Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

सगरमाथा जोगाऔ, पर्याबरणमैत्री बनौं, सार्थक कदम चालौं !


२०७६ जेष्ठ १८ गते , शनिवार प्रकाशित

            बिश्वको सर्बोच्च टाकुरा नेपालको सगरमाथामामा सर्ब प्रथम २९ मे १९५३ का दिन बिहान ११.४५ बजे नेपाल सोलुखुम्बुका तेञ्जिङ्ग नोर्गे सेर्पा र बेलायतका सर एडमण्ड हिलारीले पहिलो पाइला राखेका थिए । त्यसले मानिसको हौसला, दृढ र उच्च इच्छाशक्ति तथा अदम्य जिजीबिषाको एउटा नयाँ र पहिलो बिश्व कीर्तिमान र नबीन  इतिहासको रचना गरेको थियो । जुन कुरा अहिलेसम्म अज्ञात छ, त्यसालई जान्ने र बुझ्ने लालसा लिएर मानिस आज समुद्रका अतल गहिराईमा पनि पुगेकोछ भने अन्तरिक्षको एक पछि अर्को असीम उच्चाई छुन अघि बढिरहेको छ अनि अजेय मानिने उच्च पर्बत चुचुरामाथि बिजयको झण्डा त फहराई नै सकेको छ । यस्ता साहसिक तथा दुस्साहसिक पनि भन्न सकिन्छ, गतिबिधि र कामबाट मानिसले आफ्ना असीम  क्षमताहरुलाई जानेको छ तर प्रकृतिको मर्म र स्वाभाबलाई भने अझै आवश्यक मात्रामा बुझ्न र जान्न सकेको देखिदैन । यसैले मानिसको अज्ञानता या लापरबाहीले गर्दा नै मोती र रत्नको खोजी गरिने सागरमा फोहोर मैला जम्मा भइरहेको छ र त्यसको भुक्तमान भने प्राणी र बनस्पतिहरुले भोग्नु परिरहेको छ । आज त अन्तरिक्ष पनि प्रदुषणको चपेटामा पर्न थालेकोछ । अनि अब त बिश्वको सर्बोच्च शिखर सगरमाथा(माउण्ट एभरेस्ट)मा पनि यस्तै फोहोर मैलाको गम्भीर चिन्ता उत्पन्न भइसकेको दुःखद अबस्था छ । यस बर्ष मात्रै अहिलेसम्म ११ पर्बतारोहीहरुको मृत्यु यसै ८,८४८ मिटर अग्लो चुचुरो चढ्ने क्रममा भइसकेको छ । यसको कारण अत्याधिक चीसो र अक्सिजनको कमी त हुँदै हो नै, नब शिकारु पर्बतारोहीहरुको चढाई पनि यसको लागि एउटा ठूलो समस्या बन्न पुगेको जानकारहरु औंल्याउँदछन् ।   निश्चय नै तेञ्जिङ्ग नोर्गे सेर्पा र एडमण्ड हिलारीबाट धेरै नै पर्बतारोहीहरुले प्रेरणा लिएका हुनसक्छन््, लेलान् पनि ।तर तिनीहरुबाट प्रकृतिको उदात्तताका अगाडि समर्पित हुनुपर्ने भवान शायदै लिएको होला या लिइएकै छैन भन्दा अत्युक्ति हुँदैन । अहिले त सबका सबलाई संसारको सर्बोच्च शिखरमाथि झण्डा गाड्नु परेको छ । त्यहाँ पुगेर सेल्फी खिच्नु छ र देखाउनु परेको छ कि ‘हेर, म संसारको सबैभन्दा अग्लो चुचुरोमा पुगें’ । त्यसो त सगरमाथामा सेल्फीका सौखिनहरुले यादराख्नु पर्ने हो कि एडमण्ड हिलारीले यो सर्बोच्च शिखर बिजय गरे पछि बर्फ काट्ने कुटोकासाथ तेञ्जिङ्ग नोर्गे सेर्पाको फोटो खिचे तर उनले आफ्नो भने फोटो खिचाएनन् । 


    यस सम्वन्धमा तेञ्जिङ्ग सेर्पाले आफ्नो आत्मकथामा लेखेका छन् कि हिलारीले फोटो खिचाउन मनाही गरिदिएका थिए । तर अहिले उच्च चुचुरोमा पुग्ने र उच्च हुने यो सोख नै ज्यानमारा जस्तो साबित हुदै गएको छ । यस्तो पहिला कहिल्यै भएको थिएन कि सगरमाथामा अहिले ट्राफिक जामको जस्तो स्थिति उत्पन्न भएको छ । अनि अब पर्बतारोहीहरुको बढ्दो भीडको कारणले चढ्ने  उत्रिने बढी समय लागिरहेको छ । त्यसले गर्दा दुर्घटनाहरु पनि बढिरहेका छन् । हालसालै एकजना पर्बतारोही र एकजना साहसिक चलचित्रकार एलिया साइक्ले इन्स्टाग्राममा राखेको एउटा पोष्टमा के भनिएको छ भने – ‘मृत्यु, शबहरु, अराजकता, बाटोमा शबहरु र क्याम्पहरुमा पनि अरु शबहरु’ !  ‘जुन मानिसहरुलाई मैले फिर्ता पठाउने कोशिश गरेकी थिए उनीहरुको पनि यहाँ आउँदा आउदै मृत्यु हुन पुग्यो । मानिसहरुलाई त्यहाँ घिसारिने गरिदै आएको छ’ । यस्तै यस्तै खालको अनुभव अर्का एकजना पर्बतारोही अमीषा चौहानको पनि रहेको छ । जसलाई सगरमाथाबाट उत्रिने क्रममा भीडका कारण झण्डै २० जति प्रतिक्षा गर्नु परेको थियो । यी कुराहरु अतिशयोक्तिपूर्ण पनि लाग्न सक्छन् तर कटु सत्य हुन् भनिन्छ । यसरी अब त मानिसहरुको ज्यानको खतराकासाथ साथै पर्याबरण बिथोलिने कुरा पनि यी बिश्वका सर्बोच्च हिम श्रृंखलाहरुमा बढेको छ । यस प्रकारको नोक्सानी नहोस् भन्नका लागि गम्भीर र प्रभावकारी पहल गर्न बिलम्ब गर्नु नहुने स्थिति बनेको छ । हालै नेपालले सगरमाथा सफाई अभियान पनि चलाएको हो र दशकौंदेखि जम्मा भएको झण्डैझण्डै ११ टन जति फोहोर महिलालाई त्यहाँबाट हटाएको पनि हो । यो काम फत्ते गर्न पूरै एक महिना लागेको बताइएको थियो । यो क्रम निरन्तर जारी राख्ने प्रबन्ध गर्नु पर्ने देखिन्छ ।   यसबाट के सहजै अनुमान लगाउन सकिन्छ भने आज मानिसको सगरमाथा चढ्ने सोख र लोभ उचित प्रबन्ध र प्रकृति र पर्याबरण मैत्री नहुँदा कत्तिको हानीकारक बन्दै गएको छ । निश्चय नै सगरमाथा हाम्रो देश नेपालको लागि आमदानीको एउटा महत्वपूर्ण पर्यटकीय श्रोत बनेको छ र हो ।यसको आरोहण गर्न नेपालको तर्फबाट जारी गरिने गरेको अनुमतिपत्रको मूल्य ११ हजार डलर जति हुने गरेको देखिन्छ । त्यसले गर्दा नेपालले हाललाई पर्बतारोहीको संख्या सीमित गर्ने खालको कुनै बिचार गरेको र नीति बनाएको छैन । बरु २०२० लाई पर्यटन बर्षकोरुपमा मनाउने हिसाबले बढीभन्दा बढी पर्यटक आगमन गराउने तयारीमा छ । तर पनि सगरमाथामाथि कुनै किसिमको लापरबाही, प्रदुषण र फोहोर महिला हुने गतिबिधिलाई नियन्त्रण गर्न आजैदेखि र अहिलेदेखिदै लागि पर्नु पर्छन नै । अन्यथा पर्यटकहरुको आकर्षक थलोकोरुपमा बिश्वमा परिचित यो सगरमाथाको इज्जत आबरु रहने छैन र अन्ततः पर्यटकहरु पनि आकर्षित हुने छ्रैनन् । त्यसैले समय रहँदै यसको सुरक्षा र सरसफाईका निम्ति सार्थक सोच र ब्यवहारको आवश्यकता छ । सरोकारवाला सबैको यसतर्फ गम्भीरतम् ध्यान जाओस् !   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif