Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

नेपाल लाइफको बोनस २५ प्रतिशत र नगद लाभांश साढे २३ रुपैया


२०७६ जेष्ठ ४ गते , शनिवार प्रकाशित

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीरगंजमा आज सम्पन्न उन्नाइसौं  बार्षिक साधारण सभाले चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु. २३.५० (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । 

बोनश शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक रु. ५ अर्ब ४९ करोड ९६ लाख हुने भएको छ । 
कम्पनीका अध्यक्ष गोविन्द लाल संघइले गत आवमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजारहिस्सा हासिल गर्न सफल भएको बताए ।

सभाले आ. व. २०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु स्वीकृत गरेको छ । 

हाल कम्पनीको लगानी रु ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १ लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता रहेका छन् ।  

कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् । 

ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif