Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

बागलुङ जिल्लाको स्थानीय सरकारलाई ३ अर्ब ७९ करोड ९२ लाख बजेट


२०७६ जेष्ठ २१ गते , मंगलवार प्रकाशित

                  सिताराम थापा 
   
                                                                                                                           

नेपाल सरकारले गण्डकी प्रदेस अन्तर्गत बागलुङ जिल्लाको १० वटा स्थानीय तहको सरकारलाई बजेट बिनियोजन गरेको छ। आगामी बर्ष २०७६/७७ को लागि संघीय सरकारबाट रु ३ अर्ब  ७९ करोड ९२ लाख  बिनियोजन भएको छ।   अर्थ मन्त्रालयले आज अन्तर सरकारी बित्तीय हस्तान्तरण शिर्षकमा देशभरका स्थानिय तहहरुले पाउने अनुदानको बजेट बिवरण सार्वजनिक गरेको मन्त्रालयले हामीलाई बतायो। 


                                     जिल्लाको सबै भन्दा धेरै अनुदान सबै भन्दा पुरानो पबानपा भए पनि पुरानो नगर भएकोले पाएको ५३ करोड नपुग छ भने नया नगरमा जैमिनि नगरपालिकाले ३८ करोड १९ लाख रुपैया पाएको छ। यसै गरि सबै भन्दा बढी बिनियोजन हुने गाउपालिका ३० कारोड ७५ लाख र कम पाउने गाउँ पालिका १३ करोड १९ लाख रहेको छ। अन्य बिवरण तालिकामा उपलब्ध छ। स्थानीय निकायहरुमा उक्त बजेट बिनियोजन भएता पनि जनताको सहभागिता, पारदर्शिता र सुशसनमा कमीरहेको र जनताको पहुंचमा नरहेको नागरिक समाजको गुनासो रहेको छ । बिगतमा पनि बागलुङ जिल्लाका अधिकांश तहहरुमा आएको बजेट स्थानीय तहले मनोमानी खर्च गरेकोर त्यसको अनुगमन पनि आफै गरेको जनताको गुनासो कायमै  छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif