Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

साकोस व्यवस्थापकहरुको राष्ट्रिय गोष्ठीले जारी गर्यो ६ बुँदे घोषणापत्र


२०७६ जेष्ठ १८ गते , शनिवार प्रकाशित

केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) को आयोजनामा साकोसका व्यवस्थापकहरुको राष्ट्रिय गोष्ठी २०७६ सम्पन्न भएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले उद्घाटन गरेको गोष्ठीमा ५ सय भन्दा बढी साकोस व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो ।   

बचत तथा ऋण सहकारी अभियानका नवीनतम र सफल राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र समाधानका उपाय सहितका महत्वपूर्ण ९ विषयवस्तुमाथी कार्यपत्र प्रस्तुतीकरण र अन्तरक्रिया भएको थियो । गोष्ठीको समापन बोल्दै प्रमुख आतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले बचत तथा ऋण सहकारी अभियानको विकास र प्रवद्र्धनका का साथै  गोष्ठीले मुलुकको दीगो विकास लक्ष्य प्राप्तिमा र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्ने दिशामा समेत सहयोग पु¥याउने  विश्वास व्यक्त गरे ।   



नेफ्स्कूनका पूर्व महासचिव एवं केन्द्रीय सांसद घनश्याम खतिवडाले मुलुकको आर्थिक विकासमा सहकारी दरो खम्बाको रुपमा अगाडि बढिरहेको बताउँदै आर्थिक बर्ष २०७६­/०७७ को बार्षिक बजेट बक्तव्यले पनि सहकारीको विकास र प्रबद्र्धनका लागि महत्वपूर्ण विषयहरु अंगिकार गरेको औंल्याए ।  

दुई दिने गोष्ठीले ६ सुत्रीय साझा घोषणापत्र नेफ्स्कूनका महासचिव एवं गोष्ठी आयोजना कार्यदलका संयोजक चन्द्रप्रसाद ढकालले सार्वजनिक गरेका थिए ।   

गोष्ठी समापन सत्रमा बोल्दै संघका अध्यक्ष डी.बी. बस्नेतले गोष्ठीको सफलतापूर्वक सञ्चालनका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने सबैलाई धन्यवाद दिएका थिए ।   

घोषणा पत्रमा सदस्यको आवश्यकता, क्षमता र सम्भावनाको पहिचान गरी वस्तु तथा सेवाको विविधिकरण, बजारिकरणमा स्पष्ट नीति, विधि , प्रविधि र अभ्यासको अबलम्बन गरी गुणस्तरीय सञ्चालन मार्फत साकोस अभियानको समग्र छवी र ब्राण्ड व्यवस्थापन गर्न प्रतिवद्धता व्यक्त गरिएको छं ।  

साकोसमा नियमित जोखिम परीक्षण गर्न स्थिरीकरण कोषमा आवद्ध भई क्षमताको आधारमा गुणस्तर सुनिश्चितताको स्तरीकरण कार्यक्रमलाई चरणबद्ध रुपमा अगाडि बढाउने भएको छ ।   



त्यसैगरी संस्थाको संस्थागत दीगो विकासको लागि जनसम्पर्कमा व्यवसायिकता र उत्तराधिकारी निर्माण योजना विकास गरी कार्यान्वयन मार्फत वित्तीय क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय नेतृत्व विकास गर्न प्रतिबद्धता जाहेर गरिएको छ ।   

संस्थाको मानवीय पूँजीमा आउनसक्ने जोखिम व्यवस्थापन गर्न संस्थाका सदस्यहरु एवं संस्थामा कार्यरत कर्मचारीहरुको नियमित परीक्षणको लागि पहिचान प्रणाली लागू गर्न नेफ्स्कूनले विकास गरेका औजारहरु अबलम्बन गर्न प्रतिबद्धता रहेको छ ।   

नेफ्स्कूनले अभियानको समग्र प्रणाली व्यवस्थापनको लागि औजार विकास गर्ने र सोको अवलम्बन साकोसतहमा गर्न आयोजक र सहभागीहरु प्रतिवद्ध रहने जनाइएको छ ।   

नेफ्स्कूनले प्रवद्र्धन गरेको विद्युतीय समाधानलाई हरेक संस्थामा आन्तरिकीकरण गर्न तत्परता जनाइने भएको छ ।   

सोही अवसरमा नेफ्स्कुनका बरिष्ठ उपाध्यष परितोष पौडेलद्वारा लिखित ‘बचत तथा ऋण सहकारीका सिद्धान्तहरु’ नामक पुस्तक लोकार्पण गरिएको थियो ।


लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif