Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

दोश्रो ललितपुर बहुउद्देश्यीय सहकारी समिट शुरु


२०७६ जेष्ठ ३१ गते , शुक्रवार प्रकाशित

बहुउद्देश्यीय सहकारी संघ ललितपुरको आयोजनामा दोश्रो ललिपतपुर बहुउद्देश्यीय सहकारी समिट धुलिखेलमा शुरु भएको छ । 

प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडलले समिटको उद्घाटन गर्दै सहकारीको संख्या आगामी ३ वर्षभित्र एकिकरणमार्फत घटाउन नसके सहकारी अभियान धराशायी हुने बताए । अहिले सहकारी अभियानले राजनीतिक पार्टीलाई जिताउन  हराउने काममा लागेकाले सहकारीको व्यावसायिक विकास हुन नसकेको उनले जनाए । सहकारी संस्थाहरु संस्थागत सुशासन, सदस्य सन्तुष्टी, प्रविधि भित्राउन र पूँजी परिचालनका विषयमा केन्द्रित हुनुपर्ने बेला आएको उनले सुझाए । 

कार्यक्रमका विशिष्ट अतिथि नेपाल केन्द्रिय बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले सहकारी अभियानका अग्रज साथीहरु एकले अर्कालाई सिध्याउने हिसाबले अघि बढेको आरोप लगाए । सहकारी अभियानका विभिन्न छाता संगठनहरुको फरकफरक धारणाका कारण अभियानले चाहेजस्तो ऐन तथा नियमावली आउन नसकेको उनले प्रष्ट पारे । सहकारी ऐन नियमले बहुउद्देश्यीय सहकारीलाई संकुचित बनाउन खोजेको भन्दै उनले एकल वा संयुक्त रुप्मा शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषि क्षेत्रमा सहकारीहरुले लगानी गर्नु पर्ने उनले उल्लेख गरे । 

कार्यक्रममा जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि बजगाईंले शुभकामना मन्तब्य राखेका थिए । 

संघका अध्यक्ष शरदकुमार महर्जनको सभापतित्वमा शुरु भएको समिटमा उपाध्यक्ष किशोर महर्जनले स्वागत मन्तब्य राखेका थिए । पहिलो दिन मनासलु बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं प्रशिक्षक राजेन्द्र पौड्यालले बहुउद्देश्यीय सहकारी संस्थाहरुको सुशासन विषयमा प्रशिक्षण दिएका थिए । 

समिटमा ललितपुरका ५७ बहुुउद्देश्यीय सहकारीका १२५ जनाको सहभागिता रहेको छ । समिट दुईदिनसम्म चल्नेछ । 



 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif