Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

हुरी बतासले दुइजनाको मृत्यु १०० भन्दा बढी घाइते


२०७६ जेष्ठ २४ गते , शुक्रवार प्रकाशित

  धनगढी । कैलाली र कञ्चनपुरमा हिजो आएको हावाहुरीले जन धनमा क्षति पुराएको छ । यसको चपेटामा परेर दुइ जनाको मृत्यु नै भइसकेको छ भने १०० भन्दा बढी घाइते र अंग भंग भएका छन् । मृत्यु हुने दुइजनामा एकजना कैलाली गोदाबरीका बीरबहादुर चौधरी छन् भने अर्का टिकापुरका लाहानु चौधरी रहेका छन् । 


  बीरबहादुर मोटर बाइकमा आइरहेको बेला टिप्परसँग ठोकिएर उनको मृत्यु भएको बताइएको छ भने लाहानु आफ्नै कुखुरा फार्ममा काम गर्दै गर्दा त्यहाँको पर्खाल भत्किएर पुरिदा मृत्यु भएको समाचार छ । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।    यसै बीच बर्दियामा पनि यो हुरी बतासको कारणले कतिपय मानिसहरु घाइते भएको समाचार छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif