Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

समाप्तिको संघारमा पुग्दैछन् हिम नदी


२०७६ जेष्ठ २२ गते , बुधवार प्रकाशित

ग्लोबल वार्मिङ्ग आज सारा संसारकै लागि गम्भीर चूनौति बनिसकेको छ । जसको कारणले समूच्चै संसार कै देशहरुले अब यसको गाम्भीर्यतालाई बुझ्न थालेको प्रतीत हुन्छ । अब यस कुरामा कुनै किसिमको पनि बिलम्ब गरियो भने त्यसले मानब अस्तित्वलाई नै नकारात्मक असर पु¥याउने कुरा निश्चित छ । हालै सम्पन्न कार्बन उत्सर्जन र जलवायु परिवर्तन सम्वन्धि पेरिस सम्मेलनको चिन्ता पनि यसको एउटा जीबन्त सबूत हो । जहाँसम्म हिम नदी अर्थात् ग्ल्याशियरको प्रश्न छ बढ्दो बिश्व गर्मीका कारण सबै क्षेत्रका हिम नदीहरु लगातार पग्लिरहेका छन् । बिश्वको सर्बोच्च शिखर सगरमाथा जसलाई चीनमा चोमोलोङ्मा भन्छन्,को प्रश्न छ त्यहाँ गएको ५० बर्षदेखि त्यहाँ लगातार गर्मी बढिरहेको छ । त्यस गर्मीले गर्दा त्यसको वरिपरीका हिमखण्डहरु तीब्र गतिमा पग्लिरहेका छन् ।

चीनको ‘चाइनिज एकेडेमी अफ साइन्सेज, हुनान यूनिभर्सिजी अफ साइन्स एण्ड माउण्टेन चोमोलोङ्मा लियोपार्ड कञ्जरभेशन सेण्टर’को अनुसन्धानले खुलासा गरको छ कि ८८४४ मिटर अग्लो यस चुचुरोमा हिमखण्ड तीब्र गतिले पग्लिरहेका छन् । वास्तवमा चाहे हिमालयको हिमनदी हुन चाहे तिब्बतका या आर्कटिक क्षेत्रकै किन नहुन् ती सबै स्थानमा हिउँ पग्लिने गति तीब्ररुपमा बढिरहेको छ । यथार्थ के देखिएको छ भने हिमालयको झण्डै ७५ प्रतिशत हिमनदी पग्लिरहेका छन् । यसरी यही क्रम जारी रहिरहेमा हिउँले ढाकिएको यो पर्वत माल आउदा केही बर्षहरुमै हिउँबिहीन हुन जाने निश्चित छ । भारतको बातावरण सम्वन्धि एउटा बैज्ञानिक संस्था ‘इसरो’ ले पनि खुलस्त पारेको छ कि सधैं हिमाच्छादित हिमालय अब बर्फबिहीन बन्दैछ । स्याटलाईटले पठाएका तस्वीरहरुबाट पनि पुष्टी भइसकेको छ कि बितेका १५—२० बर्षयता ३.७५ किलोमिटरको बर्फ पग्लेर तिनले झर्ना र तालकोरुप ग्रहण गरिसकेका छन् । अहिलेसम्म केवल आठ प्रतिशत हिम नदीहरु मात्र स्थिर रहेका छन् ।

बैज्ञानिकहरुको कुरा मान्ने हो भने अहिले पनि कतिपय हिम नदीहरु एकदमै राम्रो स्थितिमा छन् ।यसमा राम्रो कुरा के छ भने यी हिम नदीहरु कहिले पनि लुप्त हुदैनन् । यस अघि संयुक्त राष्ट्र संघको पर्यावरण प्रतिबेदनले हिमालयका हिम नदीहरु लुप्त भएर जाने उल्लेख गरेको थियो । इसरोको अध्ययन अनुसार ती हिमनदीहरु सिन्धु, गंगा र ब्रह्मपुत्रको मुहानमा रहेका छन् । यसका अतिरिक्त ती मध्ये कतिपय चीन, नेपाल, भूटान र पाकिस्तानमा पनि रहेका छन् । उल्लेखनीय के छ भने आईपीसीसीले पनि आजभन्दा झण्डै ८ बर्ष जति अघि जारी गरेको एउटा प्रतिबेदनमा हिमालका सबै हिम नदीहरु २०३५ सम्ममा पग्लिएर ग्लोबल वार्मिङ्गले गर्दा सुक्ने छन् । पर्यावरणबिद्हरुका अनुसार आउदा २०० बर्षमा ग्लोबल वार्मिङ्गका कारणले आइसल्याण्डका सबै हिम नदीहरु समाप्त हुनेछन् । यसका अतिरिक्त दक्षिण–पश्चिम चीनको किंघाई–तिब्बत पठार क्षेत्रका हिम नदीहरु पनि तीब्र गतलिे पग्लिरहेका छन् । तिब्बतको त्यस क्षेत्रबाट कयौं नदीहरु चीन र भारतीय उपमहाद्विपमा निस्कने गर्दछन् । चीनका बिशेषज्ञहरुले के चेतावनी दिएका छन् भने तिब्बतमा हिम नदी पग्लिने दर यति तीब्र छ त्यो पहिले कहिल्यै पनि यति तीब्र थिएन । बिशेषज्ञहरु २००५ देखि नै निरन्तर यस क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका छन् । उनीहरुले यो अनुसन्धान चीनको शिंघाई प्रान्तको यांग्त्सी, एलो  र लासाङ्ग नदीहरुको पानी, भूगर्भ, ग्ल्याशियर र दलदले भूमिमाथि गरेकाछन् । यस अनुसन्धानमा तिब्बतदेखि निस्कने गरेका ब्रह्मपुत्र र सतलजमा पर्ने सम्भावित प्रभावहरुको उल्लेख गरिएको छैन । उल्लेखनीय छ कि पृथ्वीमा ताजा पानीको सबैभन्दा ठूलो श्रोत  ग्ल्याशियर जलवायु परिवर्तनको एउटा बिश्वसनीय सूचक हो । प्रान्तको सर्बेक्षण र म्यापिङ्ग ब्यूरोका इञ्जिनीयर चेङ्ग हेनिङका अनुसार यांग्त्सी नदी श्रोतको पाँच प्रतिशत ग्ल्याशियर बितेको तीन दशकमा पग्लिसकेको छ । बितेको पच्चास बर्षमा तीन मौसम केन्द्रबाट प्राप्त तथ्यांहरुका अनुसार के साबित भइसकेको छ भने प्रान्तका यी तीनवटा नदीहरुको सरदर तापमानमा निरन्तर बृद्धि भइरहेको छ । 



  बैज्ञानिकहरुले के जोड दिइरहेका छन् भने जलवायु परिवर्तनका अतिरिक्त मानबीय गतिबिधिहरु र आवश्यकताभन्दा बढी प्रकृतिको दोहन पनि हिम नदी पग्लिनुको ठूलो कारण हो । हिम नदी पग्लिदा आर्कटिक क्षेत्रको भबिष्यमा नियन्त्रण कार्बन सिंककोरुपमा काम गर्ने क्षमतामाथि पनि खराब असर पर्नेछ । अर्कटिमाथि अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले भनेका छन् कि हिम नदी पग्लिदा आर्कटिकले कार्बन सोस्ने काम बहुतै कम गरिदिने छ ।  यो स्थिति सारा संसारका लागि घातक हुनेछ । बिचारणीय छ कि आर्कटिक महासागर एक्लै र त्यसको वरिपरीको भूमि नै पूरैले बिश्वको २५ प्रतिशत कार्बन सासेर लिन्छ । अबस्था यत्तिको खराब भइसकेको छ कि यसै गतिले हिउँ पग्लिदै गयो भने ४० बर्षमा आर्कटिक क्षेत्र हिउँरहीत बन्न जानेछ । आर्कटिकको यस्तो ब्यवहारले ग्लोबल वार्मिङ्ग अझ बढ्न सक्तछ । के जान्नु आबश्यक छ भने आर्कटिक महासागर तथा भूमि मिलेर बिश्वको झण्डै २५ प्रतशित कार्बन सोस्दछन् हिम नदी ताथ हिमखण्ड पग्लिनुको तात्पर्य के भयो भने कम असरदार कार्बन सिंक हुनेछ । त्यसबाट ग्लोबल वार्मिङ्ग तीब्ररुपमा बढ््न सक्नेछ । सामान्य शब्दमा भन्न के सकिन्छ भने आर्कटिकले ठूलो मात्रामा कार्बन डाई अक्साईट अबशोषित गर्ने  आफ्नो क्षमता गुमाउँदछ । अनि त्यो कार्बन डाई अक्साईड बतावरणमा नै या यसो भनौं हावामा नै रहन जानेछ अनि अन्ततः ग्लोबल वार्मिङ्ग बढाउने कारणकारुपमा काम गर्नेछ ।    

बस्तुतः बैज्ञानिकहरु केवल हिउँ पग्लिएकोले मात्रै चिन्तित छैनन बरु त्यसबाट समुद्रको स्तर माथि उठ्ने कुरालाई लिए पनि उनीहरु चिन्तित छन् । उनीहरुको के भनाइ छ भने आउदा ३०–४० बर्षमा समूच्चै आर्कटिक क्षेत्र हिउँबिहीन हुन जानेछ । हिउँ पग्लिनुकासाथै नियन्त्रण कार्बन चक्रमा पनि परिवर्तन आउनेछ । अहिलेको समयमा समुद्र गरम हुने चूनौति सबैभन्दा ठूलो चूनौति हो । यसको सामना गर्न पनि सजिलो छैन । वास्तवमा यसबाट समुद्रको जलस्तर तीब्ररुपमा बढ्न सक्छ । कार्बन उत्सर्जनको बर्तमान स्थितिका कारण ग्लोबल वार्मिङ्गलाई नियन्त्रणमा लिइएन भने बिश्वका समुद्रको किनारामा रहेका कयौं ठूला शहरहरु पानीमा डुब्ने छन् । क्लाइमेण्ट सेण्टरको एउटा अध्ययन प्रतिबेदनमा के भनिएको छ भने यदि तापानमा बृद्धिको दर चार डिग्री या दुइ डिग्री सेल्सिय रहन्छ भने बिश्वका ठूल्ठूला शहरहरु समुद्रमा डुब्नेछन् र यसो भयो भने बिश्वको समुद्र किनाराको सम्पूर्ण जीवन अस्तब्यस्त भएर जानेछ । दक्षिण एशियाको यस्तो तटीय इलाकामा बिशेष गरी बंगलादेश,पाकिस्तान र भारतमा अहिले नै झण्डै १३ करोड मानिसहरु बस्ने गर्दछन् । त्यस क्षेत्रलाई कम उच्चाइ भएको तटीय क्षेत्र भन्ने गरिन्छ । यो सरदर समुद्रको जल स्रतबाट १० मिटरभन्दा कम उच्च हुनछ ।   
 
बिशेषज्ञहरु के मान्दछन् भने समुद्रको जल स्तर उच्च हूँदा यो शताब्दीको आखिरीसम्ममा झण्डै १२.६ करोड मानिसहरु बेघरबार हुन जानेछन् । त्यसमध्ये ७.५ करोड मानिस बगलादेशका मात्र हुनेछन् र बाँकी सघन आवादी भएका भारतका तटीय क्षेत्रका मानिसहरु हुनेछन् । यस्तो गम्भीर स्थितिमा पेरिसमा केही बर्ष  पहिला सम्पन्न जलवायु सम्मेलनले कार्बन उत्सर्जनलाई नियन्त्रित गर्ने दिशामा निक्कै महत्वपूर्ण नीति अख्तियार अबश्य गरेको छ । सही किसिमले यो नीति लागु भए त्यो ‘मिलको पत्थर’ साबित हुन सक्तछ । यदि त्यसो हुन सक्यो भने त्यो सम्पूर्ण बिश्वकै लागि निकै नै ठूलो उपलब्धी भएको मानिने छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif