Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

सबल चीन–रुस सम्बन्धका लागि नयाँ युगीन सहमति


२०७६ जेष्ठ २४ गते , शुक्रवार प्रकाशित

मस्को ।  चीनका राष्ट्रपति शी जिनपिङ्ग यतिबेला रुसको राजकीय भ्रमणमा छन् । तीन दिबसीय यो भ्रमण आज सम्पन्न हुदैछ । भ्रमणका बोल चीन र रुसका बीचको सम्बन्धलाई थप विकास गर्दै नयाँ युगका लागि बृहत् रणनीतिक सहयोग साझेदारी विकासमा सहमत भएको बताइएको छ । यो सहमति चीन र रुसका राष्ट्रपति बीच भएको हो । 

  गएको ५ जूनका दिन मस्को पुगेका चीनका राष्ट्रपति शी र  रुसी समकक्षी पुटीनका बीस आपसरी सम्बन्धलाई गहन बनाउदै ब्यबहारिक सहयोग थप बढावा दिदै बिस्तार गर्ने किसिमले बिचार बिमर्श हुने बताइएको थियो । यसैगरी बर्तमान बिश्वका र क्षेत्रका मूख्य मूख्य घटना र बिषयहरु पनि आपसी चासो र चर्चाका बिषय हुने पनि बताइएको थियो ।  
चीनका राष्ट्रपति शीले भनेका थिए — ‘दुइ देशबीच दुईपक्षीय सम्बन्धको भावी विकासको योजनाबारे छलफल हुनेछ । चीन–रसियाको बृहत् रणनीतिक सहयोग साझेदारीलाई नयाँ युग अनुकूल अझ उच्च तहमा विकास गर्ने सम्बन्धमा विचार आदान–प्रदान हुनेछ’ ।     सन् २०१३ मा राष्ट्रपति कार्यभार सम्हालेपछिदेखि चीन र रुसकोे आधुनिक द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा यो भ्रमण भइरहेको हो ।   चीन र रुसाबीच बलियो राजनीतिक विश्वास, उच्च तहको आदानप्रदानका लागि उपयुक्त संयन्त्र तथा विभिन्न क्षेत्रमा आपसी सहयोग आदानप्रदान कायम रहँदै आएको छ । दुइ देशले विश्व मामिलामा घनिष्ठ समझदारी कायम गर्दै विश्वव्यापी तथा क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नमा सकारात्मक भूमिका खेल्दै अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निष्पक्षता र न्याय अनुभूति गराउँदै आएको राष्ट्रपति शीले बताए ।


    यी समग्र बिषयमा राष्ट्रपति शीको कथन छ — ‘विगत ७० वर्षमा विभिन्न परिस्थिति पार गर्दै दुई देशबीचको सम्बन्ध स्थिर, झन्झन् परिपक्व र प्रगाढ बन्दै गएको छ । दुई देशबीचको सम्बन्ध ऐतिहासिक अवसरका लागि नयाँ ऐतिहासिक प्रस्थान बिन्दुमा पुगेको छ’ ।

    भ्रमणका क्रममा राष्ट्रपति शी र समकक्षी पुटिनबीच कैयौँ महत्वपूर्ण सम्झौताका दस्तावेजमा हस्ताक्षर भएको छ । भ्रमणका क्रममा चिनीयाँ राष्ट्रपति शीले २३ औँ पिटसवर्ग अन्तर्रा्ष्ट्रिय आर्थिक मञ्चमा पनि भाग लिएका थिए । उहाँले मञ्चको विस्तारित सेसनमा दिगो विकासबारे चीनको अनुभवका बारेमा सम्बोधन गर्ने सम्बोधन गर्दै छन्  । त्यस अवसरमा शीले बहुध्रुबीययताको रक्षा र प्रवद्र्धनको साथै विश्वकै साझा विकास र समृद्धिका तथा विश्वव्यापी सुशासन सुधारका लागि आह्वान गरेका थिए  ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif