Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सात बुँदे घोषणा पत्र जारी गर्दै सकियो समिट


२०७६ असार १ गते , आईतवार प्रकाशित

बहुउद्देश्यीय सहकारी संघ लिमिटेड ललितपुरको आयोजनामा भएको दुईदिने सहकारी समिटले ७ बुँदे घोषणा पत्र जारी गरेको छ । 

संघको आयोजनामा सम्पन्न भएको दोश्रो समिटले संस्थागत सुशासनका सूचकहरु निर्धारण गरी आवश्यक प्रशिक्षण गराई सदस्य सहकारी संस्थाहरुलाई सक्षम बनाउने, सदस्य संस्थाहरुलाई आवश्यक आन्तरिक नमुना विनियमावली, निर्देशिका र कार्यविधि तयार गर्ने, सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ बमोजिम बहुउद्देश्यीय परियोजना सञ्चालन गर्न नसकिने देखिएकाले आवश्यक संशोधनका लागि पहल गर्ने जनाइएको छ । 

त्यसैगरी बहुउद्देश्यीय सहकारी संस्थाहरुको परियोजना सञ्चालन सम्बन्धी विद्यमान ऐन र नियमावलीमा स्पष्ट व्यवस्था नभएकाले परियोजना सञ्चालन कार्यविधि निर्माणका लागि सम्बन्धित निकायमा अविलम्ब पहल गर्ने, सदस्य सहकारी संस्थाहरुको सहभागितामा एकीकृत कृषि तथा पर्यटन परियोजना सञ्चालन गर्ने, सहकारी संस्थाहरुको ब्यवस्थापकीय क्षमता अभिवृद्धिका लागि सहकारी शिक्षा तालिमका कार्यक्रमहरु सञ्चालन गर्ने र संस्थागत सुशासनका लागि सदस्य सहकारी संस्थाहरुको नियमन, सुपरिवेक्षण र सहजिकरण गर्ने उल्लेख छ । 



संघका अध्यक्ष शरदकुमार महर्जनले समिटमा सहकारी ऐन नियम र नियमावली तथा बहुउद्देश्यीय सहकारी संस्थाहरुले सञ्चालन गर्न सक्ने परियोजनाहरुका विषयमा छलफल गरिएको बताए । बहुउद्देश्यीय सहकारीहरुका लागि अवसर र चुनौती दुवै रहेको भन्दै उनले समिटबाट संस्थाहरुले कुन दिशामा निक्र्यौल निकाल्न सहयोग पु¥याएको जनाए । ललितपुरका धेरै संस्थाले बहुप्रकृतिका कामहरु अघि बढाएको र बाँकी संस्थाले पनि बढाउने विश्वास उनले दिलाए । यसका लागि संघले शुरुवात गर्ने र सबै संघसंस्थाहरुलाई बाटो देखाउनुकासाथै एकापसमा सहकार्य गरेर पनि बहुप्रकृतिका कृयाकलाप गर्न सकिने उनले जानकारी दिए । मर्जरलाई अस्वाभाविक प्रकृयाका रुपमा मान्न नसकिने भन्दै ससाना संस्थाहरुलाई एकिकृत गरी सबल संस्था बनाउन मर्जर उपयोगी हुने उनले जनाए । 

संघका उपाध्यक्ष किशोर महर्जनले सदस्य संस्थाहरुको विकास र प्रवद्र्धनमा विभिन्न खाले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए । सहकारी ऐन र नियमावलीमा उल्लेख भएको मुख्य विषय बहुउद्देश्यीय सहकारी संस्थाका लागि चुनौतीपूर्ण रहेको उनले प्रष्ट पारे । राज्यका विभिन्न निकायबाट अन्य प्रकृतिका सहकारी संस्था र बहुउद्देश्यीय सहकारीलाई गरिएको व्यवहार विभेदपूर्ण रहेको उनले जनाए । बहुउद्देश्यीय सहकारीसँग रहेको पूँजीलाई एकिकृत गरी दीर्घकालिन आयआर्जनका परियोजनाहरु पहिचान र छनौट गरी कार्यान्वयनमा ल्याउनु पर्ने भएकाले समिटमा यस विषयमा व्यापक छलफल गरिएको उपाध्यक्ष महर्जनले जानकारी दिए । 

कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनाली र मनासलु बहुद्देश्यीय सहकारीका राजेन्द्र पौड्यालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

समिटमा ५७ संस्थाका १२५ भन्दाबढि सहकारीकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम उपलब्धिमूलक भएका सहभागिहरुले प्रतिक्रिया दिए ।
 


सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif