Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

अभिब्यक्ति तथा प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न अपिल


२०७६ जेष्ठ १ गते , बुधवार प्रकाशित

               सीताराम थापा           

                            काठमाण्डौ, जवाफदेहिता निगरानि समिति मानव अधिकार र शान्तिको क्षेत्रमा नेपालको अग्रणी संजाल हो। यस समितिले अभि ब्यक्ति र प्रेस स्वतन्त्रताप्रति सम्मान गर्न ध्यानकर्षण गरेर एक  बिज्ञप्ति प्रकासित गरेको छ।   नेपाल सरकारले अभिब्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी मिडीया काउन्सिल’ विधयेक संसदमा दर्ता गरेको प्रति जवाफदेहीता निगरानी समितिको गम्भीर ध्यानार्कषण भएको बताएको छ । समितिका संयोजक चरण प्रसाईं द्ववारा हस्ताक्षरीत बिज्ञप्तिमा वीरगन्जमा श्रीपुर स्थित एभिन्युज टेलिभिजनको प्रदेश २ को ब्युरो कार्यलयमा गरेको  तोडफोड भएको घटना र नेपाल प्रेस  स्वतन्त्रतामाथि अंकुस लगाउने दुबै  लोकतन्त्रको मान्यता माथि उपहास भएको बताईएको छ ।           बिज्ञप्ति भनिएको छ,“ संचार गृहमाथि गरिने भौतिक आक्रमण तथा नियन्त्रणमुखी ऐन लोकतान्त्रिक प्रणालीमा कुनैपनि वाहानामा स्वीकार्य हुन सक्दैन ।  नागरिकका अभिब्यक्ति स्वतन्त्रता’ सम्बन्धि आधारभुत हक अधिकार समेत कुन्ठीत हुने निश्चित भएकोले दोषि लाई कारबाहि गर्न माग गरिएको छ । आईतबार एभिन्युज टेलिभिजनको एक कार्यक्रममा अतिथिका रुपमा निमन्त्रणा गरीएका उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव र कार्यक्रम संचालकबीच विवाद भएको प्रसंगमा घटना भएको आसंका पनि समितिले गरेको छ ।       मुलतः पदाधिकारी नियुक्ति तथा बर्खा्स्ति, बिज्ञप्तिमा बिधेएकमा “जरिवाना तथा कैद एवं सरकारले निर्देशन तथा नियन्त्रण गर्न सक्ने प्रावधानले काउन्सिलको स्वयत्तता, स्वतन्त्रता तथा निष्पक्षतामा नै आँच आउने“ संयुक्त राष्ट्र संघको मानव अधिकारको विश्वब्यापी घोषणपत्र, १९४८ र नागरिक तथा राजनीतिक अधिकार सम्वन्धि महान्धिको धारा १९ को प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता’का विरुद्धमा रहेकोले बिधेएक संशोधन गर्न जोडदार माग गरेको छ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif