Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

कोरियन भाषा परीक्षामा पहिलो दिन कति भए सहभागी ?


२०७६ जेष्ठ २५ गते , शनिवार प्रकाशित


यस वर्षको कोरियन भाषा परीक्षा आजदेखि सुरु भएको छ। बिहानी सिफ्टको परीक्षा सकिएको छ भने दिउँसो २ बजे दोस्रो सिफ्टको परिक्षा सुरु हुँदै छ। आज र भोलि गरी दुई दिनसम्म चल्ने  परिक्षामा यस वर्ष ९२ हजार ३ सय ७६ जना परिक्षार्थी सहभागी हुने इपिएस कोरिया शाखाले जनाएको छ।


परीक्षाका लागि काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चार स्थानमा परीक्षा केन्द्र तोकिएको छ। यस वर्षको इपिएस कोरियन भाषा परीक्षा दिनेको संख्या अघिल्ला बर्षहरुभन्दा बढेको छ। अघिल्लो वर्षको तुलनामा १० हजारभन्दा बढीले वृद्धि भएको शाखाले जनाएको छ। यस वर्ष सबैभन्दा बढी म्यान्युफ्याक्चर क्षेत्रमा काम गर्न चाहने परिक्षार्थीको संख्या ६३ हजार ४ सय ८९ जना रहेको छ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif