Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

गोलभेडाको महिमा


२०७६ जेष्ठ २४ गते , शुक्रवार प्रकाशित




इन्द्रनारायण सुबेदी

भान्सा खुल्दछ रे टमाटर भए चर्चा सधैं चल्दछन्।
थाहै हुन्न खराब हुन् कि बडिया कैले कहाँ फल्दछन्। 

के के तत्व छ भित्र फल्छ कसरी वास्तै नगर्दै कति ।
थुप्रोबाट किनेर नित्य घरमा ल्याइन्छ चाहे जति ।१।


 हानी गर्छ कि लाभ गर्छ यसले बुझ्दैन जिभ्रो पनि।
पानी फ्याँक्छ हुरुक्क हुन्छ रसमाआसक्त ज्यादै बनी।

ठूला भोज भतेरदेखि घरका सामन्य नास्ता सब।
गोल्भेँडामय बन्नुपर्छ दुनियाँ मान्छन् ठूलो गौरव ।२।


ऐले जैबिक बस्तुको दिनदिनै घट्दैछ उत्पादन।
माटो गोबरमै मिसावट अझै बड्दैछ रातोदिन। 

ताजा प्राकृत पोषणादि नहुने छन् साग सब्जी पनि।
भै आक्रामक घेर्छ रोगहरुले मान्छेहरूमा अनि।३।

 
रोपी बोट थपक्क मात्र दुइटा आफैं फलायौँ भने।
सानै ठाउँ लिएर जैबिक नयाँ खेती चलायौँ भने।

पैसा बच्दछ रोगबाट सजिलै उन्मुक्ति मिल्ला तर।
रम्छौँ नित्य बजारको खरिदमा विश्वास के हुन्छ र!४।


 बन्दैछन् अनभिज्ञनै कृषकका ती बालबच्चा पनि।
गोल्भेंडा धतुरो बिहीँ फरक हुन् जान्दै नजान्ने बनी।

बाली बोट चिनाउनै पनि कतै खोजेर रोप्ने गरौँ।
बिर्सेमा व्यवहार बन्द रहला आँखा नछोप्ने गरौँ।५।


ताजा शुद्ध सफा गुनैगुन हुने सम्पूर्ण अर्ग्यानिक।
होऊन् पोषणयुक्त स्वास्थ हितले सम्पन्न अत्याधिक।

शङ्का धुक्चुक हुन्न भित्र दिलमा लाग्दैन केही डर।
बाटोमा फुटपाथमा पसलमा त्यस्तो कहाँ मिल्छ र।६।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif