Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

आवरणमा लोकतन्त्र र समाजवाद, पद्धति ‘लोकतान्त्रिक सामन्तवाद’


२०७६ जेष्ठ २२ गते , बुधवार प्रकाशित

सन्तानब्बे सालभन्दा अघि देखि जनता नेपाली समाजको मुक्तिका लागि लड्दै आए । सात साल, छत्तीस साल, छयालिस साल, दशक लामो छापामार युद्ध अनि बैसठ्ठीत्रिसठ्ठी सालमा पनि उनीहरुले संघर्ष गरे । परिवर्तन पनि ल्याए । जनअधिकार स्थापित गराउन लाखौंले शहादत प्राप्त गरे, अंगभंग भए, यातना खेपे । दुई दुई पल्ट संविधान सभाको निर्वाचन भयो । संविधान सभाबाट मुलुकले नयाँ संविधान पनि पायो । राजतन्त्र मासेर गणतन्त्र समेत घोषण गरियो । गणतन्त्रलाई संस्थागत गर्ने क्रम छ भनिँदैछ । झण्डै आठ दशक लामो संघर्षको मुद्दा सामन्ती निरंकुश व्यवस्थाको अन्त्य र लोकतान्त्रिक शासन पद्धतिको स्थापना थियो । 

तर सामन्तवाद विरुद्ध जनतालाई जगाएर निरंकुश व्यवस्थाको अन्त्य गर्ने लडाईंको अगुवाइ गर्ने नेतृत्व पंक्ति नै अहिले नवसामन्त बनेर सत्तामा उदाएकाले  मुलुकमा चलिरहेको शासनपद्धति लोकतन्त्रको आडमा अर्को खाले सामन्ती शासनपद्धति नै भएको ठोकुवा गरेका छन् ‘लोकतान्त्रिक सामन्तवाद’ नामक पुस्तकका लेखक सुदर्शन अर्याल‘सितल’ ले । लोकतन्त्र र सामन्तवाद सामान्यतया विपरितार्थक शब्द हुन् । यी दुईको कुनै मेल छैन । तर यस्तै अनमेलको गठजोड गराएर छद्मभेषी राजनीतिक नेतृत्वले ‘फ्युजन’को नाममा ‘कन्फ्युजन’ गराइरहेको तथ्य लेखकले पुस्तकमा लिपिवद्ध गरेका छन् । 

संविधान लगायतका दस्तावेजहरुमा यत्रतत्र समाजवादोन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्र उल्लेख भएता पनि व्यवहारमा सामन्ती आर्थिक, सामाजिक, साँस्कृतिक चिन्तनबाट माथि उठ्न नसकेको नेतृत्वका कारण ‘लोकतान्त्रिक सामन्तवाद’ को जरा गाडिँदै गएको निचोड लेखकको छ । न्यूनतम लोकतान्त्रिक मान्यता समेत प्रयोगमा नआउने, जनताको नाममा राजनीति गरेर जनतालाई नै खुइल्याउने, नातावाद, कृपावादमा नै रमाइरहेको शासन व्यवस्थाले आम जनताको समस्या समाधान नगरेको बरु एकजना राजा हटाएर सयौं नयाँ राजाहरु जन्माउने काम मात्र भएको उनको धारणा छ । 

मुल्य २१० रुपैया रहेको १३६ पृष्ठको पुस्तकमा लेखकले ‘लोकतान्त्रिक सामन्तवाद’  किन भनिएको हो भनेर शासन पद्धति र भ्रम, लोकतन्त्र र उदासीन राज्य व्यवस्था, फोस्रो राष्ट्रभक्ति र विदेशी गुलामी, संसदीय पद्धतिको भ्रम लगायतका शीर्षकमार्फत पुष्टि गर्ने प्रयत्न गरेका छन् । मैना

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif