Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

राजेश बान्तबा नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश


२०७६ जेष्ठ ३१ गते , शुक्रवार प्रकाशित

  पुराना एक बामपन्थी नेता तथा बामपन्थी मञ्चका संयोजक कमरेड राजेश बान्तबा आफ्ना कार्यकर्ताहरु सहीत आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई नेपाल कम्युनिष्ट पार्टीका संयोजक ऋषिराम कट्टेलले संक्षिप्त समरोहका बीच आज पार्टीको केन्द्रिय कार्यालय कपनमा पार्टी प्रबेश पत्र प्रदान गर्दै  स्वागत गरेका थिए । त्यस अबसरमा संयोजक कट्टेलले कमरेड पुष्पलालको उत्तराधिकारी पार्टी भएकोले यसको काँधमा सबै क्रान्तिकारी, बामपन्थी र देशभक्तहरुलाई संयुक्त आन्दोनलमा सरिक गराउने र बर्गीय शोषण र सामाजिक उत्पीडनबाट नेपाली समाजलाई मुक्त गराउने जिम्मेवार रहेको उल्लेख गरेका थिए । 
    यस अबसरमा कमरेड राजेश बान्तबाले नेपाली जनबादी क्रान्ति पूरा गरेर समाजबादको पृष्ठभूमि निर्माणका लागि कमरेड पुष्पलालको नीति, बिचार र सिद्धान्तमा आबद्ध पार्टीमा प्रव्ेश गर्न पाउँदा खुशी लागेको भावना प्रकट गर्दै सबै क्रान्तिकारी कम्युनिष्टहरुलाई पार्टीमा स्वागत गरिनु पर्ने बिचार ब्यक्त गरेका थिए । बान्तबाको प्रगतिशील साहित्यिक आन्दोलनमा पनि दख्खल रहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif