Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

हसना सोसियल सोसाइटीद्वारा खुल्ला रक्तदान


२०७६ जेष्ठ २९ गते , बुधवार प्रकाशित

हसना सोसियल सोसाइटीले आठौं खुल्ला रक्तदान कार्यक्रम–२०७६ सम्पन्न गरेको छ । चन्द्रागिरी नगरपालिका वडा नं १२, बलम्भुस्थित उक्त सोसाइटीले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा १०१ जनाले रक्तदान गरेका थिए । 
सोसाइटीका अध्यक्ष सम्पूण महर्जनको सभापतित्वमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा प्रमुख अतिथिमा हरिलक्ष्मी श्रेष्ठ, विशिष्ट अतिथिमा ब्लोदान केन्द्रका अध्यक्ष सानुबाबु प्रजापति, चन्द्रागिरी नपा–११ का अध्यक्ष हरिभक्त महर्जन र अथितिमा नेपाल रेडक्रस सोसाइटी चन्द्रागिरी उपशाखाका ललिक बहादुर महर्जन रहेका थिए । 
कार्यक्रमका वक्ताहरुले रक्तदानको महत्व र आवश्यकताका विषयमा मन्तब्य राखेको थिए । रक्तदाताहरुलाई टिशर्ट र प्रमाणपत्र प्रदान गरिएको थियो । 






सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif