Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

समुहमार्फत सदस्यहरुको जीवनस्तर उकास्न लागिपरेका छौं


२०७६ जेष्ठ २० गते , सोमवार प्रकाशित

गीता फुल्लेल अधिकारी
प्रबन्ध निर्देशक
सबल महिला बहुउद्देश्यीय सहकारी संस्था लि.
 

सबल महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘सबल व्यवसायिक पशुपालन तथा कृषि फार्म’ सञ्चालनमा ल्याएको छ । संस्थाले गोकर्णेश्वर नगरपालिकामा व्यवसायिक पशुपालनत तथा कृषि फार्म सञ्चालनमा ल्याएको हो ।   

बहुउद्देश्यीय सहकारीहरुलाई ऐनले नै ३० प्रतिशत बचत र ७० प्रतिशत उत्पादनमूलक काम गर्न निर्देशन दिइसकेको छ । संस्थाले सोही अनुरुप सपनावती साकोससँगको सहकार्यमा गोकर्णमा उक्त फार्म सञ्चालन गरेको संस्थाकी प्रबन्ध निर्देशक गिता फुल्लेल अधिकारीले जानकारी दिइन् । “फार्ममा ३२ वटा गाई रहेको र ती मध्ये २२ वटा दुहुना छन् । दैनिक २२५ लिटर दुग्ध बजारमा जान्छ । दुध सदस्यको बीचमा खपत भइराखेको छ र अझै पनि नपुगेको अवस्था छ,” उनले भनिन् । त्यसैगरी फार्ममा आफैं चल्ला उत्पादन गरेर लोकल कुखुराको रुपमा विकास गर्न लागिपरेको जनाउँदै उनले भनिन् “कृषिबाट प्रतिफल लिन समय लाग्छ । तर आफ्नै व्यवसाय भएकाले सन्तुष्ट छौं ।  

संस्थाले कृषि तथा पशुपालन फार्मका अतिरिक्त महिलाहरुलाई समुह बनाएर व्यवसायी बनाउँदै आएको छ । समाजमा रहेका विपन्न वर्गलाई आर्थिक सामाजिक रुपमा माथि उठाउन संस्थाले काम गरिराखेको उनले बताइन् । संस्था समुह अवधारणामा अगाडि बढेको र हालसम्म ३० वटा समुह पुगेको उनले जानकारी दिइन् । एक समुहमा १० जना महिला सदस्य रहन्छन् र उनीहरुको पेशा व्यवसायको आधारमा संस्थाले लगानी गर्ने गरेको छ । संस्थाले समुहका सदस्यको जानकारी लिने र एक सदस्यदेखि अर्को सदस्यको बसाइ दुरी कति छ भन्ने जस्ता सम्पूर्ण कुरा नियालेर मात्र समुहमा आवद्ध गराउने गरेको उनले बताइन् । समुहका सदस्यको पेशा व्यवसायका आधारमा संस्थाले लगानी गर्ने र एक जनाले ऋण लिँदा दशै जनाले जमानी बस्नुपर्ने उनको भनाई छ । संस्थाको अधिक कारोबार समुहमा छ । संस्थाले समुहका सदस्यमाफृत  कुखुरापालन, ब्युटिपार्लर, कपडा पसल र फेन्सी पसल लगायतमा  लगानी गरेको छ । संस्थाले हरेक समुहको प्रमुख तोकेको छ । प्रमुखले नै हरेक महिनाको अन्त्यमा ऋण र बचतको पैसा लिएर आउँछन् । संस्थाले हरेक ३ महिनामा समुहको अवलोकन गर्ने र समस्याहरु के छन् भनेर थाहा गर्ने गरेको उनले बताइन् । हाल ३० समुहमा ३ सय महिला सदस्य छन् भने संस्थामा सक्रिय सदस्यको संख्या एक हजारको हाराहारीमा छ ।

“शुरुमा समुहका सदस्यलाई प्रतिव्यक्ति २० हजार लगानी गने गरेका छौं । क्रमशः समुहको माग, व्यवसाय र आवश्यकता अनुसार बढाउँदै लैजान्छौं । हामीले प्रत्येक समुहको भिजिट गर्दा उहाँहरुले ऋण रकम अपुग भएको बताएपछि सो रकम बढाएर १ लाख ५० हजार पु¥याएका छौं,” उनले भनिन् । संस्थाले गरेका लगानीबाट सदस्यहरु सन्तुष्ट छन् । उनीहरुको जीवनस्तर क्रमशः माथि उठ्दै गएको छ । समुहमार्फत सदस्यले केहि न केहि व्यवसाय गरेका छन् । जसबाट सदस्य र संस्थाको समग्र प्रगति भएको छ । समुहमा लगानी गर्दा केहि सस्तो व्याज पर्छ । संस्थाले साधारण समुह बचत र आवधिक समुह बचतमार्फत सदस्यबाट बचत संकलन गर्दै आएको छ । कुनै सदस्य समुहबाट बाहिरिन चाह्यो भने उसले अर्को व्यक्तिलाई आफ्नो ठाउँमा सदस्य बनाउन सक्ने र उसबाट आफ्नो बचत फिर्ता लिन सक्ने व्यवस्था मिलाइको छ ।   

आर्थिक वर्ष २०७१/०७२ सालमा स्थापना भएको संस्थाको शेयरपूँजी ८३ लाख रहेको छ भने संस्थाको कुल कारोबार ४ करोड ५० लाखको हाराहारीमा पुगेको छ ।  विशेषतः स्थानीय महिलाहरुको सहभागितामा स्थापना भएको संस्थाको कार्यक्षेत्र काठमाण्डौ जिल्लाभर रहेपनि चाबहिल, पानीट्यांकी र सरस्वती नगर आसपासमा मात्रै सदस्य विस्तार गरी दैनिक रुपमा कारोबार गर्दैै आएको उनी बताउँछिन् ।   

विगतमा सहकारीप्रति समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभएको उनको बुझाई छ । सहकारीले सदस्यप्रति पु¥याएको सेवासँगै  संस्थामा आवद्ध भएर काम गर्दा आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । ससानो व्यापार व्यवसाय, चियापसल, तरकारीफलपूmल व्यापार र मकै पोलेर गुजारा गर्ने व्यक्तिले आफ्नो आम्दानी अनुसार संस्थामा बचत गर्ने गरेका छन् । ससानो रकमलाइ बचतको रुपमा संकलन गरी सदस्यको व्यवसायलाई उन्नति गराउने काममा सघाउनु नै संस्थाको मुख्य कार्य रहेको उनी बताउँछिन् । संस्थाले प्रदान गरेको सेवाप्रति सदस्यहरु सन्तुष्ट छन् । थोरै पैसाका लागि पनि श्रीमान्मा भर पर्नु पर्ने निर्भरताको अन्त्य सहकारीले गरेको र यो सकारात्मक पक्ष भएको उनको बुझाई छ । सहकारीमा लाग्नुभन्दा अगाडि आफूमा पनि सहकारीप्रति गलत बुझाई रहेको उनले सुनाईन् “तर संस्थामा आवद्ध भएर काम गरिरहँदा हरेक सदस्य सानोतिनो पैसाका लागि कसैको भर पर्नु नपर्ने अवस्था आएको मैले देखेँ । यसमा नै म खुशी छु ।”  

संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरबाट धेरैले लाभ लिएको उनले बताइन् । त्यसैगरी संस्थाकी शेयर सदस्य अस्मिता खत्रीको क्यान्सरबाट मृत्यु भई छोरा समीर खत्री अभिभावकविहिन भएकाले संस्थाको पहलमा थ्री एञ्जल नेपाल पोखरा शाखामा कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने प्रबन्ध मिलाईदिएको उनले बताइन् ।   

आफूले सहकारी प्रशिक्षण केन्द्रबाट १ महिने तालिम लिएको र तालिमले सहकारीका बारेमा धेरै कुरा सिकाएको उनले जनाइन् । सरकारले सहकारीमैत्री ऐन नियम बनाइदिए मुलुकको आर्थिक सामाजिक रुपान्तरण गर्न सकिने उनको धारणा छ । समाजको उत्थानमा सहकारीको विकल्प छैन र ३ खम्बे अर्थनीति अनुसार सहकारी एउटा खम्बा बन्न सक्छ भन्ने उनको विश्वास छ ।   

सहकारीको संख्या धेरै भएको यथार्थलाई स्वीकार्दै उनी भनिन्छ ‘फरक शैलीबाट चलेका दुई संस्था एक आपसमा मर्ज गर्न त्यति सहज छैन । बिग्रेको कुरालाई मात्र नहेरी सकारात्मक सोचबाट हेर्दा सहकारीले धेरै गरेको छ । सहकारीले महिलालाई शिक्षित तुल्याउने देखि नेतृत्व तहमा पु¥याउने काम गरेको छ ।’ संस्थाको मुख्य लक्ष्य भनेको समुह विकास भएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले जनाइन् ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif