Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सत्य लाई जनता सामु लैजानु नै असल पत्रकार को दायित्व:-नगरप्रमुख शाह


२०७६ जेष्ठ १ गते , बुधवार प्रकाशित

 शहबाज खान

  कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.३ को श्रोत केन्द्रको सभाकक्ष्मा २०७६ बैशाख २७गते देखि ३१ गतेसम्म चित्रांश मिडीया प्रा.लि.आयोजक र कृष्णनगर नगरपालिकाको सहयोग मा चलेको “क्षमता अभिवृद्धि तथा पत्रकारिता तालिम“ को  समापन कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न  समापन कार्यक्रमका प्रमुख अतिथी कृष्णनगर नगरपालिका प्रमुख रजत प्रताप शाह अतिथि राज प्रसाद त्रिपाठी,नगर उपप्रमुख सल्लाहकार तुफेल आलम,महेन्द्र उ. मा. वि.का प्र.अ.अनिल श्रीवास्तव रहेका थिए।
    प्रमुख अतिथि शाहले आफ्नो मनतव्य राख्ने क्रममा उपस्थित सबै प्रशिक्षार्थीलाई धन्यवाद र कार्य सफलताको अग्रिम  शुभकामना दिदै भने कि पाँच दिनको तालिम मा धेरै कुरा सिक्नु भयो  सत्य लाई जनता सामु लैजानु नै असल पत्रकार को दायित्व हो ।बीस बर्षदेखि जनप्रतिनिधिबिहीन रहेको स्थिति पार गरेर अहिले प्रदेश सरकार र संघीय सरकार बाट पनि विभिन्न बिकास निर्माणका कामहरु शुरुभइ रहेको विवरणको सत्य तथ्य बुझी बाहिर ल्याउने काम पत्रकारको नै हो । 
  जनप्रतिनिधिहरुले जनताको हितमा काम गरेको वा नगरेको जनताबाट सोध पूछ गरी.वास्तविकता बाहिर ल्याउनु पर्छ ।  नगरपालिका भित्र कोही कसै जनप्रतिनिधिबाट विकास निर्माण लगायत अन्य काम कर्तव्य जिम्मेवारीमा उजुरी या शिकायत छ भने नगरपालिकामा जानकारी गराउनुस हामी तत्काल त्यसको समाधान खोजने छौ।लगनशील पत्रकारलाई आफ्नो क्षमता अभिवृद्धि गर्न आफू चौतर्फी  सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गर्दछु ।   उक्त कार्यक्रमका अध्यक्ष र संयोजक अंकुश श्रीवास्तवले तालिम लिने सम्पूर्ण प्रशिक्षार्थीहरुले तालिममा सिकेको कुरा लगनशील भएर व्यबहारमा देखाउन सुझाव दिए । कार्यक्रमको संचालन सनिउल्लाह धोबीले गरेका थिए ।     

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif