Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

कम्युनिष्ट चरित्रलाई बिर्सेर क. बलरामलाई सम्झेको सार्थक नहुने


२०७६ जेष्ठ २७ गते , सोमवार प्रकाशित

  राजधानीमा दिबंगत कम्युनिष्ट नेता बलराम उपाध्यायको १५औं स्मृति दिवस पहिलो पटक बलराम उपाध्याय स्मृति फाउण्डेशनको आयोजनामा जेष्ठ २५ गते सम्पन्न भयो कार्यक्रममा बोल्ने बक्ताहरुले कम्युनिष्ट चरित्र, निष्ठा र समर्पणलाई छोडेर क. बलरामको सम्मान हुन सक्तैन भन्ने कुरामा जोड दिदै बर्तमान स्थितिको कम्युनिष्ट आन्दोलनप्रति आन्दोनलमा उत्पन्न भएको बिकृति र बिसंगतिप्रति असन्तुष्ट जनाइएको थियो । त्यसमा बोल्ने बामदेब गौतम सहीत सत्ताधारी डबल नेकपाका नेताहरुले आफ्नै पार्टीको नेतृत्वप्रति आलोचना गर्ने जुहारी खेल्ने किसिमले प्रस्तुत हुँदै बर्तमान सरकारले जनता राष्ट्रको हित हुन किसिमले काम गर्न नसकेको असन्तुष्टी जाहेर गरे



फाउण्डसेनका
अध्यक्ष सोमनाथ प्यासीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै बामदेब गौतममले आफुले आलोचनात्मक चेत राखे बोल्ने कुरा कमरेड बलराम उपाध्ययबाटै सिकेको स्मरण गर्दै जति ठूलो पार्टी भयो त्यति त्यसको आलोचना हुन्छ आलोचना, सुन्नु पर्छ, सहनु पर्छ सच्याउनु पर्ने भए सच्चयानु पर्छ, सच्च्याउनु नपर्ने भए असल कामबाटै त्यस्तो आलोचना समाप्त भएर जान्छ भने उनले पनि पुष्पकमल दाहालको आलोचना गर्छु, उनीसँग कुराराख्न सक्छु यो चेत मलाई बलराम दाई बाटै प्राप्त भएको उहाँ मेरो प्रशिक्षक पनि हो भन्ने खुलासा गरे बलराम दाई कमरेड पुष्पलालको गुण चरित्र भएका असल नेता हुनुुहुन्थ्यो पुष्पलालसँग कुरा राख्न सक्ने नेता उहा मात्रै हुनुहुन्यो पुष्पलाललाई संगठनात्मकरुपमा सहयोग गर्ने कामम तल्लिन बलराम उपाध्याय देशभरी घुम्नुहुन्थ्यो बलाराम उपाध्यायको कुरा गर्दा पुष्पालालको कुरा आउँदछ पुष्पलालको कुरा गर्दा बलराम आएनन् भने पुष्पलाल पनि पूर्ण हुँदैनन् यसरी बलराम उपाध्याय बलरामसँग अभिन्नरुपमा जोडिएका ब्यक्तित्व हुन् भने उनले अहिलेस समाजबादमा जाने भनिएको पार्टी एकताले पूर्णत पाइसकेको छैन कसरी जाने केके गरेर जाने भन्ने कुरा पनि आएको त्यसैले असन्तुष्टी आलोचना आउनु स्वभाविक हो भने

अर्का नेता निर्मल लामा फाउण्डेशनका अध्यक्ष अमिक शेरचनले बलराम दाई एमालेमा भए पनि उहाले आफ्नो बिचार छोडेको थिएन उहाँ सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो, नयाँ जनबादकै पक्षमा उहा हुनुहुन्थ्यो भन्दै अहिले हामी कता गइरहेका छौं कसरी गइरहेका छौं मलाई पनि अत्तोपत्तो हुन छोडेको कुराराको काग जस्तो भइएको तुलसीलाल फाउण्डेशनका अध्यक्ष गोपाल शाक्यले बलरामा दाई सहिष्णुत सन्तुलित ब्यबहार गर्ने असल नेता हुुनुहुन्थ्यो भन्दै आफु मालेका लागेर पुष्पलालको संगठन भत्काउदै हिड्दा पनि बलराम दाइले मजाले हासेर तिमीहरुले हाम्रो संगठन खतम पार्दै छौ तर तिमीहरुले पछि पछुताउनु पर्दछ भनेको कुरा स्मरण गरेका थिए खगराज अधिकारीले जुनसुकै फोरमाट पार्टी नेतृत्वलाई खुइल्याउने काम पार्टी भित्रैबाट भइरहेको भन्दै जहा गए पनि नकारात्मक कुरा सुन्नु परेको यो तरीका  ठीक नभएको बताएका थिए उनले सांसदका लागिचुनाव टिकट पाएर पनि कार्यकर्ताको असन्तुष्टी बुझेर बलराम दाइले सहजरुपमा त्यसलाई छोडेको कुरा पनि भन्न बिर्सेका थिएनन्  

 

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्षक लोकनारायाण सुबेदीले बलराम दाईको ब्यक्तित्व सही बिचार दृष्टिकोण नीति कार्यक्रमको आधारमा बनेको हो बलराम भनेको नेपाली कम्युनिष्ट आन्दोलनको एउटा धरोहर कमरेड पुष्पलालको असल अनुयायी संयुक्त जन आन्दोलन, बामपन्थी एकता )युक्त मोर्चाको कार्यनीति रणनीतिलाई ब्यबहारमा उतार्न अधि सर्दा बनेको ब्यक्तित्व हो भन्ने कुरा कमरेड पुष्पलाल दिबंगत भएपछिका बलारम दाईका महत्वपूर्ण रप्रभावकारी निर्णयहरु तिनको कार्यान्वयनले प्रष्ट पारेका छन् भने  उनले जनता राष्ट्रप्रति समर्पित निष्कलंक नेताको अनसुसर सही किसिमले गर्न सके सिके हिलेका धेरै समस्या हल भएर जान्छन् भन्ने औंल्याउँदै अन्यथा बलारामको फोटो मूर्ति पूजा गर्ने कुरामै यो सीमित रहन पुग्दछ भनेका थिए उनले अलंगका असत्यहरुको भारी सफलताभन्दा असफल सत्यको भारी गरुंगो   महत्यको कुन्छ . बलराम रामलाई यसरी नै बुझ्नु पर्दछ भनेका थिए

  पुष्पलाल अध्ययन समाजका उपाध्यक्ष तथा बलराम उपाध्याय स्मृति ग्रन्थ प्रकाशन समितिका सदस्य रामबहादुर भण्डारीले बलाराम उपाध्याय जस्तो सरल, सहज सादा जीवन उच्च बिचार भएको क्रान्तिकारी कम्युनिष्ट बिरलै भेटिन्छ अहिलेका सत्ता या बाहिर रहेका कम्युनिष्ट आन्दोलनका नेताहरुलाई हेर्ने हो भने एकाध अपबाद बाहेक कम्युनिष्ट आन्दोनललाई समाप्त पार्न तिर लागेको भन्दा अरु निष्कर्शमा पुग्न सकिदैन भनेका थिए यो स्थितिलाई नसच्याउने हो भने कम्युनिष्ट आन्दोलनलाई जोगाउन सही दिशामा अघि बढाउन नसकिने औल्याएका थिए

  महिला नेतृ शान्ता मानबीले आफुलाई कम्युनिष्ट आन्दोलनमा लाग्न प्ररित गर्ने सिकाउने काम बलराम दाइले नै गरेको स्मरण गर्दै बलराम दाईको आचरण ब्यवबहारबाट सिक्नु पर्ने बताएकी थिइन्

  बिद्यार्थी नेता रञ्चित तामाङ्गले कमरेड बलराम उपाध्याय जस्ता क्रान्तिकारी असल योद्धाहरुको बारेमा यूवा पुस्तालाई जानकारी गराउने हो भने कम्युनिष्ट आन्दोलनलाई सही दिशामा लैजान भावी पुस्ता तयार हुन्छ भनेका थिए

कार्यक्रममा  प्रगतिशील लेखक संघका अध्यक्ष जीबन्द्र गिरीले कमरेड बलरामप्रति समर्पित स्मृति ग्रन्थ एउटा महत्वपूर्ण ऐतिहासिक सन्दर्भ सामाग्री हुनसक्ने बताउदै ग्रन्थ संग्रहणीय  भन्ने उल्लेख गरेका थिए

स्मृति ग्रन्थ प्रकाशन समितिका संयोजक गोपिरमण उपाध्यायले कमरेड बलरामलाई सम्झनालाई चीर स्थाई बनाउन यो ३३२ पृष्ठको ग्रन्थले काम गर्ने बताउदै यो परम्परालाई अझ अगाउन आवश्यक रहेको बताएका थिए

ग्रन्थ यसै स्मृति   सभामा प्रमुख अतिथि बामदेब गौतमललोकार्पण गरेका थिए  कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै ग्रन्थ प्रकाशन समितिका सदस्य मोहन केसीले बलराम उपाध्याय कम्युनिष्ट चरित्रका प्रतिमूर्ति थिए त्यसलाई अनुसरण नगरेर बिग्रेको आजको स्थितिमा कुनै सुधार आउने र सही दिशा लिने कुरा हुन सक्तैन भनेका थिए अहिलेको बिग्र्ेको स्थितिमा सुधार हुने आशा गर्न सकिन्न भनेका थिए

उपस्थित सबैलाई धन्यबाद दिदै दिबंगत अग्रणी नेता बलराम उपाध्ययका छोार पुष्पकमल उपाध्यायले पिता बलराम उपाध्यायको क्रान्तिकारी योगदानको उच्च मूल्यांकन गर्दै कार्यक्रम सम्पन्न गरिदिएको र उहाँको सम्माानमा स्मृति ग्रन्थ समेत प्रकाशमा ल्याइदिएकोमा पिताको सहयोद्धा नेता कमरेडहरु, शुभचिन्तक र सहयोगी सबैलाई धन्यवाद दिएका थिए । 
कार्यक्रम भीम कार्कीले सञ्चालन गरेका थिए  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif