Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

भ्रष्टाचार र डिलासुस्ती बिरुद्ध नगरपालिका तालबन्दी


२०७६ जेष्ठ १ गते , बुधवार प्रकाशित

      सीताराम थापा 

    बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा अनियमितता ढिलासुस्ती, भ्रष्टचार भएको भन्दै सत्ताधारी नेकपाका नेताले नगरपालिकामा तालाबन्दी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङका जिम्मेवार नेता कृष्ण पाठकको नेतृत्वको टोलीले आज बिहान करीब १०.३० बजे बागलुङ नगरपालिका कार्यालयमा गएर तालाबन्दी गरेको हो ।   नगरमा नगर प्रमुख जनकराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुवँर र लेखा फांटमा ताला बन्दी गरेको नेता पाठकले जानकारी दिए।                                       
उनले नगरपालिकामा व्यापक रुपले भष्ट्रचार बढेको, प्रभाबकारी सेवा प्रवाह नभएकोले  ढिलासुस्तीले जनता मारमा परेको बताए ।

  उनले भने (“नगरमां जे गरे पनि हुने, अनियमितता, सरकारले  पत्रहरु गायब गरिने, बिकास बजेट फ्रिज बनाउने र  पटक –पटक नगरलाई सुझाब दिंदा  अटेर गरेको आरोप लगाए ।     बागलुङ नगरपालिका वडा नं. १२ भैरवस्थान सडक कालोपत्रेको लागि  आएको समपुरक बजेट ७ करोड  र थप अनुदानको ३ करोड गरी १० करोड  रूपैयाँ फ्रिज बनाएको आरोप नेता पाठकले लगाएका छन् । उनले नगर प्रमुख पौडेल लगायत नगरपालिका र नगरबासीको हितको लागि थप सुझाबको रुपमा ताला बन्दी गरेको बताए।  नगरपालिकामा यसरी तालाबन्दी लगाई रहँदा बलेवाका जानताहरु भने  छुट्टै गाउँपालिकाको माग गरिरहेका छन ।            तालाबन्दी गरेपछि नगरपालिकाको प्रतिक्रया भने आई सकेको छैन।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif