Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

एनसेलको ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’


२०७६ जेष्ठ १२ गते , आईतवार प्रकाशित

एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा कुनै झन्झट बिना सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजा लिन सक्ने भएका छन् । भारत जादाँ आफ्नो एनसेल सिम साथै लगि मात्र रु १०० मा प्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्ने भएका हुन् । 

एनसेलले ल्याएको आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ रोमिङ्ग डेटा सेवा मार्फत आफन्तसँग सम्पर्कमा रहन सक्नेछन् । 

यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स१७१२९ह्यास डायल गरि निर्देशन अनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् ।  

रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः  एस्ट्रिक्स१७१२९ह्यास डायल गरी ग्राहकले यो डेटा प्याक लिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्क भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवा प्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याक भारत भ्रमणमा जानु अघि वा भारतमा पुगे पछि पनि लिन सक्नेछन् ।  

भारतमा ठूलो संख्यामा नेपालीहरु व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेकाछन् । यो योजनाले हाम्रा ग्राहकलाई भारतमा रोमिङ्गमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरि  आफ्ना परिवारका सदस्य, साथीभाईसँग  सम्पर्कमा रहिरहन सहयोग पुर्याउने विश्वास एनसेलले लिएको छ ।
 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif