Monday, 14 October, 2019    |    २०७६ आश्विन २७ गते , सोमवार

बनेपाको चारदोबाटोमा बुडोल सामुदायिकको सेवा केन्द्र


२०७६ असार २ गते , सोमवार प्रकाशित

काभ्रेको बनेपा वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था आफ्नो सेवा केन्द्र बनेपाको चारदोबाटोमा सञ्चालनमा ल्याएको छ । 

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिकाकी उपमेयर रेखा दाहालले औपचारिक रूपमा रिबन काटेर सेवा केन्द्रको समुद्घाटन गरिन् । सो अवसरमा बोल्दै उनले स्थानीय तहले सहकारीका प्रवर्द्धनका लागि काम गर्ने बताउँदै आवश्यक ऐननियम बनाउन शुरु गरेको बताइन् । 

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष रामहरि केसीले गरेका थिए । 

बनेपा क्षेत्रका सदस्यहरूलाई सहज रुपमा सेवाको पहुँच पुर्याउने उद्देश्यले सेवा केन्द्रको सञ्चालन ल्याइएको संस्थाका व्यवस्थापक विवेकराज ठकुरीले बताए । संस्थाले यस अघि धुलिखेल बजार र नालामा पनि सेवा केन्द्र शुरु गरिसकेको छ । 

संस्थाले धुलिखेल र बुडोल बाट बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म सदस्यहरुबीच कारोबार गर्दै आएको छ । त्यसैगरी ३६५ दिने सेवा आफ्ना सदस्यहरुलाई उपलब्ध गराउँदै आएको छ । 

हाल संस्थामा १२ हजारभन्दा बढी सदस्य आवद्ध रहेका छन् । संस्थाको कुल कारोबार १ अर्ब १४ लाख पुगेको छ । एक्सेस ब्राण्डमा सहभागी उक्त संस्थाले ब्रोञ्च ब्राण्ड प्राप्त गरिसकेको छ ।

संस्थाले सदस्यहरुको आवश्यकताको आधारमा १४ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ भने ज्येष्ठ सदस्य, सुत्केरी खर्च, जटिल प्रकारको रोगमा उपचार खर्च, नवदम्पती भेटघाट कार्यक्रम, दुर्घटना बीमा र मृत्य राहत जस्ता विभिन्न सुविधा दिँदै आएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif