानको एउटा सत्य कुरा बताइन लागेको हो । सन् २००७ मा अर्थात आजभन्दा ९ बर्षअघिको कुरा हो । क्याम्पसका भौतिकशास्त्रका प्रोफेसर होभर्ड जार्जीको एउटा शोधपत्र प्रकाशित भयो, जसमा उनले केही नयाँ कणहरुको बिचार-आइडिया) प्रस्तुत गरे, जुन वास्तवमा कण हुँदैनन् । त्यसैले उनले तिनलाई नयाँ नाम दिए-'अकण' अर्थात् (Unparticleग)यो बिचार या आइडिया बैज्ञानिकहरुलाई यत्ति धेरै मनपर्यो कि अहिलेसम्म यस सम्वन्धमा सयभन्दा बढी शोधपत्रहरु प्रकाशित भइसकेका छन् । यो 'अकण' पदार्थिक कण र ऊर्जा कणहरुको संयुक्त रुप(दुबै मिलेको) हुने गर्दछ ।


जस्तो कि बर्तमान बिज्ञानले भन्दछ-दुइ किसमका कणहरु हुन्छन् । एउटा त्यो हो जसबाट पदार्थ बन्दछ । तिनलाई फर्मियान भन्ने गरिन्छ । अर्को त्यो जुन ऊर्जाको रुपमा हुन्छ र त्यसलाई बोसन भन्ने गरिन्छ । इलेक्ट्रोन, प्रोटोन इत्यादि फर्मियान हुन् जबकि प्रकाश, ऊष्मा इत्यादि कण बोसन हुन् । यी दुबै किसिमका कणहरुमा मूल अन्तर के हुन्छ भने फर्मियानमा द्रब्यमान हुन्छ र ती एक ठाउँमा पाइदैनन् । अर्थात् जुन ठाउँमा एउटा फर्मियान हुन्छ त्यहाँ अर्को फर्मियान रहन सक्तैन । जबकि बोसनको कुनै स्थिर द्रब्यमान हुँदैन र एकै स्थानमा कयौ बोसनहरु रहन सक्तछन् ।

स्पष्ट छ कि फर्मियानबाट बनेको कुनै शरीर छ भने जुन ठाउँमा त्यो शरीर हुनेछ त्यहाँ अर्को शरीर रहनै सक्तैन । हाम्रा कुनै बिश्लेषकले कुर्सीमा बसेर कुनै आलेख लेख्दैछन् भने यो निश्चित छ कि म पनि त्यसै समयमा त्यसै कुर्सीमा बसेर त्यसरी नै लेख लेख्न सक्तिन । किनभने हामी सबैको शरीर र पृथ्वीमा पाइने हरेक प्रकारका पदार्थहरु फर्मियानबाट बनेका हुन्छन् ।
अर्कोतिर, यदि बोसनको कुरा गर्ने हो भने ती कणहरु कुनै ठाउँमा हुँदाहुदै पनि त्यो ठाउँ खाजी या रिक्त नै रहेको हुन्छ र त्यहाँ फर्मियान या अर्को बोसन आउन सक्तछ । उदाहरणका लागि प्रकाश । एउटा प्रकाशको किरण यदि कुनै स्थानबाट गइरहेको या गुज्रिरहेको छ भने अर्को प्रकाशको किरण पनि त्यसै ठाउँबाट गुज्रिन या जान सक्तछ बिल्कुलै कुनै बाधा ब्यवधान या रोकावट बिना । यस प्रकारले बोसन आधारित 'एक्स' किरण सजिलै नरम पदार्थको वारपार निस्केर जान सक्तछ । बोसन कणको सबैभन्दा ठूलो बिशेषता के हुन्छ भने यदि यी किरणहरुलाई रोकिदियो भने यिनको द्रब्यमान शून्य हुनजान्छ । तर अनपार्टीकल अर्थात अकणको जुन अबधारणा प्रस्तुत गरिएको छ तिनमा द्रब्यमान त हुन्छ तर बाकी गुण भने बोसनकै जस्ता हुन्छन् । अर्थात कयौ अनपार्टिक या अकण एउटै समयमा एकै ठाउँमा रहँन सक्तछन् ।यस अबस्थामा त्यस ठाउँको कूल द्रब्यमान ती सबै अकरणहरुको द्रब्यमानको योग बराबर हुन्छ । अनपार्टिकलसँग जोडिनाले जुन चीन प्राप्त हुन्छ या खडा हुन्छ स्पष्ट छ त्यसालई 'अपदार्थ' नै भनिन्छ । 

हुन त अपदार्थको पदार्थसँग बहुतै कम सम्वन्ध बन्ने गर्दछ । तर यसको सम्भावना हरहमेशा रहन्छ कि कुनै घटनामा तिनले पदार्थिक शरीर या पिण्डकासाथ सम्पर्क गरुन् । जस्तो कि भूतको कथामा हुने गर्दछ । अपदार्थहरुको आफ्ना भौतिकी नियम हुन्छन्, जुन पदार्थ भौतिकीभन्दा भिन्न हुन्छन् । जस्तो कि तिनको आफ्नो 'अनग्रयाभिटी' हुन्छ । जुन पदार्थको ग्रयाभिटीभन्दा भिन्न हुन्छ । अपदार्थलाई परिभाषित गर्न र पहिचान गर्न अत्यन्तै कठिन छ । किनकि तिनको पहिचान लगातार बद्लिइरहन्छ । यसको द्रब्यमान, संबेग, आकार केहीपनि निश्चित हुदैन । बर्तमान बिज्ञान ब्रहृमाण्डका केही घटनाहरुको ब्याख्या गर्नका लागि डार्क म्याटरलाई दृष्टि या ध्यान दिन्छ । तर यदि पदार्थको अस्तित्व सिद्ध हुन गयो भने या प्रयोगहरुमा यसलाई देखिन सक्यो भने डार्क म्याटरको दृष्टिले बिल्कुलै भिन्न मोड लिन सक्तछ । अहिलेलाई भने अपदार्थ भूत हो भने बिज्ञानको दृष्टिमा अहिले ती भूतहरुको दर्शन केवल सिद्धान्त (थ्योरी)को हदसम्ममा सीमित छ । प्रयोगशालामा यिनको दर्शन अहिले धेरै दूरको कुरा नै छ ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif