Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

चीन–रुस नयाँ युगका लागि नयाँ सहमतिमा


२०७६ जेष्ठ २८ गते , मंगलवार प्रकाशित

 चीन–रुस नयाँ युगका लागि नयाँ सहमतिमाआफ्नो राजनैतिक सम्वबन्ध स्थापनाको ७०औं बार्षिकोत्सबको अवसरमा चीन र रुसले आपसी सम्वन्धलाई अझ बलशाली र बहुआयामिक बनाउनका लागि दूरगामी महत्वका  केही थप कदमहरु चालेका छन् । यस सम्बन्धि एउटा समारोहका बेला चीनका राष्ट्रपति शी जिनपिङले भने कि रुस र चीन बीचको सम्वन्धले अन्तर्राष्ट्रिय शान्तिको सुनिश्चितकर्ता(ग्यारेण्टर)कोरुपमा काम गर्दछ र अन्य देशहरुका लागि यसले एउटा सकारात्मक उदाहरण प्रस्तुत गर्दछ । 

थप साझा सहमतिमा पुगेका दुइ देशले आफ्नो राजनीतिक सम्वन्धको ७०औं बर्ष पुगेको बेला आफ्नो सम्वन्धलाई अझ सबल बनाउने सम्वन्धी सहमतिमा हस्ताक्षर गरेका छन् ।   चीनका राष्ट्रपति शी जिनपिङ रुसको भ्रमणमा गएका बेला यी महत्वपूर्ण र दूरगामी कदम चालिएका हुन् । यस क्रममा दुबै देशले संयुक्त बिज्ञप्ति जारी गरेर उनीहरुका बीच प्रौद्योगिकी तथा ऊर्जा जस्ता क्षेत्रमा आर्थिक सहयोग बढाउनका लागि २० अर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौतामा हस्ताक्षर गरिएको छ । दुबै देशको दुइ पक्षीय ब्यापार १०८ अर्ब डलरबाट बढाएर २०० अर्ब अमेरिकी डलर प्रति बर्ष पु¥याउने लक्ष पनि उनीहरुले यसमा राखेका छन् जुन बितेको बर्षको भन्दा २४.५ प्रतिशतले बढी हो । 

  भ्रमणको बेला एक समारोहमा बोल्दै चिनीयाँ राष्ट्रपति शीले नयाँ युगका लागि गरिएको यो नयाँ सहमतिलाई बिश्व शान्तिलाई सुनिश्चित गर्ने र अरु देशहरुालई सकारात्म उदाहरण प्रस्तुत गर्ने भनेर बिश्वास मात्र दिलाएनन् रुसका राष्ट्रपति पुटीनलाई चीनको एक असल मित्र भनेर पनि प्रशंसा गरे । दुइ देशका राष्ट्रपतिहरुले दिएको साझा बिज्ञप्तिमा भनिएको छ कि दुबै नेताहरुले बिश्वमा नेतृत्वदायी भूमिका निर्बहन गर्नु पर्दछ  । त्यस अबसरमा अर्को एउटा महत्वको निर्णय के पनि लिइएको छ भने अब रुसले आफ्नो देशमा चिनीयाँ टेलिकम हुह्वावेलाई ५जी प्रबिधिको बिकासका लागि अनुमति दिएको छ। हुह्वावेले रुसी टेलिकम कम्पनी एमटीएससँग आउँदो बर्ष देशमा ५ जी नेटवर्क बिकसित गर्नका लागि एउटा सम्झौतामा हस्ताक्षर पनि गरिदिएको छ । यो निर्णयले निश्चय नै अमेरिकालाई बिजाउने छ । 
    अमेरिकाले बितेका दिनमा जासुसी गरेको भन्दै त्यही निहूँमा  हुह्वावेमाथि प्रतिबन्ध लगाइदिएको थियो । यस्तो स्थितिमा रुसले चीनको यो कम्पनीलाई सहारा दियो । यसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शायदै मन पराउलान् ।
  बास्तवमा अहिलेको चीनका राष्ट्रपतिको रुस भ्रमण र नयाँ युगका लागि नयाँ सहमति र यो सम्झौता नै अमेरिकामाथि दबाब बढाउनका लागि गरिएको प्रतीत हुन्छ । यतिबेला चीन र अमेरिका बीचको ब्यापार युद्ध गम्भीर मोडमा पुगेको छ । अर्कोतिर अमेरिका र रुसका बीचमा पनि कतिपय मुद्दाहरुमा एकमत रहेको छैन । यही बास्तबिकतालाई आत्मसात गरेर चीन र रुस बिगतको कटुतालाई बिर्सदै आज एक अर्काको नजिक आएका छन् । बिशेषतः बिगत एक दशकयता दुइ देशका बीच या निकटता निक्कै बढेको छ । यस क्रममा ब्यापारिक मात्रै होइन, रक्षा सहयोग पनि बढेको देखिएको छ ।    हुन पनि यूक्रेनको क्रिमिया संकटको बेला जब सारा पश्चिमा  देशहरुले रुसमाथि प्रतिबन्ध लगाएका थिए त्यो बेला चीन रुसलाई मद्दत गर्न अगाडि सरेको हो । दुबै देशले मिलेर अमेरिकामाथि बिश्व मामिलामा आक्रामक दृष्टिकोण र शैली लिएको आरोप पनि लगाएका थिए । उत्तर कोरिया र सीरियालाई लिएर चीन र रुसको दृष्टिकोण एकै जस्तो रहेको छ । बितेको बर्ष सेप्टेम्बरमा संयुक्त राष्ट्र संघमा रुस र चीनले भनेका पनि थिए कि बिश्व एक महाशक्तिको कालक्रमबाट बाहिर निस्केर बहुध्रुबीय शक्तिको युगमा हिडिरहेको छ । अबश्य पनि यो अमेरिकामाथि निक्कै कडा टिप्पणी हो । रुस र चीनको साझेदारी बिश्वमा शक्ति सन्तुलनमा सहायक हुन्छ । यो एउटा आश्वासन पनि हो कि बिश्वमा बहुध्रुबीयता र सामुहीकता कायम रहिरहने छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif