Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

निसानको "प्रि–बजेट अफर" गाडी किन्दा भारी नगद छुट


२०७६ जेष्ठ ७ गते , मंगलवार प्रकाशित

पायोनियर्स मोटोकर्पले निसान मोटर्स खरिद गर्दा नगद लाभ पाइने  प्रि–बजेट अफर ल्याएको छ । निसानद्वारा उत्पादित गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले बजेट भाषण अगावै आफ्ना ग्राहकहरुलाई निसानका गाडीहरु किन्न आह्वान गर्दै यस्तो अफर ल्याएको हो । 

अफर अन्तर्गत निसानको माइक्रा एक्टिभाको खरिदमा रु. ३ लाख १ हजार, सन्नीमा ३ लाख ६ हजारसम्म र किक्सको खरिदमाको खरिदमा १ लाख ९८ हजारसम्म लाभ पाइने प्रालिले जनाएको छ । निसान मोटर्सका रुचाइएका मोडल नाभारा र एक्सट्रेलमा रु. ५ लाख ३७ हजार र ७ लाख २७ हजारसम्म लाभ पाइने जनाइएको छ ।  

अफर स्टक सीमित रहँदासम्म पाइने र नेपालका सबै शोरुमहरुमा यो लागु हुने कम्पनीले जनाएको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif