Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

आखिर किन बौद्धमार्गी नै बने डा. अम्बेडकर ?


२०७६ जेष्ठ २० गते , सोमवार प्रकाशित

भारतको संविधानका मस्यौदाकार डा. अम्बेडकरले १४ अक्टोबर १९५६ आफ्ना ६ लाख अनुयायीसँगै बौद्ध धर्म ग्रहण गरेका थिए । अन्ततः किन डा. अम्बेडकले बौद्ध धर्म अबलम्बन गरे ? यो प्रश्न प्रायः सधै मानिसहरुको जिज्ञाषको एउटा महत्वपूर्ण बिषय बन्ने गरेको छ । यसको उत्तरका क्रममा बिभिन्न किसिमका भ्रमहरु पनि पैदा गरिएका छन् । यस सन्दर्भमा प्राय के प्रश्न पनि उठाइने गरिएको छ भने आखिर उनले हिन्दू धर्म छोडेर ईसाई या ईस्लाम धर्म किन अबलम्बन गरेनन् ? यस प्रश्नको पनि सही सही उत्तर डा. अम्बेडकरको लेख ‘बुद्ध और उनके धर्मका भबिष्य’बाट मिल्दछ । त्यस लेखमा उनले एकदमै स्पष्ट शब्दमा बताएका छन् कि किन बुद्ध धर्म नै श्रेष्ठ धर्म हो र यो सम्पूर्ण मनुष्य जातिका लागि कल्याणकारी छ ।

मूलरुपमा यो उनको लेख अग्रेजीमा ‘बुद्ध एण्ड दि फ्यूचर अफ हिज रिलिजन’ नामले कलकत्ताको महाबोधी सोसाइटीको मासिक पत्रिकामा १९५० मा प्रकाशित भएको थियो । त्यस लेखमा उनले बिश्वमा सर्बाधिक प्रचलित चार धर्महहरु बौद्ध, हिन्दू, ईसाई र इस्लमा धर्महरुको तुलना गरेका छन् । उनले यी चारैवटा बिश्वका धर्मलाई आफ्ना बिभिन्न कसीमा घोटेका छन् । अम्बेडकरले सर्बशक्तिमान भनिने किताबबिहीन धर्मको खोजी गरिरहेका थिए । उनलाई यस्तो धर्म मन परेको थियो जसमा ‘अन्तिम सत्य’जस्तो कुनै कुरा नहोस् ।एउटा यस्तो धर्म जसमा आबश्यकता पर्दा निरन्तर सुधार र संशोधन गर्न सकियोस् । ‘बुद्ध एण्ड फ्यूचर अफ हिज रिलिजन’ शीर्षकमा लेखिएको आफ्नो लेखमा अम्बेडकरले के भनेका छन् भने धर्मले आधुनिक बिज्ञान र तर्कको कसौटीमा खरो उत्रिनु पर्दछ । उनले लेखेका छन् ‘‘धर्मले यदि बास्तबमा काम गर्ने हो भने त उसले आफुलाई बुद्धि र तर्कमा आधारित बनाउनु पर्दछ, जसको अर्को नाम बिज्ञान नै हो’ । अनि थप उनले धर्मलाई स्वतन्त्रता, समानता र बन्धुत्वको कसीमा घोटेर लेखेका छन् कि ‘कुनै धर्मका लागि यति पर्याप्त छैन कि त्यसमा नैतिकता छ । त्यस नैतिकताले जीवनका मूलभूत सिद्धान्त – स्वतन्त्रता, समानता र भ्रातृत्व लाई मान्नु पर्दछ’ । यसको निहीतार्थ के हो भने अम्बेडकरलाई कुनै पनि यस्तो धर्म स्वीकार्य थिएन जुन तर्क तथा आधुनिक बिज्ञानको कसीमा खरो उत्रिदैन र जुन धर्म स्वतन्त्रता, समानता र भाइचाराका सिद्धान्तमा आधारित हुँदैन ।

 
उनले बौद्ध धर्मलाई यी माथि भनिएका मापदण्डमा आधारित भएर हेर्दा या कसीमा घोट्दा उनले पाउँदछन् कि बौद्ध धर्म नै यस्तो धर्म हो जुन तर्क तथा आधुनिक बिज्ञानको कसीमा खरो उत्रिन्छ र त्यसले स्वतन्त्रता, समानता र भाइचारामा आधारित छ ।

यो तुलना पछि अम्बेडकरले बुद्धका ती बिशेषतहरुको पनि रेखाङ्कित गरेका छन् जसका कारणले उनलाई बुद्ध धर्म अरु धर्मभन्दा श्रेष्ठ लागेको छ । अम्बेडकर लेख्दछन् – ‘‘यी सम्पूर्ण कुरा शायद धेरै आश्चर्यजनक प्रतीत हुन् । यो यस कारणले कि ज–जसले बुद्धका बारेमा लेखे ती मध्ये एउटा ठूलो संख्याले के सिद्ध गर्नमा जोड लगायो भने बुद्धले केवल एउटै कुराको शिक्षा दिए र त्यो हो अहिंसा’ । उनी थप लेख्दछन् कि यस्तो कुरा मान्नु धेरै ठूलो गल्ती थियो । उनी अझ अगाडि लेख्दछन् –‘‘यो सत्य हो कि बुद्धले अहिंसाको  शिक्षा दिए । म यसको महत्वलाई कम गर्न निश्चय नै चाहन्न, किन कि यो एउटा यस्तो महान सिद्धान्त हो कि यदि बिश्वले यसमा आचरण गर्दैन यसलाई बचाउन पनि सकिदैन । म जे कुरामा बिशेष जोड दिन चाहन्छु  त्यो यो हो कि बुद्धले अहिंसाका अतिरिक्त अरु धेरै कुराहरुको महत्वपूर्ण शिक्षा दिएका छन् । 
    
डा. भिमराव अम्बेडकरले सबैभन्दा महत्वपूर्ण समानताको शिक्षा दिएका छन् । पुरुष–पुरुषका बीचको समानता मात्रै होइन त्यसमा अतिरिक्त भने  मैं इसके महत्व को कम नहीं करना चाहता, क्योंकि यह एक ऐसा महान सिद्धान्त है कि यदि संसार इस पर आचरण नहीं करता तो उसे बचाया नहीं जा सकेगा। मैं जिस बात पर बल देना चाहता हूं, वह यह है कि बुद्ध ने अहिंसा के अतिरिक्त पुरुष र महिलाका बीचको समानताको पनि शिक्षा उनले दिएका छन्’ । बास्तवमा अम्बेडकर बौद्ध धर्मको सबैभन्दा मूलभूत सिद्धान्त मान्दथे ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif