Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

“कर छुटको व्यवस्था सबैलाई हुन्छ, छपाईमा गल्ती भएको हो” — मैनाली


२०७६ जेष्ठ ७ गते , मंगलवार प्रकाशित

बहुउद्देश्यीय लगायत अन्य प्रकृतिका संस्थालाई करमा छुट नहुनु छपाईसम्बन्धी सामान्य गल्ती मात्र भएको भूमि व्यवस्था सहकारी तथा गरिब निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले बताएका छन् । बचत तथा ऋण बाहेकका अन्य प्रकृतिका संस्थाहरुलाई कर छुटको व्यवस्था छपाईमा गल्ती भएको हुँदा त्यसलाई संशोधन गरिने उनले उल्लेख गरे । 

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा सहकारी नियमावली २०७५ को  विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सचिव मैनालीले भने “सहकारी नियमावली २०७५ जारी भएको हुँदा अब सहकारी ऐन २०७४ पूर्ण रुपमा कार्यान्वयन हुन्छ ।” 

अन्तरक्रिया कार्यक्रममा सहकारी विभागका उप रजिष्टार शशि कुमार लम्सालले कार्यपत्र प्रस्तुत गर्दै सहकारी ऐन र नियमावली जारी भईसकेको हुँदा संशोधन गर्नपर्ने कुराहरुमा छलफल गर्दै जारी भईसकेको ऐन र नियमावली मान्नुको विकल्प नरहेको बताए । 

संघका अध्यक्ष रामहरि बजगाईले सहकारी ऐन २०७४ मा संशोधन गर्नुपर्ने विषयमा राष्ट्रिय सहकारी महासंघ मार्फत सुझाव पेश गरिसकेकोमा हालै मात्र जारी भएको सहकारी नियमावली २०७५ ले सहकारी संघ संस्था सञ्चालनमा समस्या आउने बुदाहरुमा संशोधको लागि अभियानको तर्फबाट पहल गरिने बताए । जारी सहकारी नियमावलीको सम्बन्धमा धेरै सहकारी संस्थाहरुमा अन्योलता रहेको हुँदा यस कार्यक्रमको आयोजना गरिएको बताए । 

कार्यक्रममा सहभागि अधिकांशले सहकारीको कार्यक्षेत्र, सदस्यता, सहकारी एकीकरण लगायत विविध सवालमा प्रश्न गरेका थिए । सहकारीको साधारण सभालाई भन्दा रजिष्ट्रारलाई बढी अधिकार प्रत्यायोजन गरिएको अधिकांस सहभागिले असन्तुष्टी व्यक्त गरेका थिए । 





 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif