Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

मोबाइलसम्म पुग्यो चीन—अमेरिका ब्यापार युद्धको मामिला


२०७६ जेष्ठ १० गते , शुक्रवार प्रकाशित

  बिश्वमा यतिबेला  गूगलको एण्ड्रायड ओपन सोर्स प्रोजेक्ट कसैले पनि प्रयोग गर्न सक्तछ । सारा संसारमा २.५ अर्ब ‘डिभाइस’हरु यस प्रोजेक्टकासाथ सक्रिय छन् । हुन त गूगलले यस प्रोजेक्टमा अन्य मानिसहरुलाई  टेक्निकल सपोर्ट दिइरहने छ तर चीनको ह्वावेललाई यो सहुलियत अब दिने छैन ।  यसरी के लाग्दछ भने अमेरिका र चीन बीचको चर्कदो ब्यापार युद्धले अब बिश्व भरका उपभोक्ताहरुलाई पनि सोझै प्रभावित तुल्याउने देखिएको छ ।  

  चीनको कारोबारका बिरुद्ध अमेरिकी प्रतिबन्धको असर बिश्वको सबैभनदा ठूलो दूरसञ्चार उपकरण निर्माता कम्पनी ह्वावेसम्म पुगिनै सकेको छ । यद्यपि अमेरिकाले यस चिनीयाँ कम्पनीमाथिको प्रतिबन्धमा ९० दिनको छूट दिने निर्णय पनि गरेकोछ । अमेरिका के भन्दछ भने ठूलो कठिनाईलाई रोक्नका लागि केही समय दिनु परेको हो । तर तीन महिनाको यो बिलम्बले अमेरिकी प्रतिबन्धमा अबश्य पनि कुनै असर पर्दैन । 

    उल्लेखनीय छ कि अमेरिकाले राष्ट्रिय सुरक्षाको हवाला दिएर ह्वावे कम्पनीलाई गएको साता ‘एनटिटी लिस्ट’मा हालिदिएको थियो । यो लिस्टमा परेका कम्पनीहरुले कुनै अनुमति पत्र या लाइसेन्सबिना अमेरिकी फर्महरुसँग कारोबार गर्न सक्तैनन् । अमेरिकाले बर्षौंदेखि के आरोप चीनलाई लगाउँदै आएको छ भने  ह्वावे उपकरणको माध्यमबाट चीनले अमेरिकामाथि जासुसी गरिरहेको छ । गएको बर्ष मात्रै अमेरिकाले आफ्ना सहयोगी मित्र देशहरुलाई पनि ह्वावेको बहिष्कार गर्न आह्वान गरेको थियो । अमेरिकाको आह्वानमा गएको बर्ष ह्वावेका सिएफओ मेङ वाङ्गझूलाई क्यानाडमा गिरफ्तार पनि गरिएको थियो । यो ह्वावेमाथि प्रतिबन्ध लगाउने कार्यको चीनले कडा प्रतिबाद गर्दै के भनेको छ भने आफ्नो यो कम्पनीको हक हितको रक्षा र अधिकारको रक्षाका लागि उसले आबश्यक कदम उठाउने छ । 

ह्वावेलाई प्रतिबन्ध लगाएपछि अमेरिकी कम्पनी गूगलले ह्वावेसँगको आफ्नो साझेदारइ अर्थात् पार्टनरसीप समाप्त गर्ने  घोषणा गरेको छ । अब त्यसले ह्वावेलाई एण्ड्रायको अपडेट दिन बन्द गर्नेछ । यसरी ह्वावे स्मार्ट फोनमा गूगल प्लेस्टोर, जीमेल र यूट्यूव जस्ता एप्सहरुको सेवा बन्द हुनजानेछ ।     

       यस्तो स्थितिमा ह्वावेले एण्ड्रायको सार्वजनिक भर्सनबाट काम चलाउनु पर्ने हुन्छ । गूगलको एण्ड्राइड ओपन र्सो प्रोजेक्न कुनै पनि उपयोग गर्न सक्तछ । सारा संसारमा यतिबेला २.५ अर्ब उपकरण(डिभाइसं)हरु यस प्रोजेक्टसँग सक्रिय रहेका छन् । त्यसो त गूगलले यस प्रोजेक्टमा अन्य मानिसहरुलाई टेक्निकल सपोर्ट दिनेछ भने ह्वावेलाई भने यो सहुलियत मिल्ने छैन । त्यसैले अब ह्वावेले यस स्थितिमा कस्तो कदम चाल्ने हो सबैका लागि कौतुहलको बिषय बनेको छ । तर यथार्थ तथ्य कुरा के देखिन्छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भलै चीनको ब्यापारिक कारोबारलाई नष्ट पार्न चाहे पनि यसबाट हरेक उपभोक्ताहरुलाई नोक्सान पुगिरहेको छ ।

      केही समय पहिला चिनीयाँ उत्पादनमा २५ प्रतिशत कर लगाउदा अमेरिकीहरुले चिनीयाँ सामान झनै उच्च मूल्यमा किन्न परेको थियो । किनभने उनीहरुका अगाडि तत्काल अर्को बिकल्प पनि थिएन र छैन । अहिले एप्पल जस्तो बिभिन्न कम्पनीहरुले आफ्ना हार्डवेयरहरु चीनमै बनाउने गर्दछन् । चीनको प्रतिबादी कदमहरुले उनीहरुको उत्पादन प्रभावित भयो भने त्यसको के कस्तो असर पर्ने हो यसै हुनेछ भनेर अहिले कसैले भन्न सक्तैन । अमेरिकामा यस कमीको भर्पाईको जोखिम शायदै कुनै कम्पनीले लेला । किनभने कसैलाई थाहा छैन कि अमेरिकी  प्रतिबन्ध कहिलेसम्म लागु रहने हो । त्यसमा पनि कुनै पनि सामान रातारात म्यानुफेक्चरिङ्ग शुरु गरेर उत्पादन गर्न पनि सकिने कुरा होइन । 

    हुन त ट्रम्प स्वयं पनि एकजना कारोबारी रहेका हुने । यस हिसाबले हेर्दा यो कुरा उनको नजरबाट पनि ओझेलमा परेको छैन भन्न सकिन्छ । तर उनको प्रतिबन्धको निर्णयले बिश्व ब्यापारमा जुन अनिश्चितताको स्थिति पैदा भएको छ त्यसबाट बाहिर निस्कनका लागि कुनै न कुनै उपायको खोजी उनले नै गर्नु पर्दछ । अन्यथा स्थिति झन बिग्रने बाहेक अरु केही हुने छैन भन्ने बिश्व अर्थ बिशेषज्ञहरुको धारणा छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif