Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

सनराइज बैंकको शाखा मुलपानीमा


२०७६ जेष्ठ २६ गते , आईतवार प्रकाशित

सनराइज काठमाडौं स्थित मुलपानीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो समेत गरी बैंकको शाखा संख्या १०७ वटा पुगेको छ भने ३३ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२२ वटा एटिएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकले सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif