Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

महालक्ष्मी विकासका ग्राहकलाई ओम हस्पिटलमा सुविधा


२०७६ जेष्ठ १४ गते , मंगलवार प्रकाशित

महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न ओम हस्पिटल तथा रिसर्च सेन्टरसँग सम्झौता गरेको छ ।

बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक बाबुकाजी कार्कीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौतापछि बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा छुट पाउनेछन् ।

सामान्य स्वास्थ्य परीक्षणसहित प्याथोलोजी, रेडियोलोजी, अल्ट्रासाउन्ड, मेमोग्राम, इसिजि, इको, इन्डोस्कोपी, कोलोनोस्कोपी, दन्तसेवा, शल्यक्रिया लगायत बेड चार्जमा बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif