Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

आज बिश्व सूर्ति सेवन निषेध दिवस : निरन्तर अभियान आवश्यक


२०७६ जेष्ठ १७ गते , शुक्रवार प्रकाशित



आज मे ३१ तारिख बिश्व सूर्ति सेवन निषेध दिवस ! सूर्ति सेवनसँग जोडिएका खतराप्रति सचेत हुने, गराउने र यसको सेवनमा रोक लगाउने हिसावले बिश्व स्वास्थ्य संगठन(डब्लुएचओ) र यसको सहयोगी संस्थाहरुद्वारा १९८७ देखि प्रत्येक बर्ष यसै दिन बिश्व सूर्ति सेवन निषेध दिवस मनाउने गरिन्छ ।यस बर्षका लागि यस दिवसको नारा छ – सूर्ति  र फोक्सोको स्वास्थ्य । सूर्ति मानिसको जीवनमा यसरी घोलिएको छ कि त्यसबाट छुटकारा पाउन त्यति सजिलो छैन । यसका बिरुद्ध सरकारद्वारा चलाइएका अभियानहरुको असर त भइरहेको छ तर त्यसको गति एकदमै मन्द छ । कतिपय समाजमा स्वागतकै लागि सूर्ति जन्य पदार्थ चूरोट, खैनी आदि प्रस्तुत गर्ने चलन पनि छ । कतिपय ग्रामीण मुद्दा मामिलाहरु हुक्का खादै छिनोफानो गर्दै गर्ने प्रचलन पनि कतिपय समाजमा बिद्यमान छ । अमेरिकाका कतिपय जनजातिहरुका अनुष्ठानहरुमा आज पनि चारवटा बनस्पतिहरुमध्ये एउटा सूर्ति नै अर्पण गर्ने चलन बिद्यमान छ ।

  तर बद्लिदो समय सँगसँगै यो सूर्ति सेवनको रुपमा पनि पविर्तनहुँदै आएको छ । आज यो सूर्तिबाट चुरोट, बिडी, गुट्खा, चिलिम आदि बिबिध रुपमा यसको सेवन यसरी बढ्दै गएको छ कि बिश्वमा प्रत्येक बर्ष ६० लाख मानिस सूर्तिजन्य पदार्थबाट हुने बिमारीले मृत्युको मुखमा पर्ने गरेका छन् ।यस्ता बिमारीहरुमा प्रमुख हुन् – क्यान्सर, मुटु र फोक्सोका रोगहरु आदि । यसका अतिरिक्त ६ लाख मानिसहरु जसले स्वयम त सूर्ति सेवन गर्दैनन् तर यसको सेवन गर्ने सँगै रहने गरेका कारणले चुरोट आदिको धुवाँले गर्दा बिभिन्न बिमारी(सेकेण्डरी एक्सपोजर) ले ग्रस्त हुने गर्दछन् । त्यसरी शिकार हुनेमा  एक चौथाई त एक बर्षका बाल बालिका नै हुन्छन् ।   हाइपरटेन्सन पछि बिश्वमा सूर्तिनै सर्बाधिक मृत्युको कराण् हो । हरेक दशौ बयस्कमा एकको मृत्युको कारण पनि यही सूर्ति जन्य पदार्थ नै रहेको तथ्यांक छ । चुरोटको धुवामा झण्डै ४००० रसायनहरु हुनेगर्दछन् । ती मध्ये २०० जति मानिसको स्वास्थ्यका लागि एकदमै हानीकारक हुन्छन् । ती मध्ये पनि २५ वटा रसायन त यस्ता छन् जसले निर्बिवादरुपमा क्यान्सर पैदा गर्दछन् । चुरोट तमाखु आदिका सौखिनहरुले याद राख्नु पर्दछ कि ४–५ खिल्ली चुरोटमा बिद्यमान निकोटिनलाई यदि शरीरले एक पटक ग्रहण ग¥यो भने त्यो मानिसको मृत्युको निम्ति पर्याप्त छ । 

  सूर्तिजन्य पदार्थ सेवनको निषेध गर्नका लागि बिश्व स्वास्थ्य संगठनको फ्रेमवर्क सँग सम्वन्धित १७४ राष्ट्रमा पाच बर्षसम्म सूर्ति तथा त्यसका सह उत्पादनहरुको बिज्ञापन, प्रोत्साहन तथा प्रयोजन माथि प्रतिबन्ध लगाउनका साथै करमा बृद्धि निर्देशन पनि जारी गरिएको छ । सूर्ति सेवन बिरोधी अभियानका कारण यद्यपि ब्राजिल, क्यानाडा, सिंगापुर र थाइल्याण्डमा यसको उपभोगमा अबश्य कमी आएको कुरा दर्ज गरिएको छ तथापि बिश्वको केवल ६ प्रतिशत मानिस मात्र सूर्तिजन्य पदार्थको सेवनबाट बिमुख हुन सकेका छन् र पूर्णरुपले सुरक्षित हुन सकेका छन् । प्रभावशाली सूर्ति कम्पनीहरुको बिभिन्न हतकण्डाकहरुका अगाडि सूर्तिजन्य पदार्थ सेवनमाथिको रोक सम्वन्धि कार्यबाहीहरु असफल जस्तै सावित भइरहेका छन् ।यस्तो स्थितिमा एउटा सशक्त जन आन्दोलन नै बिकसित गर्न आवश्यक छ ।

  यस सम्वन्धमा भारतको बेंगलुरुको इस्टिच्यूट फ पब्लिक हेल्थले हालै जारी गरेको अपीलमा सूर्ति–रहीत समाजको निर्माणका लागि भारतमा सूर्तिसँग सम्वन्धित अधिनियम २००३ लाई कडाईकासाथ लागु गर्ने र चुरोट, बिडी, जर्दा लगायत सूर्तिसँग सम्वन्धित सबै उत्पादनहरुमा पूर्ण प्रतिबन्धको माग गरेको छ । त्यसरी नै भारतकै इलाहावाद उच्च न्यायालयको लखनऊ बेञ्चले पनि सूर्ति जन्य उत्पादनहरुको निर्माण, बिक्री र आयात आदिमाथि पूर्ण प्रतिबन्धका लागि एउटा जनहित याचिका दायर गरेको  छ ।यस प्रकारका अभियानले सूर्तिको संसारसँग जोडिएका सबै समूह र कारोबारीहरुका बीचमा ठूलो खैलाबैला मच्चिएको छ । उनीहरु यस्तो प्रतिबन्धका बिरुद्ध अदालतमा पनि गएका छन् । पूर्ण सूर्ति सेवन निषेध गर्ने कुरा प्रशासनका लागि पनि एउटा ठूलो चूनौति बनेको छ । नियन्त्रणका लागि आवश्यक खर्च यसको बिक्रीबाट प्राप्त हुने राजश्वको १५४ गुणा बढी हुने अनुमान गरिएको छ ।सूर्ति लगाउने खेतमा काम गर्नेहरुमा पनि अधिकांश बाल बच्चा नै हुने गर्दछन् । यसको खेती माथि रोक लगाइदा उनीहरु बेरोजगार हुने खतरा पनि छ ।   

         वास्तवमा सूर्ति उत्पादन, यसको कारोबारको नियन्त्रण र नियमनका लागि बिभिन्न देशहरुका बीच सम्वाद र समन्वयको पनि उत्तिकै आवश्यक छ । यस कारोबारमा निकै गैर कानुनी तत्वहरुको पनि प्रवेश रहेको बताइन्छ । सूर्ति उत्पादन र यसको कारोबारसँग सम्वन्धित घरानाहरु सरकारी तन्त्रमाथि पनि प्रभाबी रहने गरेको बताइन्छ । यद्यपि धेरैजसो सूर्तिजन्य पदार्थ सेवन गर्नेहरु यसबाट हुने हानी नोक्सानीका बारेमा सचेत छन् र तीमध्ये ७० प्रतिशत चुरोटसेवन गर्नेहरु त यसलाई छोड्न पनि तयार छन् । तर उनीहरु स्वयमलाई यो लतबाट बाहिर निस्कन असमर्थ मान्दछन् । यसका लागि त वास्तवमा दृढ संकल्प नै चाहिन्छ । सूर्ति सेवन पूर्णरुपले त्यतिबेला मात्र रोकिने छ जतिबेला समाजमा यसको लागि उचित बातावरण बनाइनेछ । यसकारण के अत्यावश्यक छ भने सूर्ति सेवनका बिरुद्ध हरेक स्तरमा निरन्तर प्रचार प्रसार भइरहनु पर्दछ र अभियान चलिरहनु पर्दछ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif